Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • बीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड
बीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १२, २०८०

सुर्खेत– वर्षायाम सुरु भएसँगै वीरेन्द्रनगर–९ पर्सेनीका भद्रबहादुर नेपालीलाई २०७१ साल साउनको अन्तिमसाता आएको बाढी र डुवानको यादले सताउँछ । त्यतिबेला लगातार तीन दिन परेको वर्षाले पर्सेनीका तीन जनाको मृत्यु भएको थियो भने लाखाँै रकम बराबरको सम्पत्ति क्षति भएको थियो । त्यसयताका हरेक वर्षायाममा यहाँ त्रास सिर्जना हुने गर्दछ । 

वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा रहेको यो ठाउँ निकास क्षेत्रमा पर्दछ । यहाँ वर्षा भए डुवानको त जोखिम छ नै बाढीको जोखिम पनि उत्तिकै छ । बस्ती नजिक निकास खोला छ, जसले बाढीको जोखिम निम्त्याइरहेको छ भने बस्ती डुवान क्षेत्रमा पर्दछ । 

भद्रबहादुर भन्नुहुन्छ, “वर्षा हुन सुरु भयो भने २०७१ साल फेरि दोहोरिन्छ कि रु बालबच्चालाई कसरी सुरक्षित गर्ने होला भन्ने डरैडरमा बस्नुपर्छ ।” नजिकै सरकार भए पनि आफ्ना पीडा भने बुझ्न नसकेको उहाँको गुनासो छ । 

उहाँले भन्नुभयो, “प्रदेशको राजधानी भए पनि हाम्रा पीडा विगतदेखि नै यस्तै छ, सरकारले आशा मात्रै देखाउँछ तर काम गर्दैन । हामी कतिबेला डुबेर मर्छाँै थाहा छैन ।” डुवानको दिगो समाधान खोजिदिन भद्रबहादुरको माग छ । 

Ncell
Hardik health

पर्सेनीकै स्थानीय ललित नेपालीले डुबानको समस्या वर्षांैदेखि भोग्दै आएका बताउनुहुन्छ । “हामी त वर्षौदेखि यो समस्या भोग्दै आएका छौँ”, उहाँले भन्नुभयो, “वर्षायाम सुरु भयो की हामीलाई यो वर्ष कसरी ज्यान जोगाउने हो भन्ने चिन्ताले पिरोल्छ, हाम्रो कुरा कसैले सुनुवाइ गरेका छैनन्, यहाँ तटबन्ध निर्माण गरेर दिगो  समस्या समाधान गरेको आग्रह कसैले सुनेको छैन ।” उहाँले समस्या समाधानका स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने उहाँको माग छ । डुबानको समस्या वीरेन्द्रनगरको तल्लो क्षेत्रमा बस्ने नागरिकको पनि हो ।  

वैज्ञानिक तवरबाट समाधान खोज्न विज्ञहरूको सुझाव

वीरेन्द्रनगरका तल्लो क्षेत्रमा डुबान र बाढीको समस्याको दिगो समाधानको लागि बस्ती व्यवस्थापन वैज्ञानिक ढङ्गले गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा वन वातावरण र विपद् व्यवस्थापन अध्यापन गराइरहनुभएका उप–प्रध्यापक खगेन्द्र रावल अहिले वीरेन्द्रनगरमा जथाभावी बस्ती बसाइएको भन्दै खोलालाई नालाका रुपमा रुपान्तरण गर्दै लैजाँदा डुवान र बाढीको समस्या समाधान बढ्दै गएको बताउनुहुन्छ । 

“सुर्खेतको माथिल्लो क्षेत्रबाटै बस्ती व्यवस्थापन आवश्यक छ । इत्राम खोला, खोक्रे खोलालाई चेप्दै लिएर नालाजस्तो बनाइएको छ । यसकारण बाढी र डुवानको समस्या झनै निम्तिदै गएको हो”, उहाँले भन्नुभयो ।

दिगो विकासको अवधाराणालाई आत्मसाथ गरेर मात्रै विकास गर्नुपर्ने भन्दै तीन तहकै सरकारको सहकार्यमा यसको समाधान खोजिनुपर्ने उहाँको सुझाव छ । “मानिसलाई अहिले नै सबै कुरा चाहिएको छ, यही अवस्थाबाट हामी जाने हो भने सुर्खेतको अवस्था झनै खराब बन्दै जाने छ, अहिले बाँध बनाएर तत्काल समाधान खोजेर हुँदैन दिगो समाधान खोज्नुपर्छ”, उहाँले भन्नुभयो । 

वीरेन्द्रनगर नगरपालिकाले भने तल्लो क्षेत्रमा हुने डुबान समस्याको दिगो समाधानका लागि रणनीतिक योजना निर्माण गरिएको दाबी गरेको छ । यस क्षेत्रमा भइरहने डुवानको समस्या समाधानका लागि नगरपालिकाको नीति कार्यक्रममै समावेश गरी काम थालिएको नगर उपप्रमुख नीलकण्ठ खनालको दाबी छ ।

“इत्राम, खोर्के, नेवारेलगायतका खोलाको निकासलाई फराकिलो गर्ने एउटा योजना छ भने यसको समाधान हामी एक्लैले गर्न नसकिने भएकाले प्रदेश सरकारलाई अनुरोध काम अगाडि बढाउने तयारीमा छाँै”, उहाँले भन्नुभयो ।

बर्सेनि डुबान हुने डुवानको समस्यालाई मध्यनजर गर्दै तटबन्ध निर्माणसँगै अन्य रणनीतिक योजना निर्माण गरी काम भइरहेको उपप्रमुख खनालको भनाइ छ । “विपद्सँग काम गर्ने तयार नेपाल संस्था पनि हामीसँग जोडिएको छ, उक्त संस्थाले यहाँको अध्ययन र नक्शाकङ्न गरिरहेको छ, त्यसपछि अझै व्यवस्थित ढङ्गले दिगो समाधान हुनेगरी काम गर्छौ”, उहाँले भन्नुभयो ।

केही दिन अगाडिको लगातार वर्षाले त्यस क्षेत्रमा डुवान सुरु भएपछि कर्णाली प्रदेशसभामा समेत यो विषयले चर्चा पाएको थियो । सांसदहरुले वीरेन्द्रनगरको दक्षिणी क्षेत्रमा भइरहने डुवानको दिगो समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रिय विपद् प्राधिकरणले पनि कर्णालीका नौ जिल्ला पहिरो र सुर्खेत बाढीको उच्च जोखिममा रहेको भन्दै सोही अनुसारको प्रतिकार्य योजना बनाउन यसअघि नै सुझाव दिइसकेको छ । विसं २०७१ को साउनको अन्तिममा आएको बाढी र डुबानबाट सुर्खेतभर एक सय १५ जनाको ज्यान गएको थियो भने छ सय ७५ घर क्षति हुँदा रु ११ अर्बको सम्पत्ति नष्ट भएको सरकारी तथ्याङ्क छ । रासस
(((


प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP