काठमाडौं - काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना भएकाे छ ।
काठमाडौंबाट पोखरा जाँदै प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई धादिङको गजुरी–२ चालिसे स्थित छहराबाट त्रिशुली नदीमा खसेको हाे ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्दार गरिएको छ ।
मानवीय क्षतीको एकिन भएको छैन । उद्दारकार्य जारी रहेका जानकरी आएकाे छ । थप विवरण आउन बाँकी छ ।