Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • ममत्व र सम्मानको लोकपर्व : जितिया
ममत्व र सम्मानको लोकपर्व : जितिया
हिमांशु चौधरी
हिमांशु चौधरी शुक्रबार, असोज १९, २०८०

जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको सङ्ज्ञा दिइएको छ । यसमा मानवीय विशिष्ट क्रियाकलाप, दैनिक जीवन र उपलब्धि सन्निहित हुन्छ जसले जीवनशैलीलाई एउटा निश्चित धारतिर डो¥याइ रहेको हुन्छ । जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ । आमाहरुले सन्तानको दीर्घायु, आरोग्य जीवनको वरदान प्राप्त गर्न लोकदेवताको पूजाअर्चना गर्ने मान्यता छ ।

सन्तानको रक्षाका लागि कठोर व्रत गरी लोकदेवताबाट आशीर्वादको कामना गर्नु आमाको ममत्वको उत्कर्ष रुप देखिन्छ । मातृत्वप्रतिको सम्मानको प्रतीक मानिएको जितिया पर्वमा आमाको सन्तानप्रतिको ममत्वको सांस्कृतिक दिग्दर्शनको बोध हुन्छ । यस पर्वले महिलाहरुको सांस्कृतिक भूमिकालाई उजागर गर्दे शिल्पगत तथ्य, वस्तु, धारणा, अभ्यास, मूल्य र परम्परालाई निद्र्वन्द्व प्रवाहित गर्दछ । मूलतः जितिया व्रत गर्नुले कुनै आकस्मिक खतराबाट रक्षा र वंश वृद्धिको विश्वास पनि पाइन्छ । यसका लागि असोज महिनाको सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक व्रत गरिन्छ ।

यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भने विश्वास प्राचीनकालदेखिको मान्यता छ । पौराणिक ग्रन्थमा यो व्रतको महत्व महाभारतकालदेखि नै रहेको उल्लेख छ । यसमा मन, वचन र काममा शुद्धतालाई महत्व दिई जीवन शक्ति प्रदान गरिएको छ । जीवितपुत्रिका व्रत वा जिमुतवाहन व्रत पनि भनिने गरिएको जितिया अत्यन्त नियम निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरुले जितिया पर्व मनाउने परम्परा रहेको छ । भगवान जिमुतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन भन्ने आस्था छ । यसका लागि आमाले जिमुतवाहन देवताको निर्जला व्रत बसी प्रार्थना बस्छन् ।

वर्तमानमा जितिया धार्मिक अनुष्ठान र सांस्कृतिक लोकपर्वका रुपमा सीमित नरही विशिष्ट उत्सव स्वरुप पनि धारण गरेको छ । परिणाममा पर्व सुरु हुनुपूर्व विभिन्न स्थानमा संरक्षण, सांस्कृतिक जागरणमूलक उत्सवको आयोजन गरी लोकपर्वको सांस्कृतिक आधार प्रस्तुत गर्ने क्रम बढेको देखिएको छ । प्रकृति र पर्यावरणका विविध पक्षसंग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पु¥याइ रहेको छ ।

Hardik health

घिरौंलाका पात , पूmल , तोरीको तेल, खरि, नरिवल, कांक्रा, केराउ, केरा केराको पात, बांसको पात, पान पूजा सामग्रकिा रुपमा प्रयोगले यसको पुष्टि गर्दछ । माटाका स्याल चिल बनाई पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ । यी वस्तु, सामग्रीबारे शास्त्रीय पक्ष उल्लेख नभए पनि स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरुलाई उपयोग गरी समुचित स्थान, सम्मान, पूजायोग्य र प्रसादका रुपमा महत्व दिएको पाइन्छ । पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसंगले प्रकृतिप्रतिको सचेतना सदियौदेखि जारी रहेको बोध गराउँछ ।

लोककल्याणका पक्षहरुलाई सांस्कृतिक आवरणका संरक्षण दिंंदै समाजका हरेक जातिले यो पर्व मनाउने गर्दछन् । मातृत्व पक्षप्रति सम्मान गरी सांस्कृतिक अविभाज्य अंगका रुपमा जीवन शक्ति प्रदान गरिरहेको छ । आफ्ना दिवङ्गत सासुका साथै दिवंगत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरुप पितराइन खुवाउने गरिन्छ । पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण एवं प्रवद्र्धन गर्न गतिलो स्थान प्रदान गरेको छ । जितिया पितृ पक्षअन्तर्गत पर्दछ । पितृ पक्षमा पुरुष वर्गले आफ्ना दिवङ्गत पितृलाई पक्षभरि नै तर्पण दिने गर्दछन् भने महिला वर्गले जितिया व्रतमा दिवङ्गत महिलालाई नैवेद्य अर्पण गर्ने गर्दछन् ।

जितियामा सप्तमी तिथिमा व्रतार्थी स्नानादि गरी पवित्र भई घिरौंलाको पातमा तोरी वा सस्र्युको तेल र पिना (खरि) चढाएर जिमुतवाहन देवताको पूजा गरिन्छ । यसलाई तेलखरि भनिन्छ । यो तेलखरि प्रसादस्वरूप घरका सबैले टाउकोमा लगाउने गर्दछन् । सप्तमी तिथिकै दिन दिवंंगत महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिई भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाकाहारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सो दिन नैवेद्यमा गहुँको पिठो र गुड मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चिनी जस्ता वस्तुहरु आफ्ना कुलवंश, रीति परम्पराअनुसार चढाइने गरिन्छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, अमोट, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ओठङन भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ ।

यसरी व्रतको पारण गरिन्छ । यस पर्वमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ । विशेष रुपले आइतवार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहिछन् भन्ने मान्यता रहेको छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्षप्राप्ति र परिवारको कल्याणको कामना गरिन्छ ।

अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि वत्रको सङकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्यान्हतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देवताका बारेमा व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फकिन्र्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् ।

त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् । भविष्य पुराणका अनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असिम कृपा रहेकाले नियम निष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । हिन्दू धर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा छ । सोही अनरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ । चिल र स्याललाई नैवेद्य चढाउनुले पशुपंछीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा वाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।

कालक्रममा प्रयागको कुम्भ मेला दुबैको मृत्यु भयो । कुुम्भमा मृत्यु भएका कारण दुबैको जन्म वेदका ज्ञाता भास्कर नामक ब्राम्ह्णको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो । वर्षोंपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धामिर्क ग्रन्थमा उल्लेख गरिएको छ ।

जितिया व्रतमा प्रयोग हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौंलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृति दुबै दृष्टिले महत्वपूर्ण मानिन्छ । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिनपछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले खानपान र विविधताको पहिचान गराउँछ । ओठङनको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मियताको बोधका साथै सांस्कृतिक मान्यता प्रतिबिम्बित भएको पाइन्छ । जितिया पर्वलाई दसैं आगमनको सङकेतका रुपमा पनि लिइन्छ ।

कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रुपमा बुझ्नु जरुरी छ ।

पारिवारिक जीवन सुखमयको कामना, पितृवर्गप्रति कुलपुवर्गले मात्र नभई कुल वधू वर्गले समेत श्रद्धा व्यक्त गर्ने, खानपानको विविधताको पहिचान, सामाजिक सद्भाव वृद्धि, आमाद्वारा सन्तानप्रति ममत्व र समतामूलक सभ्य समाज निर्माण गर्नेतर्फ प्रेरणा एवं उत्साह प्रदान गरी मौलिक संस्कृतिको मूल स्वरुप दृष्टिगोचर हुन्छ ।


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:०३
#जितिया
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP