Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत
चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ६, २०८०


काठमाडौं - चिनियाँ राजदूतावासले चिनियाँ भाषा, सांस्कृतिक प्रस्तुति, चित्रकलालगायतका विभिन्न चार विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई एक समारोह आयोजना गरी पुरस्कृत गरेको छ । 

चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष्कारका क्षेत्रमा चीनले गरेको प्रगति देखेर निकै प्रभावित भएको उल्लेख गरे । उहाँले चीन सधैँ भरपर्दो सहयोगी र सहकर्मी रहँदै आएको बताए ।

मन्त्री राईले विज्ञान प्रविधिको क्षेत्रमा पनि चिनियाँ सरकारले नेपाल सरकारसँग थप सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिँदै सांस्कृतिक, आर्थिक, विज्ञान, प्रविधि, यातायात र सञ्चारको सहयोग आदानप्रदानले दुवै देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे । भाषाले शक्तिशाली मात्र नभई समृद्धिका लागि पनि मद्दत पु¥याउने उल्लेख गर्दै मन्त्री राईले दुई देशबीचको शैक्षिक आदानप्रदान र सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

समारोहमा नेपालका लागि चीनका राजदूत छेन सोङले चिनियाँ पक्षले नेपालमा चिनियाँ भाषा शिक्षाको स्तरोन्नतिलाई सशक्तरूपमा प्रवर्द्धन गर्न, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र अनुदान उपलब्ध गराउने चिनियाँ भाषा शिक्षालाई व्यावसायिक, उच्चस्तरीय र पाठ्यक्रमका रूपमा विकास गर्नका लागि प्रवर्द्धन गर्न नेपाली पक्षसँग मिलेर काम गर्ने बताए ।

सो अवसरमा उहाँले यस वर्षको सुरुआतदेखि महामारीको प्रभाव कम भएपछि दुई देशका जनता–जनताबीचको सम्बन्ध र सांस्कृतिक आदानप्रदान र सहयोगमा वृद्धि भएको बताए । 

राजदूत छेनले विगत १० वर्षमा ‘बेल्ट एण्ड रोड’ लाई विन–विन सहयोगको बाटो मात्र नभई सभ्यताबीचको आपसी सिकाइको मार्ग पनि बनाउँदै सिल्क रोडको भावनालाई विरासतको रूपमा अगाडि बढाउन हात मिलाएको उल्लेख गरे । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुति गरेका थिए ।


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP