Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
विचार
  • Home
  • विचार
  • रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
प्रभा गौतम, लेखक
प्रभा गौतम, लेखक बुधबार, भदौ २७, २०८०

काठमाडौं - मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन् ।

‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ । आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ ।

पछिल्लो समय विकसित राष्ट्रसहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिस रोग फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर अर्बौं मानिस यस रोगको सिकार भएका छन् भने करोडौँको मृत्यु भएको छ । कुनै पनि भाइरल वा फङ्गलका संक्रमणका कारण शरीरमा देखिने असामान्य प्रतिक्रिया नै सेप्सिस हो ।

मानिसको शरीरमा कुनै पनि रोगविरुद्ध दिइने एन्टिबायोटिकका कारण हुने संक्रमण वा एलर्जीलाई सेप्सिस भनिन्छ ।सेप्सिस कुनै रोग नभई रोगहरुको एकीकृत समूह हो । कडा, जटिल रोगको संक्रमणले मात्र नभई साधारण सानो मानिने वा देखिने रोगको संक्रमणबाट समेत सेप्सिस हुनसक्छ ।

Hardik health

यदि चिकित्सकले बिरामीको मृत्युका कारण संक्रमण फैलिएर भएको जवाफ दिए बुझ्नुस् तपाइँको बिरामी सेप्सिसको सिकार भएको छ भनेर । साधारण अर्थमा सेप्सिस भनेको हाम्रो शरीरको कुनै अङ्गमा कुनै रोगको संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अङ्गमा असर पु¥याउने प्रक्रिया हो ।

यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ । सेप्सिसलाई लाइफ थ्रेटनिङ अर्गान डिस्फक्सन पनि भनिन्छ । संक्रमण हुँदैमा सेप्सिस भई हाल्दैन । तर, सही समयमै उपचार हुन सकेन र संक्रमणले शरीरका अन्य अङ्गको कार्यलाई बाधा गर्ने थाल्यो भने सेप्सिस भएको भनी बुझ्नुपर्दछ ।

सेप्सिस संक्रमणपछि आफ्नो शरीरको कार्यले आफ्नै शरीरका अन्य तन्तु र अङ्गहरुलाई चोट पु¥याउँछ । जिएसएको तथ्यांकअनुसार विश्वभर प्रत्येक २.८ सेकेन्डमा एकजनाको सेप्सिसका कारण मृत्यु हुने गरेको छ  । अर्थात् विश्वभर पाँचमध्ये एक जनाको मृत्यु सेप्सिसबाट हुने गरेको छ । 

यसैगरी विश्वभरिमा सेप्सिसबाट बर्सेनि एक करोड १० लाख मानिसको मृत्यु हुने र चार करोड ९० लाख मानिस सेप्सिसबाट संक्रमित र चार करोड ७० लाखदेखि पाँच करोड मानिस सेप्सिसबाट प्रभावित हुन्छन् । करिब ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिका सेप्सिसबाट संक्रमित हुने तथ्यांक छ । विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारण भएको विश्व स्वास्थ्य सङ्गठनले पनि जनाएको छ ।

नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको एनसिसिडिएफले जनाएको छ । मानिसको शरीरमा रोग विरुद्व लड्ने तत्वहरुले गर्ने कार्य अस्वाभाविक रुपमा बढ्छ र त्यसको असरले रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण वा ‘सेप्सिस’ भनिन्छ । यो अवस्थामा मानिसको फोक्सो, कलेजो र मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अङ्गमा असर गर्दछ ।

अर्को चरण भनेको इमर्जेन्सी स्थिति अर्थात् थर्ड स्टेज जसलाई ‘सेप्टिक सक’ भनिन्छ । यसमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई बिरामीको मृत्युसम्म हुन्छ  । सेप्टिक सकको अवस्थामा बिरामीको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म हुन्छ ।

सेप्सिसका लक्षणहरु 

सेप्सिसको लक्षणलाई पहिचान गरेर समयमै उपचार नगर्दा हामीले कल्पना गरेकोभन्दा भयावहको रुप लिन सक्छ । ब्याक्ट्रेरिया, रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वासप्रश्वासमा गाह्रो हुनु, मुटुको चालको काम गर्ने क्षमतामा कमी हुनु, छिटोछिटो श्वास फेर्नु, अर्धचेत हुनु, सोच्ने क्षमतामा परिवर्तन आउनु, चिसो लाग्नेजस्ता लक्षण देखिएमा सेप्सिस हुन सक्छ ।

यस्तो रोगको संक्रमण भएका बिरामीमा ज्वरो आउने, छट्पटी हुनु वा बेचैनी हुने, श्वासप्रश्वासमा समस्या हुने, न्यून रक्तचाप वा मुटुको धड्कन छिटो बढ्नु (हाइपोटेन्सन), छालाबाट अत्यधिक पसिना आउने, चक्कर वा रिङ्गटा लाग्नेजस्ता लक्षणहरु पनि देखा पर्न सक्छ । शरीरमा यस्ता कुनै लक्षणहरु देखा परेमा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नु पर्दछ । सेप्सिसविरुद्ध जति चाँडो उपचार सुरु हुन्छ, निको हुने सम्भावना त्यति नै बढी हुन्छ ।

यी सेप्सिसका सामान्य लक्षणहरू देखेपछि हेलचेक्र्याइँ नगरी समयमै उपचार गर्नुपर्दछ । यदि गरिएन भने यसले ‘सेप्टिक सक’को रुप लिन्छ र शरीरमा संक्रमण फैलिएर बिरामीको ज्यानै जान सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा सेप्सिसका कारण उनीहरुलाई खाना खुवाउन र पिसाब फेर्न गाह्रो हुने गर्दछ भने उनीहरुले बारम्बार बान्ता गर्ने गर्दछन् ।

बालबालिकाहरुमा सेप्सिस हुँदा छिटो छिटो श्वास फेर्नु, शरीरको अनियमित गति हुनु, छाला पहेँलो हुनु, शरीरको शक्ति कम हुनु, स्पर्श गर्दा चिसो महसुुस हुने गर्दछ । शरीरमा संक्रमण भई ज्यान नै जोखिममा पार्ने घातक सेप्सिसबारे समयमै सचेत हुनुपर्दछ । जुनसुकै उमेर, समूह र लिङ्गका मानिसलाई सेप्सिस हुनसक्छ ।

विशेषगरी रोग प्रतिरोधक क्षमता कम भएका, मधुमेही, क्यान्सर, अङ्ग प्रत्यारोपण भएका बिरामी, सघन उपचार कक्ष आइसियुका बिरामी, एचआइभी एड्सलागायत दीर्घ रोगका बिरामी, बुढाबुढी एवं बालबालिका उच्च जोखिममा पर्दछन् । गम्भीर घाइते भएका मानिस, वृद्ध र बालबालिका, गर्भवती र सुत्केरी, कलेजो, मिर्गौला रोगबाट पीडित बिरामीमा सेप्सिसको जोखिम बढी हुन्छ ।

सेप्सिससँग सम्बन्धित रोगहरूमा श्वासप्रश्वासको सक्रमण समावेश हुन्छ । निमोनिया वा फोक्सोको संक्रमण, पेटको संक्रमण, मृगौलाको संक्रमण, रगतको संक्रमण र घाउ चोट वा जलेको ठाउँबाट संक्रमण फैलिन्छ । यदि कसैलाई सेप्सिसका लक्षणहरू देखिएमा चिकित्सकबाट रोगको निदान गर्न र यसको गम्भीरता पत्ता लगाउन विभिन्न परीक्षण गराउनु पर्दछ ।

रगत, पिसाब, खकार, घाउ, छातीको एक्सरे, सिटीस्क्यान, अल्ट्रासाउन्ड आवश्यक भएमा एमआरआईसमेत गर्नुपर्ने हुन्छ । सेप्सिस पहिचान भएको बिरामीले एक घन्टाभित्र उपचार पाएमा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिने चिकित्सकको भनाइ छ ।

सेप्सिसबाट बच्ने उपाय

भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । केही सामान्य कुरामा ध्यान दिनसके सेप्सिसबाट बच्न सकिन्छ । यसका लागि आफ्नो जीवनशैलीमा परिवर्तन भने गर्नु पर्दछ ।
    –प्रशस्त मात्रामा फलफूल, सागसब्जी, पोषणयुक्त अन्न, फ्याट कम भएका डेरी उत्पादनहरू र प्रोटिनयुक्त सन्तुलित आहार खाने, 
    –चिकित्सकले निर्देशन दिएअनुसार पे्रस्क्रिप्सनमा उल्लेखित औषधिहरू मात्र खाने,
    –चिकित्सकले एन्टिबायोटिक, एन्टिभाइरल वा एन्टिफङ्गल औषधि सिफारिस गरेको छ भने चिकित्सकको निर्देशनहरू सावधानीपूर्वक पालना गर्ने यदि निको भएको महसुस भएमा पनि औषधि बीचैमा खान नछोड्ने । औषधिको पूरै डोज सेवन गर्ने, 
    –प्रत्येक वर्ष फ्लू र इन्फ्लुएन्जाका खोप लगाउने, 
    –साबुन र पानीले बारम्बार हात धुने । यदि साबुन र पानी उपलब्ध छैन भने सेनिटाइजर प्रयोग गर्ने । बिरामीलाई छुनुअघि र पछि संक्रमित कुराहरु छोएपछि अनिर्वाय हात धुने, 
    –घाउ र चोटपटकलाई सफा राख्ने र यो पूर्ण रूपमा निको नभएसम्म छोप्ने, 
    –संक्रमित व्यक्तिहरुबाट टाढै रहने,
    –धुम्रपान र मद्यपान सेवन नगर्ने,
    –संक्रमण भएको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य सल्लाह लिने, 
    –सेप्सिसबारे जनचेतना फैलाउने ।

सेप्सिसको रोकथामका लागि सरसफाइ पहिलो सर्त हो भने दोस्रो सर्त जनचेतना । सेप्सिस संक्रमण जति फैलिँदै गयो, त्यति जटिल बन्दै जाने रोग हो । अतः हाम्रो हरेक प्रयास सेप्सिसविरुद्ध लड्न, रोकथाम गर्न र प्रत्येक वर्ष करोडौँको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्दछ । सर्तक रहौँ, सेप्सिसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ ।      


(प्रभा गौतम – लेखक त्रिवि शिक्षण अस्पतालको स्टफ नर्स तथा सिसिएनएएनको महासचिव हुन् ।)रासस
 


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:३५
#सेप्सिस
प्रतिक्रिया दिनुहोस्
थप विचार
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध बिहीबार, माघ २२, २०८२
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन बुधबार, माघ २१, २०८२
नागरिकमुखी सार्वजनिक सेवा
नागरिकमुखी सार्वजनिक सेवा बुधबार, माघ २१, २०८२
म भोट दिन्न !
म भोट दिन्न ! मंगलबार, माघ २०, २०८२
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता मंगलबार, माघ २०, २०८२
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना सोमबार, माघ १९, २०८२
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान  आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP