Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • पानी : जीवन र खाद्यको आधार
पानी : जीवन र खाद्यको आधार
अनिस मिजार
अनिस मिजार सोमबार, असोज १५, २०८०
Hardik health

खाद्य स्वच्छतासम्बन्धी क्षमता अभिवृद्धि गर्न विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र राष्ट्रहरूबाट केही सहयोग प्राप्त भइरहेको छ र भविष्यमा अझ बढ्नसक्ने सम्भावना जीवित हुँदा क्षमता वृद्धि गर्नु अहिलेको आवश्यकता हो । वर्तमान १५औं योजना २०७६–८१ मा खाद्यसुरक्षा तथा पोषणअन्तर्गत खाद्य सम्प्रभुता, दिगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच तथा स्वच्छ र पोषणयुक्त खाद्य उपलब्धता तथा पहँुचको वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसलाई अब १६औं योजनामा पनि निरन्तरता दिन आवश्यक छ । 

पानी जीवन हो । जीवन सम्भव हुनका लागि पानीको अपरिहार्य आवश्यकता पर्छछ । मानिसको जीवनमा ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको हुन्छ । शरीरमा विभिन्न तŒवको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवं उपपाचनपश्चात् उत्पादित विजातीय द्रव्यको निष्कासनमा पनि पानीले महŒवपूर्ण भूमिका खेल्छ ।
नियमित अन्तरालमा जलपान नगर्दा जल–अल्पताको सिकार भई अनेकौं स्वास्थ्य समस्याले रोग निम्त्याउँछ । मानव स्वास्थ्यका लागि दैनिक चार–पाँच लिटर पानी पिउनु आवश्यक छ । पानी पर्याप्त नपिउँदा मुख सुक्ने, छाला सुक्खा हुने, जोर्नी दुखाइ, पहेँलो पिसाब आउने, कब्जियत हुने, शारीरिक एवं मानसिक थकाइ लाग्ने, टाउको दुख्ने, पाचनसम्बन्धी समस्या देखापर्ने र प्रतीरक्षा प्रणाली कमजोर हुने गर्दछ । मानवीय प्रदूषणका कारण खडेरी बढेको छ, पानीको वैश्विक अपशिष्ट छ ।
पानी जीवन र खाद्यको आधार हो । त्यसैले मानिसका लागिमात्रै नभई खाद्य तथा वनस्पतिलाई समेत अनिवार्य छ । त्यसैले पानीको संरक्षणमा लाग्न आवश्यक छ । मानिसको जीवन र खाद्यसुरक्षा तथा स्वच्छताका लागि पानीको सुरक्षा अनिवार्य सर्त हो । नेपालमा राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ बनेको छ । तर त्यसको कार्यान्वयनमा अझै समस्या छ । 
पानी र खाद्य स्वच्छताका लागि सरकारले विभिन्न नीति बनाए पनि कार्यान्वयनको तहमा कमजोरी देखिएको छ । संविधानमा मौलिक हकको कार्यान्वयनका लागि उपभोक्तालाई स्तरयुक्त खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । तर, राज्यको नीति कार्यान्वयन गर्ने सुनिश्चितताका लागि तीनै तहका सरकारले खाद्य स्वच्छता तथा गुणस्तर नियमन गर्ने कुरा प्रभावकारी बनाउन सकेका छैनन् । पछिल्लो समय खाद्य स्वच्छता तथा गुणस्तरमा आएको समस्याका कारण जनमानसमा पर्ने नकारात्मक असरले राष्ट्रिय अर्थतन्त्र र व्यापारमासमेत प्रभाव परेको छ । मानिसले प्रयोग गर्ने पानी, माछा, मासु, तरकारी र फलफूललगायतका खाद्यवस्तुको स्वच्छताको महŒवलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ ।
वैश्विक तीव्ररूपमा वृद्धि भइरहेको जनसंख्याका लागि दैनिक आवश्यकता पूर्ति गर्न खाद्यान्नको उत्पादन सोही अनुपातमा बढाउँदै लैजानु आवश्यक छ । तर, त्यस्तो अवस्था विस्तारै कमजोर बन्दै गएको छ । कपितय मुलुकमा खाद्यान्नको अभावका कारण नागरिकको जीवन बचाउन मुस्किल छ । हामीसँग विभिन्न देशमा प्रत्येक वर्ष भोकमरीबाट हजारौं मानिसले अकालमै ज्यान गुमाउनुपरिरहेको तीतो यथार्थ छ । यथार्थमा, खाद्यसुरक्षा भनेको प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने खाद्यान्नको व्यवस्था मिलाएर कसैले पनि खानेकुराको अभावमा भोकमरीको चपेटामा परेर ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना गर्नु हो ।
नेपाल सरकारको प्राथमिकतामा खाद्यसुरक्षा रहेको भन्ने तथ्यलाई नेपालको संविधानमा खाद्य सम्प्रभूताको व्यवस्था हुनुले प्रस्ट पारेको छ । खाद्य असुरक्षाको समस्या एक बहुआयामिक मुद्दा भएकाले समाधानका प्रयासमा पनि बहुपक्षीय संलग्नता आवश्यक हुन्छ । खाद्यसुरक्षाका कार्यक्रमहरू जिल्लाको सहभागिमूलक वार्षिक जिल्ला तथा नगर÷गाउँ विकास योजना तर्जुमा प्रक्रियामा संयोजन गर्दै कार्यान्वयन गर्नुपर्छ ।
नेपालको संविधानको भाग ३, धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट बच्ने हकका साथै प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभूताको हक हुनेबारे व्यवस्था गरेको छ । खाद्यसुरक्षाको सुनिश्चितताका लागि संविधानमा राखिएको हकले राज्यको प्राथमिकता बोध गराउँछ ।
गाँस, बास र कपास हरेक मानिसको नैसर्गिक अधिकार हो । न्यूनतम मानवीय आवश्यकताको अभावमा मानव जीवनको अस्तिŒव नै रहन सक्दैन । मानिसले खाना, आवास, कपडा, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिकै लागि प्राथमिकताका साथ काम गर्दछ । त्यसमध्ये पनि खाद्यवस्तुको आवश्यकता पूरा गर्न मानिसले शारीरिक र मानसिक शक्ति बढी खर्च गर्नुपर्दछ । ‘पेट पाल्नकै लागि त काम गरेको हो’ भन्ने उक्तिबाट पनि स्पष्ट हुन्छ कि खाद्यान्न मानिसको पहिलो आवश्यकता हो । खाद्यको अभावमा जीवन चल्न सम्भव हुँदैन ।
नेपाल संसारका ७६ राष्ट्रहरूमध्ये विश्वव्यापी भोकमरी सूचकांकमा ४४औं गम्भीर स्थानमा पर्दछ । नेपालकोमध्ये तथा सुदूरपश्चिमाञ्चल क्षेत्र सबैभन्दा तल्लो स्तरमा पर्दछन् । करिब ४१ प्रतिशत मानिसहरूले आवश्यक न्यूनतम आहारभन्दा कम उपभोग गरिरहेका छन् । नेपालमा ४१ प्रतिशत बालबालिकाहरू अझै पनि दीर्घ कुपोषणबाट पीडित छन् ।
खाद्यसुरक्षालाई मानवअधिकारको एक आधारभूत अंगको रूपमा लिइएको छ । नेपालको संविधान २०७२ ले पनि खाद्य सम्प्रभुत्तालाई आधारभूत मानवअधिकारको मान्यता प्रदान गरेको छ । विश्व खाद्य सम्मेलन सन् १९९६ अनुसार प्रत्येक व्यक्तिको सधैं पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहनाअनुरूपको खानामाथि भौतिक तथा आर्थिक पहुँच भएमा मात्र खाद्यसुरक्षा भएको मान्न सकिने बताएको छ । सबै प्रदेश तथा स्थानीय तहमा पोषण स्थिति एवं खाद्यवस्तुको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नियमन प्रणाली विकास तथा संस्थागत गर्ने रणनीति अवलम्बन गरिएको छ ।
नेपाल जनसंख्या र खाद्यान्न उत्पादनको तुलनात्मक अध्ययनअनुसार हालसम्म खाद्यान्न अभाव तथा भोकमरीको प्रकोपमा पर्ने अवस्थामा देखिँदैन । यद्यपि, उत्पादित खाद्यान्नको वितरण र बजार व्यवस्थापनमा धेरैै कमजोरी छन् । कठिन भौगोलिक अवस्थिति र यातयातको कठिनाइले उत्पादित खाद्यान्न विकट ग्रामीण क्षेत्रसम्म समानुपातिकरूपमा वितरण भएको देखिँदैन ।
मनसुनमा आधारित कृषि प्रणाली रहेको नेपालमा जलवायु परिवर्तनका कारण समयानुकूल वर्षा नहुँदा कृषि उत्पादनमा उत्तारचढाव भइरहन्छ । जलवायु परिवर्तनका कारणबाट खाद्यान्न संकटको स्थिति पनि आउनसक्छ । तथापि, नेपालको बढ्दो जनसंख्याको अनुपातमा कृषि उत्पादन वृद्धि हुन नसक्नुले भविष्यमा भोकमरीको चपेटामा पर्नसक्ने सम्भावना प्रवल छ । खाद्यसुरक्षाका लागि सरकारले बेलैमा वातावरणीय प्रभावबाट मुक्त हुन योजनाहरु बनाएर अघि बढ्नुपर्छ । हालको स्थितिमा नेपालमा खाद्यान्नको आवश्यकता, उत्पादन स्थिति र सरकारले नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न ढुवानीमा अनुदान दिई दुर्गम जिल्लाहरूमा वितरण गरिरहेकाले धेरै अभाव भएको देखिँदैन । सुगम जिल्लामा पनि नेपाल खाद्य संस्थाले आफ्नै स्रोतबाट खाद्यान्न वितरण गरेर निजी क्षेत्रबाट वृद्धि हुनसक्ने बजार मूल्य स्थिर राख्न गर्दै आएको योगदान सरहानीय छ । खाद्यान्नको उत्पादन र वितरणमा सबै क्षेत्रबाट पुगेको योगदानबाट नेपालमा हालसम्म खाद्य आपूर्तिमा सन्तुलन कायम हुँदै आएको देखिन्छ । 
सरकारले खाद्यान्नको उत्पादन न्यून भएर खाद्य असुरक्षाको स्थिति देखिने गरेका मुलुकका ३० वटा पहाडी र हिमाली जिल्लामा ढुवानी अनुदान दिएर नेपाल खाद्य संस्थानमार्फत खाद्यान्नको परिचालनलाई निरन्तरता दिँदै आएको छ । यसका अतिरिक्त नेपालभरका अन्य भागमा निजी क्षेत्रबाट खाद्यान्न परिचालन हुँदै आएकाले खाद्य असुरक्षाको स्थिति उत्पन्न भएको छैन । नेपालको कूल भूभागको ४०.४ प्रतिशत वन र ४.४ प्रतिशत झाडी तथा बुट्यान गरी कूल क्षेत्रफलको ४४.७ प्रतिशत वनले ओगटेको छ । नेपालमा खाद्यान्न समस्या राष्ट्रव्यापी नभएर क्षेत्रगत रूपमा बढी छ ।
खाद्य स्वच्छतासम्बन्धी क्षमता अभिवृद्धि गर्न विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र राष्ट्रहरूबाट केही सहयोग प्राप्त भइरहेको छ र भविष्यमा अझ बढ्नसक्ने सम्भावना जीवित हुँदा क्षमता वृद्धि गर्नु अहिलेको आवश्यकता हो । वर्तमान १५औं योजना २०७६–८१ मा खाद्यसुरक्षा तथा पोषणअन्तर्गत खाद्य सम्प्रभुता, दिगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच तथा स्वच्छ र पोषणयुक्त खाद्य उपलब्धता तथा पहँुचको वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसलाई अब १६औं योजनामा पनि निरन्तरता दिन आवश्यक छ । तीनै तहका सरकार र विकास साझेदारहरुसहित मिलेर भर्खरै मात्र खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी आगामी रणनीतिक घोषणापत्र जारी भएको छ । यसको कार्यान्वयनमा सरोकारवाला सबै जिम्मेवार बन्नुपर्छ ।
 


 


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP