Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • खाजा बेचेरै मासिक एक लाख बचत
खाजा बेचेरै मासिक एक लाख बचत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ५, २०८०

चितवन -  एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन छन्  । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आएका उनलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ ।

बिहानदेखि रातिसम्म पारिवारिक रुपमा गरिएको व्यवसायमा तल्लीन रहने काफ्ले  बिहान उठेदेखि ग्राहकको खाजा जोरजाम र खाजा खुवाउँदैमा बित्ने गरेको छ । दिनभरिका लागि आवश्यक पर्ने खाजाका परिकारको तयारीमा बिहानदेखि नै काफ्ले दम्पती जुट्छन् । जब अपराह्न हुन्छ तब काफ्लेलाई ग्राहकको मागअनुसारको परिकार बनाउन भ्याइनभ्याइ हुन्छ । जिम्मेवारीले थिचेपछि उच्च शिक्षा अध्ययन गर्दैगर्दा सन् २००६ मा रोजगारीको सिलसिलामाउन साउदी लागेका थिए ।

घरको आर्थिक अवस्था र गाउँ छिमेकमा कसैले विदेशमा राम्रो कमाइ हुन्छ भनेपछि उनको मन विदेशतिर ढल्कियो । विदेश पुगेपछि मात्र काफ्लेले त्यहाँको वास्तविकता थाहा पाए । साउदी, दुबई र कतारसम्मको बसाईका क्रममा उनलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने लागेर नेपाल फर्किए। वैदेशिक यात्राका क्रममा समेत होटलमा काम गरेका काफ्लेलाई सुरुआती समयमा भने यहाँ आएर व्यापार गर्न लाज लागेको थियो ।

वैदेशिक यात्राका क्रममा कमाएको केही रकम घरायसी व्यवहार मिलाउँदा सकिएपछि साथीसँग रु ५० हजार सापटी र श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका उनले अहिले राम्रो आम्दानी हुन थालेपछि निकै उत्साहित भएका छन् । आशिका दिपिका खाजा घरको नाममा ठेलामा व्यवसाय गर्दै आएका काफ्लेले व्यवसायलाई विस्तार गर्दै सटरसम्म पुर्‍याएका छन्  । विदेशबाट फर्किएपछि आम्दानीको स्रोत केही नभेट्टाएर अवसरको खोजीमा लागेका उनले विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका हुन् ।

काठमाडौं, हेटौँडा र नारायणगढसम्म ठेलामा व्यवसाय गरेको देखेपछि यो व्यवसाय रत्ननगरमा समेत राम्रो हुने भन्दै त्यता लागेका काफ्ले सुरुआती दिनमा भएको कमाइ सम्झदा अहिले पनि विदेश जाउँ की जस्तो लाग्ने गरेको बताए  । सुरुआतमा दिनको रु तीन सय मात्रै व्यापार हुँदा हतोत्साहित भएका उनी पछिल्ला दिनको व्यापारमा भने सन्तुष्ट  हुन थालेका हुन्  ।

काफ्लेले भने, “निरन्तर गर्‍यो भने जुनसुकै काममा पनि सफल भइदोरहेछ ।” खाजाको रुपमा उनले अहिले मःम, ससेज, लालिपक, पकौडा, आलुचप, लेगपिसजस्ता परिकार बिक्री गर्दै आएका छन् । काफ्ले खाजाको गुणस्तरमा भने कुनै सम्झौता नगर्ने बताए । बिहान ल्याएको सामान बेलुकासम्म सकिने बताउँदै उनले अहिले एक दिन व्यापार बन्द गर्‍यो भने ग्राहकको गाली सुन्नुपर्ने बताए। “अहिले दैनिक रु २० हजारसम्मको व्यापार हुँदै आएको छ,” काफ्ले भने, “खर्च कटाएर मासिक रु एक लाख बचत हुन्छ ।”

आफ्नो ग्राहक ५० प्रतिशत विदेश पलायन भइसकेको बताउँदै उनले भने ,'आम्दानी हुँदाहुँदै पनि यहाँ बसेर भविष्य बन्दैनकी भन्ने समस्याले भने झस्काइरहने गरेको छ ।'  काफ्ले थपे , “अहिले ठिकै छ । छोराछोरीको भविष्यका लागि फेरी विदेशिनुपर्ने हो की भन्ने लाग्थ्यो तर विदेश जाने सोच भने छैन ।” विदेशिने युवालाई आफ्नै माटोमा केही गर्न आग्रह गर्दैउन सीप सिकेर मात्रै विदेश जान आग्रह गरे ।


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार सोमबार, भदौ २, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो बुधबार, साउन १४, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा आइतबार, साउन ११, २०८२
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा मंगलबार, साउन ६, २०८२
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर आइतबार, असार २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP