काठमाडौं– घट्टेटार नमुनावस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभामा खानेपानी ट्यान्की निर्माण ,जग्गा छनोट लगायतका विषयमा छलफल भएको थियो । यस्तै, रकम बुझाएर पनि पानीको सुविधा नपाएका ४० भन्दा बढी स्थानियले पानीको सुविधा आफुहरुले पाउनुपर्ने माग सभामा उठाएका थिए । सभामा उठेका मागहरुलाई सम्बोधन गर्र्दैै प्रदेश सरकारले यस विषयमा चासो रहेको र खानेपानी ट्यान्की निर्माणका लागि आवश्यक अपुग रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सभामा प्रमुख अतिथी पुर्ब शिक्षा मन्त्री तथा संघीय साम्सद माननीय कृष्ण गोपाल श्रेष्ठ , प्रदेश साम्सद तथा बागमती प्रदेश पुर्ब कृषि तथा पशुपन्छी मन्त्री केशव प्रसाद पोखरेल, बागमती प्रदेश समानुपातिक साम्सद बाल कुमारी बिश्वकर्मा, नागर्जुन नगरपालिका वडा न ६ का वडा अध्यक्ष लगायत वडा सदस्य तथा घट्टेटार खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।