Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘युरोपको मागपत्र प्रमाणीकरण समस्याले ठगी’ 
‘युरोपको मागपत्र प्रमाणीकरण समस्याले ठगी’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २५, २०८०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जर्मनीलगायत युरोपेली मुलुकबाट हुने कामदारको मागपत्र समयमै प्रमाणीकरण नहुँदा सामाजिक सञ्जालमार्फत ठगी कार्य भइरहेको जनाएको छ । युरोपमा केही समयदेखि सम्बन्धित दूतावासबाट मागपत्र प्रमाणीकरण नभएका कारण इजाजतपत्रवाला संस्था (म्यानपावर)ले समयमा कामदार पठाउन नसक्दा गैरकानुनी रुपमा सामाजिक सञ्जालमार्फत त्यसको फाइदा लिने र भ्रम छर्ने कार्य भइरहेको संघले उल्लेख गरेको छ ।  


संघले आइतबार एक विज्ञप्ति जारी गर्दै जर्मनीमा सहायक कामदार पठाउनका लागि आवेदन माग गरेको भनी नक्कली र झूठो विज्ञापन बनाई सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि वैदेशिक रोजगार विभागले पनि केही अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिँदै जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरिएको विज्ञापन÷सूचना भ्रमपूर्ण रहेको उल्लेख गर्दै त्यसप्रति विश्वास नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो ।

जर्मनीमा कामदारको माग आएको भनी गैरकानुनीरुपमा विज्ञापन गर्ने, अन्तर्वार्ता लिने, तालिम दिने साथै केही दिनदेखि सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार विभागको नक्कली सूचना बनाएर ठगी गर्ने उद्देश्यले विज्ञापन गरेर सरकार र समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै बदनाम गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन पनि संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

Hardik health

‘वैदेशिक रोजगारीको नाममा ठगी गर्ने उद्देश्यले गैरकानुनी कार्य गर्न खोज्नेलाई कानुनी कारबाही गर्न गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।


संघका अध्यक्ष राजेन्द्र भण्डारीले जर्मनीमा कामदार पठाउनेसम्बन्धी सबै कार्य इजाजतपत्र प्राप्त म्यानपावरमार्फत नै भइरहेको भन्दै यसप्रति भ्रममा नपर्न आग्रह गरेका छन् । ‘नेपाल सरकार जर्मनीमा कामदार पठाउने प्रक्रियामा सामेल नै छैन । यो सबै समयमै दूतावासबाट मागपत्र प्रमाणीकरण हुन नसक्दा अनधिकृत व्यक्तिहरुले फैलाएको भ्रमपूर्ण विज्ञापनमात्रै हो, यसप्रति वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरु सजग हुन जरुरी छ,’ उनले भने ।
यसरी सामाजिक सञ्जालमा आएको नक्कली र भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि उनले आग्रह गरे ।
 

 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP