Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन
मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १९, २०८०

एजेन्सी - भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको प्रभावमा आधिकारिक चासोलाई बढाएको छ ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले बढ्दो मूल्यलाई नियन्त्रण गर्न गत वर्ष रेपो दरलाई शृङ्खलाबद्ध वृद्धि गरेपछि फेब्रुअरीदेखि यसको दरलाई छ दशमलव पाँच प्रतिशतमा कायम राखेको छ । जुलाईमा सात दशमलव चार प्रतिशत रहेको मुद्रास्फीति अर्को महिना छ दशमलव आठ प्रतिशतको मध्यमस्तरमा थियो तर यो अझै पनि आरबीआईको बेन्चमार्कभन्दा धेरै माथि छ ।

 “केन्द्रीय बैंकले समष्टिगत आर्थिक स्थायित्व र दिगो विकासमा उच्च मुद्रास्फीतिलाई जोखिमका रूपमा लिएको थियो र यसलाई चार प्रतिशतको लक्ष्यमा ल्याउनका लागि दृढताका साथ ध्यान केन्द्रीत गरेको छ”, आरबीआईका गभर्नर शक्तिकान्त दासले भने । उत्पादन क्षेत्रहरूमा केही मात्रामा बाढी, उच्च तापक्रम र कीटजन्य हमलाका कारण हालैका महिनामा गहुँ, चामल र टमाटरसहितका खाद्यान्नको मूल्य बढेको छ ।

Hardik health

गत जुलाईमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्मा सर्वसाधारणलाई आक्रान्त बनाइरहेको उच्च मूल्यलाई नियन्त्रण गर्न सरकारले कदम चालेको बताएका थिए । सरकारले चामलको मूल्य घटाउन यसको निर्यातमा रोकसमेत लगाएको थियो । गभर्नर दासका अनुसार त्यसयता खाद्यान्न मूल्य केही घटेको भए पनि घरेलु बालीको उत्पादनमा आएको गिरावट र अस्थिर विश्वव्यापी खाद्यान्न तथा ऊर्जा मूल्यका कारण समग्र मुद्रास्फीतिको परिदृश्य अनिश्चितताले घेरिएको छ ।

युक्रेनमाथि रुसको आक्रमणका कारण विश्वव्यापी आर्थिक गिरावट हुँदा गत वर्ष भारतको मुद्रास्फीति सात दशमलव आठ प्रतिशतको उच्चस्तरमा पुगेको थियो । रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्न र इन्धनको मूल्य बढेको थियो । विश्व बैंकले यसै साता सुदृढ घरेलु माग र लगानीले मुद्रास्फीतिलाई सहयोग गर्ने भन्दै भारत यो वर्ष सबैभन्दा तीव्ररूपमा वृद्धि हुने विश्वको अर्थतन्त्रहरूमध्येको एक हुने बताएको छ । भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो ।

प्राप्त पछिल्लो आँकडाअनुसार जुन महिनाको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर सात दशमलव आठ प्रतिशत थियो । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले निरन्तर ठूलो मौसमी घटनाहरूको सामना गर्दै आएको छ । यसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनको श्रेय दिएका छन् । भारतको मौसम विभागले प्राय प्रत्येक वर्ष तापक्रम बढ्दै गएको घोषणा गरेको छ । कहिलेकाहीँ भारतमा तापक्रम ५० डिग्रीसम्म पुगेको विभागले जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP