Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • आठौं तामाङ ज्ञान महोत्सव सम्पन्न 
आठौं तामाङ ज्ञान महोत्सव सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– आठौं तामाङ ज्ञान महोत्सव बिहीबार सम्पन्न भएको छ । तामाङ डाजाङ, तामाङ न्हाङखोर र तामाङ राष्ट्रिय पुस्तकालयले संयुक्त रुपमा आयोजना गरेको दुई दिने महोत्सव तामाङ भाषा, कला, संस्कृति, ज्ञान र इतिहासका विविध पक्षमा विचार विमर्श गर्दै सम्पन्न भएको हो । 

अन्तर्राष्ट्रिय तामाङ परिषद्का कार्यकारी महासचिवले बुधबार उद्घाटन गरेको महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिएको थियो । पहिलो दिन इतिहासकार दिनेशराज पन्तले विशेष प्रवचन राखेका थिए । उक्त दिन ‘तामाङ ज्ञान र महिला’ विषयमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक कुमारी लामा, मानवशास्त्री टेकबहादुर दोङ, सञ्चारकर्मी सञ्चु ब्लोन र खेन्पो नवराज लामाले आ–आफ्नो प्रस्तुति राखेका थिए । 

सोही दिन भाषा प्रविधि र लोकसाहित्य विषयमा डा. लोकबहादुर लोप्चन, बुद्ध योञ्जन, निष्णु थिङ, डा. बालकृष्ण बललगायतले प्रस्तुति दिनुका साथै प्राध्यापक डा. महेन्द्र लावतीको विशेष मन्तव्य राखिएको थियो । तामाङ बोन साहित्यसम्बन्धी अन्तरक्रियामा डा. मुक्तसिंह लामा, खोजराज गोले र टेकबहादुर मोक्तान वक्ताको रुपमा सहभागी थिए । 
महोत्सवको दोस्रो दिन बिहीबार राजनीतिक विश्लेषक सिकेलालको विशेष प्रवचन राखिएको थियो ।

Ncell
Hardik health

उक्त दिन रविन्द्र थिङ, रमेश घिसिङ, अञ्जु मोक्तान, निमा मोक्तान, खोजराज गोले, धनबहादुर तामाङलगायतले कार्यपत्र प्रस्तुत गरे । सोही दिन पञ्चकन्या गाउँपालिका नुवाकोटका अध्यक्ष तेजबहादुर तामाङ र मण्डनदेउपुर नगरपालिका काभ्रेका प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनसँग स्थानीय सरकारसम्बन्धमा अन्तरसंवाद गरिएको थियो । 

तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रुपमा मनाउँदै आएका छन् । तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए ।

सोही मागलाई सम्बोधन गर्दै भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवसका रुपमा मानिएको महोत्सवका संयोजक निष्णु थिङले बताए । त्यसअघि तामाङहरुलाई भोटे, लामा, मुर्मी आदि भन्ने गरिएको पाइन्छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:४५
#तामाङ_ज्ञान_महोत्सव
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP