Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन
मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १९, २०८०

एजेन्सी - भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको प्रभावमा आधिकारिक चासोलाई बढाएको छ ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले बढ्दो मूल्यलाई नियन्त्रण गर्न गत वर्ष रेपो दरलाई शृङ्खलाबद्ध वृद्धि गरेपछि फेब्रुअरीदेखि यसको दरलाई छ दशमलव पाँच प्रतिशतमा कायम राखेको छ । जुलाईमा सात दशमलव चार प्रतिशत रहेको मुद्रास्फीति अर्को महिना छ दशमलव आठ प्रतिशतको मध्यमस्तरमा थियो तर यो अझै पनि आरबीआईको बेन्चमार्कभन्दा धेरै माथि छ ।

 “केन्द्रीय बैंकले समष्टिगत आर्थिक स्थायित्व र दिगो विकासमा उच्च मुद्रास्फीतिलाई जोखिमका रूपमा लिएको थियो र यसलाई चार प्रतिशतको लक्ष्यमा ल्याउनका लागि दृढताका साथ ध्यान केन्द्रीत गरेको छ”, आरबीआईका गभर्नर शक्तिकान्त दासले भने । उत्पादन क्षेत्रहरूमा केही मात्रामा बाढी, उच्च तापक्रम र कीटजन्य हमलाका कारण हालैका महिनामा गहुँ, चामल र टमाटरसहितका खाद्यान्नको मूल्य बढेको छ ।

Hardik health

गत जुलाईमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्मा सर्वसाधारणलाई आक्रान्त बनाइरहेको उच्च मूल्यलाई नियन्त्रण गर्न सरकारले कदम चालेको बताएका थिए । सरकारले चामलको मूल्य घटाउन यसको निर्यातमा रोकसमेत लगाएको थियो । गभर्नर दासका अनुसार त्यसयता खाद्यान्न मूल्य केही घटेको भए पनि घरेलु बालीको उत्पादनमा आएको गिरावट र अस्थिर विश्वव्यापी खाद्यान्न तथा ऊर्जा मूल्यका कारण समग्र मुद्रास्फीतिको परिदृश्य अनिश्चितताले घेरिएको छ ।

युक्रेनमाथि रुसको आक्रमणका कारण विश्वव्यापी आर्थिक गिरावट हुँदा गत वर्ष भारतको मुद्रास्फीति सात दशमलव आठ प्रतिशतको उच्चस्तरमा पुगेको थियो । रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्न र इन्धनको मूल्य बढेको थियो । विश्व बैंकले यसै साता सुदृढ घरेलु माग र लगानीले मुद्रास्फीतिलाई सहयोग गर्ने भन्दै भारत यो वर्ष सबैभन्दा तीव्ररूपमा वृद्धि हुने विश्वको अर्थतन्त्रहरूमध्येको एक हुने बताएको छ । भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो ।

प्राप्त पछिल्लो आँकडाअनुसार जुन महिनाको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर सात दशमलव आठ प्रतिशत थियो । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले निरन्तर ठूलो मौसमी घटनाहरूको सामना गर्दै आएको छ । यसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनको श्रेय दिएका छन् । भारतको मौसम विभागले प्राय प्रत्येक वर्ष तापक्रम बढ्दै गएको घोषणा गरेको छ । कहिलेकाहीँ भारतमा तापक्रम ५० डिग्रीसम्म पुगेको विभागले जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP