तनहुँ– भानु नगरपालिका–११ मानेचौकास्थित पाउदी खोलाले बगाई लम्जुङ सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने रामसरण परियारको छोरा १० वर्षीय समर्पण परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा समर्पणको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रूपाकोट र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।