Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय निकायमा पशुपालन आयोजना सञ्चालन
स्थानीय निकायमा पशुपालन आयोजना सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १०, २०८०

बलेवा– बागलुङका स्थानीय तहले चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा रु साढे चार करोड बजेट खर्च गर्ने भएका छन् । स्थानीय तह आफैँले बनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन र सङ्घीय ससर्त अनुदान कार्यान्वयन गर्दा उक्त बजेट खर्च हुने भएको हो । 

जिल्लाका १० स्थानीय तहले पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा रु तीन करोड ४३ लाख ८८ हजार पाँच सय विनियोजन गरेका छन् । सङ्घीय सरकारले ससर्त अनुदान रु एक करोड दुई लाख ५८ हजार विनियोजन गरेको छ । जिल्लाभर स्थानीय र सङ्घीय सरकारले रु चार करोड ४६ लाख ४६ हजार पाँच सय खर्च गर्ने योजना रहेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रले प्रदेश सरकारले विनियोजन गरेका कार्यक्रमको कार्यान्वयन गर्नेछ ।

जिल्लामा सबैभन्दा धेरै निसीखोला गाउँपालिकामा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा खर्च हुनेछ । निसीखोलामा रु ६२ लाख ५० हजार चालु आर्थिक वर्षमा खर्च हुने अनुमान छ । सङ्घीय ससर्त र स्थानीय विनियोजनसमेत गरेर गलकोट नगरपालिकामा रु ५९ लाख, बरेङ गाउँपालिकामा रु ५८ लाख, जैमिनी नगरपालिकामा रु ४३ लाख, बडिगाड गाउँपालिकामा रु ४२ लाख विनियोजन गरिएको छ ।

ढोरपाटन नगरपालिकामा रु ४१ लाख, तमानखोलामा रु ३१ लाख, काठेखोलामा रु ४३ लाख, ताराखोलामा र ३१ लाख र बागलुङ नगरपालिकामा रु ३३ लाखभन्दा धेरै बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले विभिन्न कार्यक्रममा रु चार करोड ५२ लाख खर्चिने योजना रहेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । 

उपकरण खरिद, मर्मतलगायतका कामका लागि रु १४ लाख ९० हजार विनियोजन गरिएको छ । केन्द्रमार्फत जिल्लाभर कार्यक्रम सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु चार करोड ३७ लाख १७ हजार विनियोजन गरिएको सापकोटाले बताए ।

“कार्यक्रम र बजेटका हिसाबले यो वर्ष सुधारोन्मुख छ, तर सङ्क्रामक रोगका कारण पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा जोखिम बढेको छ, उत्पादनमा क्षति हुने देखिन्छ”, उनले भने, “लम्पी स्कीन, स्वाइनफ्लु, कुखुरामा देखिएको भाइरसले उत्पादन घटाउँछ ।” माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर भइसकेको भए पनि पछिल्लो समय फैलिएको सङ्क्रमणका कारण उत्पादन घटेको सापकोटाले बताए ।

विज्ञ केन्द्रले पशुपछी तथा मत्स्यपालनका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्ने र कार्यक्रम नदोहो¥याउने प्रयास भएको उनले बताए । विनियोजित बजेटका विषयमा किसानले पनि चासो राख्न थालेका छन् । “किसानलाई दिने अनुदानका कार्यक्रम धेरै छन्, तर प्रक्रिया झन्झटिला छन्, वास्तविक किसान कहाँ सरकार पुग्दैन”, बागलुङ–३ का किसान गङ्गा थापाले भन्नुभयो, “कार्यक्रम कार्यान्वयनका प्रक्रिया सरलीकृत गर्नुपर्छ ।” 

चालु आवमा जिल्लाभर सञ्चालन हुने योजना तथा कार्यक्रम उत्पादनमा आधारित र अनुदानमा केन्द्रित हुने विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए । बर्सेनि करोडौँ खर्चिने तर उपलब्धि नदेखिने परिपाटीको अन्त्य गरिने उनले बताए । 


प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP