काठमाडौं– बालुवाटारस्थित ‘ललिता निवास ’ भित्रको जग्गा प्रकरणमा संलग्न आरोपीलाई अदालतमा लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै १७ जना आरोपीतलाई अदालतमा उपस्थित गराएको हो ।
सरकारी वकिलले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नका लागि अभियोग पत्र लगेको छ ।
अभियोगपत्र रुजु गर्ने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सुचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए । २९० जना प्रतिवादी मध्ये १७ जना पक्राउ र अन्य फरार छन् ।