Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भ्रमपूर्ण विज्ञापन प्रकाशन गर्ने दुई म्यानपावर निलम्बनमा 
भ्रमपूर्ण विज्ञापन प्रकाशन गर्ने दुई म्यानपावर निलम्बनमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १३, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत कार्य गर्ने दुईवटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्सन इन्टरनेसनल (अवतार ह्युमन रिसोर्स) प्रालि लाई निलम्बन गरेको हो ।

यी दुवै कम्पनी विभागको स्वीकृतिविना सामाजिक सञ्जालमार्फत दक्ष नेपाली जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सन्देहपूर्ण कारोबारमा संलग्न देखिएको जनाइएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गरी वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ (७) बमोजिम निर्णय गरी सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरुपमा गन्तव्य मलुकमा पठाउने भन्दै शंकास्पद कार्य गर्ने ओमेगा इन्टरनेसनल र अक्सन इन्टरनेसनलाई निलम्बन गरेको जनाएको छ ।

उल्लिखित म्यानपावर कम्पनीहरुले विज्ञापन प्रकाशनपूर्व विभागबाट स्वीकृति नलिएका कारण निलम्बन गरी कारबाहीको दायरामा ल्याइएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । निलम्बनमा परेका म्यानपावर कम्पनीहरुले समाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रसारण गर्नेमात्र नभई शैक्षिक परामर्श दिने संस्थासमेत खोलेर ‘वर्किङ भिसा’को प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गरिरहेको पाइएको उनले जानकारी दिए । 

ओमेगा इन्टरनेसनलले पूर्वस्वीकृतिविना सामाजिक सञ्जाल (फेसबुक)मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै भ्रमपूर्ण विज्ञापन गरेको विभागले जनाएको छ । उक्त कम्पनीले केही दिनअघि सामाजिक सञ्जालमार्फत विज्ञापन गरी कुवेतमा सीपयुक्त जनशक्ति (डाक्टर)को माग रहेको भन्दै ८७५ जनाका लागि आवेदन माग गरेको थियो । आकर्षक सेवा सुविधासहित डाक्टरलाई मासिक आठ लाख देखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब हुने विज्ञापनमा उल्लेख गरिएको छ । अनलाइनको माध्यमबाट अन्तर्वार्ता लिएर डाक्टर छनोट गर्ने बताइए पनि मागपत्रसमेत प्रमाणीकरण नभएको बुझिएको छ ।

Hardik health

ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पठाउने तयारी गरिरहेको म्यानपावर कम्पनीहरुले मागपत्र प्रमाणीकरण र विभागबाट पूर्वस्वीकृति नलिई विज्ञापन गरेको पाइएपछि विभाग कारबाहीमा उत्रिएको हो । पछिल्लो समय वैदेशिक रोजगार ऐन २०६४ बमोजिम मापदण्ड विपरीत गतिविधि गर्ने म्यानपावर कम्पनीविरुद्ध विभागले कडा कदम चालेको छ ।

विभागले यसअघि सामाजिक सञ्जालमा विज्ञापन प्रकाशनपूर्व विभागबाट स्वीकृति नलिएको भन्दै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी क्यापिटल रिक्र्युटमेन्ट सर्भिसेज र इगल म्यानपावर कन्सल्ट्यान्टलाई जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै ऐनविपरीत गतिविधि गरेको र वैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई क्षतिपूर्ति नदिएको कारण विभागले डि स्क्वायर ग्रुप र डिलक्स एचआर सोलुसन नामक दुईवटा म्यानपावर कम्पनीको इजाजतपत्र नै रद्द गरिदिएको थियो ।

विभागले वैदेशिक रोजगारीको नाममा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक)मा सूचना तथा विज्ञापन प्रकाशन गरी ठगी गर्ने घटना बढ्दै गएको भन्दै सचेत रहन सरोकावालाहरुमा आग्रह गर्दै आएको छ । त्यस्तै विभागको अनुमतिविना कुनै पनि माध्यमबाट वैदेशिक रोजगारसम्बन्धी विज्ञापन वा सूचना प्रकाशन गर्न नपाइने उल्लेख गरेको छ ।

पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक तलब एवं सेवासुविधा प्राप्त हुने प्रलोभन देखाई सामाजिक सञ्जालमा हुने विज्ञापनको सूक्ष्म निगरानी गरिरहेको पनि विभागले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा गैरकानुनी रुपमा वैदेशिक रोजगारीका विज्ञापनहरु आउन थालेपछि विभागले निगरानी गर्न सुरु गरेको सूचना अधिकारी उप्रेतीले बताए । उनका अनुसार भर्खरैमात्र सामाजिक सञ्जालमार्फत हुने अवैध सूचना तथा ठगी नियन्त्रणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकजना उपसचिवको संयोजकत्वमा एउटा छुट्टै अध्ययन समिति पनि बनाएको छ ।

वैदेशिक रोजगारीका लागि जान इच्छुक नेपालीहरुलाई सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि विभागले आग्रह गरेको छ । साथै प्रचलित ऐन कानुनविपरीत सामाजिक सञ्जालमा सूचना तथा विज्ञापन सम्प्रेषण नगर्न सचेत गराएको छ । त्यस्तो भ्रमपूर्ण सन्देश प्रवाह गरेमा कडा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:३८
#रोजगार_ऐन #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP