Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • सद्भाव कायम राख्न अपिल
धरान घटनाबारे दलहरुको चासो सद्भाव कायम राख्न अपिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १०, २०८०

सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदायलगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री

 

नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन 
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस

गौवंश हत्याको विरोध एवं सनातन धर्मको रक्षाका पक्षमा देशव्यापी देखिएको स्वस्फूर्त प्रदर्शन जायज छ, स्वाभाविक छ । सद्भाव ¥यालीले कसैको अहित पनि गर्दैन । संविधानप्रति राज्य जिम्मेवार नबन्दा कहिलेकाहीँ चिज पेचिलो बन्न जान्छ ।
मोहन श्रेष्ठ
प्रवक्ता, राप्रपा

 


काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक सद्भाव कायम राख्न दलहरुले चासो राखेका छन् । गौहत्या गरिएका भिडियो सामाजिक सञ्जालमा छाएपछि हिन्दू धर्मावालम्बीले यसको विरोध गर्दै आएका थिए । बुधबारमात्र नेपाली कांग्रेसका नेता शंकर भण्डारीले यस घटनालाई लिएर सदनमा विरोध गरेका थिए । ‘केही दिनअघि धरानमा भएको अस्वाभाविक र अराजक घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ ।

Ncell
Hardik health

गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई र त्यसमा संलग्न उच्छृंखल तŒवहरुले समाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ,’ संसद्मा सांसद भण्डारीले भने ।


आपसी एकता, सद्भाव, सहिष्णुता र उत्कृष्टतम सभ्यतालाई चुनौती दिनेगरी धरानमा भएको उक्त घटना निन्दनीय रहेको भण्डारीको भनाइ थियो । ‘नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रो आपसी एकता, सद्भाव, सहिष्णुता, उत्कृष्टतम सभ्यतालाई चुनौती दिनेगरी धरानमा घटाइएको उक्त घटना निन्दनीय छ,’ उनले भनेका थिए । भण्डारी कांग्रेसभित्र धार्मिक कट्टरवादी नेताका रुपमा चिनिन्छन् । उनले नेपालमा धर्म परिवर्तन र अराजक गतिविधिले भविष्यमा दुर्घटना निम्तिनेसमेत बताएका थिए ।

धरानमा जे भयो 
धरानको मंगलबारेमा गौहत्याको आरोपमा बिन्द्रकुमार राई र राजन परियार गत साउन ९ गते पक्राउ परेका थिए । राई र परियार साउन २६ गते रिहा भए । उनीहरुलाई स्वागत नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मंगलबारेमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।


सोही दिन गौहत्या गरी सामूहिक भोज चलेको भन्दै सामाजिक सञ्जालमा भिडियोसमेत पोस्ट भयो । त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा दोहोरी चल्यो । यो विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले साउन ३१ गते विरोध जनायो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्नेगरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न मागसमेत गरे । 


स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै श्रेष्ठले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् ।


भोलिपल्टै विश्व हिन्दू परिषद् नेपालले गोरु काटेर भोज गर्नेहरुमाथि तुरुन्त कारबाहीको माग राखे । विज्ञप्ति जारी गर्दै परिषद्ले कानुनले गौहत्यालाई दण्डनीय अपराध भने पनि त्यसअनुसार व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएको हो । परिषद्ले धरानस्थित एक हिन्दू मन्दिरको छेउमा इसाई धर्मावलम्बीहरुको धार्मिकस्थल चर्च स्थापना गरेकोमा पनि आपत्ति जनाए ।


‘गौहत्यामा संलग्न अपराधीलाई समयमै कानुनी दायरामा ल्याइएन भने सामाजिक सद्भावमासमेत खलल पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवं यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडाभन्दा कडा कारबाही गर्न हामी सम्बन्धित निकायसमक्ष हार्दिक अपिल गर्दछौं ।’


अभियानले अशान्त
प्रशासन कुनै पनि कारबाहीमा नउत्रिएको भन्दै केही हिन्दू धार्मिक संघसंस्थाले भदौबाट ‘भदौ ९, धरान जाऔं’ अभियान नै चलाए । अर्कोतर्फ गाइगोरुको मासु खान पाउनुपर्ने भन्दै अभियान चलाइरहेका पक्षले पनि सोही दिन धरानमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । सामाजिक सञ्जालमा दुवैतर्फको अभियानबारे प्रचार भएपछि उक्त दिन अप्रिय घटना घट्ने सम्भावना बढेको थियो । सोही सम्भावित दुर्घटना रोक्न शनिबार दिनभर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी ग¥यो । शुक्रबार धरानमा बसेको सर्वदलीय बैठकले केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशंका देखिएको भन्दै चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी ग¥यो । राजनीतिक दलहरुका सामूहिक विज्ञप्तिबाट पनि धरान शान्त नहुने स्थिति देखिएपछि प्रशासनले सहर प्रवेशमा थप कडाइ गरेको हो । शनिबार विभिन्न स्थानबाट प्रवेशका लागि ¥यालीहरु धरान सोझिए पनि ती बाटैमा रोकिएका थिए । दिनभर कुनै अप्रिय घटना नभएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।


सामाजिक सद्भाव राख्न कांग्रेसको अपिल
धरान घटनालाई लिएर नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ । ‘परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौं,’ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याइ आ–आफ्नो धर्म–संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै, कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पु¥याउन पनि उचित हुँदैन ।’


नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ । सामाजिक सद्भाव भड्किँदा निम्तिनसक्ने परिस्थितिको बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय तथा सम्प्रदायलाई सचेत हुन पनि कांग्रेसले आग्रह गरेको छ ।


अहिले उठेको विवाद र संवेदनशीलतालाई मध्यनजर गरी सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घसंस्था एवं समाजका अग्रज व्यक्ति एक ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपिल गरेको छ ।


राप्रपा प्रवक्ता श्रेष्ठले भने ¥याली जायज भएको बताएका छन् । हिन्दू राष्ट्रको माग गर्दै आएको राप्रपाले यसलाई सद्भाव ¥यालीको रुपमा लिएको श्रेष्ठले बताएका छन् । ‘गौवंश हत्याको विरोध एवं सनातन धर्मको रक्षाका पक्षमा देशव्यापी देखिएको स्वस्फूर्त प्रदर्शन जायज छ, स्वाभाविक छ । सद्भाव ¥यालीले कसैको अहित पनि गर्दैन । संविधानका प्रति राज्य जिम्मेवार नबन्दा कहिलेकाही चिज पेचिलो बन्न जान्छ नै,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गौवंश हत्याको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिँदैन । धार्मिक आस्था, विश्वास र संवेदनशीलता खेलाँचीको विषय हुनै सक्दैन । धर्म निरपेक्षको आडमा भइरहेको संगठित धर्म परिवर्तनको वेगलाई निस्तेज नपार्ने हो भने सनातन धर्म संकटमा पर्न सक्छ ।’

प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउन खोजे ः कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउने खालको अभिव्यक्ति दिएको आरोप कोइरालाको आरोप थियो । ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ ।

परिस्थिति धार्मिक खासियत लडखडाएको छ,’ उनले भने, ‘आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीजस्तो व्यक्तिले माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्नुभएको छ । उहाँले जातीय द्वन्द्व बढाउने काम गरिरहनुभएको छ ।’


नेता कोइरालाले सुनसरीको धरानमा भएको घटनाले मुलुकभर असर गर्ने बताए । ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन,’ उनले भने, ‘संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहिंकतैबाट हुनुहुँदैन ।’


यद्यपि, कोइरालापक्षीय नेता कांग्रेसका महामन्त्री गगन थापाले पनि प्रदेशको नामाकरणमा सोच्न सकिने बताएका छन् । हाल कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर द्वन्द्व चर्किरहेको छ । यसै विषयमा भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरिको स्मृतिसभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई क मगर्न सकिने बताएका थिए । 


शुक्रबारमात्र नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक कदमले कोशीमा अस्थिरता निम्तिएको धारणा राखेका थिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताएका हुन् । 


धरानबासीलाई प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो तवरबाट पहल गर्न धरानबासीमा अपिल गरेका छन् । शनिबार साँझ विज्ञप्तिमार्फत कानुनतः निषेध गरिएको विषयलाई सद्भाव बिथोल्ने गरी नलाग्न आग्रह गर्दैै दाहालले यस्तो अपिल गरेका हुन् । ‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यविना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।’

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उल्ले गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति,  र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।’


एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने र त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत उनले उल्लेख गरेका छन् । ‘सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महŒवपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौं,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।’ 
 


प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP