
काठमाडौं– नेपालमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा सोमबार सुनको मूल्य प्रतितोला रु. ८० हजार ३०० पुगेको छ । यससँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबारभई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार छापावाला सुन रु ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा रु एक हजार ५०० ले बढी हो । यस्तै तेजावी सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने आइतबार प्रतितोला रु ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला रु ९२५ मा कारोबार भइरहेको छ ।