काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट सुनुवाइ हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा आज आइतबार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आज भने अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
एक बालिकामाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय ९घ० अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।