Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • इजराइल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी
इजराइल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २९, २०८०

एजेन्सी -  चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ ।चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुनुहुन्छ । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ । 

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा हुन थालेका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकू सङ्गठन हमाससँगको इजराइलको युद्धले निरन्तर महत्व पाएको छ । 

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा भीषण रकेट हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजराइलमा एक  हजार चार सयभन्दा बढी मारिएका छन् ।हमास शासित हमास गाजा पट्टीमा इजराइली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजराइली हमलामा कम्तीमा दुई हजार छ सय ७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजराइलको कारवाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताएको छ । “इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ”, उनले आइतबार भने  । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

Hardik health

आफ्नो विज्ञप्तिमा इजराइल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् । विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गरेका थिए । 

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकू समूह हो जसले इजराइलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ । यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजराइल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्नुहुने चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले आइतबार बताएको थियो । यद्यपि सिसिटिभीले मध्यपूर्वको कुल मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

रणनीतिक निर्भरता 

मंगलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद हुन् ।  सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ उडे र केही घन्टामै चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गरेका छन्  । रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ । छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।  

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध सुरु भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गरेको छ । आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP