Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • रोला झरनामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल
रोला झरनामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ५, २०८०

गण्डकी -पोखरा महानगरपालिका-२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जंगलकोबीच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको हो ।


६५ मिटर अग्लो झरनाको दृश्यावलोक गर्ने, दहमा पौडी खेल्दै रमाउने र शीतलताको अनुभूति गर्ने पर्यटकको दैनिकजसो भीड लाग्ने गरेको स्थानीय सूर्यमोहन बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार सुगमस्थान एवम् प्रचुर सम्भावना रहेर पनि झरनापछि परेको अवस्थालाई दृष्टिगत गर्दै यसको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पहल महत्वपूर्ण बनेको छ ।

यसअघि २०७३ मा स्थानीयको पहलमा नेटाबाट झरनासम्म पुग्ने मोटरबाटो निर्माण गरिएसँगै रोला झरना प्रचारप्रसारमा आएको हो । स्थानीय बाँस्तोलाले भने, ‘यतिखेर दैनिक पाँच सयदेखि एक हजार पाँच सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् । विशेष गरी प्रत्येक हप्ताको शनिबार झरनामा रमाउनेको बढी भीड लाग्ने गरेको छ ।’

झरनासम्म पुग्न कच्ची मोटरबाटो निर्माण भएसँगै विगतका वर्षहरुमा ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङ सञ्चालन गर्दा थप आकर्षण बढेको उनको भनाइ छ । तर दुई वर्षयता क्यानोनिङ सञ्चालन भएको छैन ।

पर्यटक बढाउन झरनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नु अपरिहार्य बनेको छ । झरनामा रमाउन पुग्ने पर्यटकलाई तात्कालीन सुविधा पुर्‍याउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं(२८ ले दुई वर्षअघि चेन्जिङरुम र शौचालय निर्माण गरेको थियो ।

लायन्स क्लब अफ पोखराको ६२ हजार र नेपाल लायन्स फाउण्डेशनको ५० हजार गरी कूल एक लाख १२ हजारको लागतमा रोला झरनामा ट्रष्ट प्रतिक्षालय निर्माण गरिएको लायन्स इन्टरनेशनल डिष्टिक ३२५ ‘के’ का जोन चियरपर्सन भोला ओझाले जानकारी दिए ।

झरनाको ५०र६० मिटरको फरकमा पूर्वउत्तरमा ढोडेली झरना छ भने सो पानी एकीकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना पनि छ । कास्की निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङसहितको एक टोलीले उक्त झरनाको स्थलगत अध्ययन अवलोकन गरी प्राकृतिक स्रोतको भरपुर उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेमा जोड दिएको छ ।

सांसद गुरुङले पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यकारुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गरेर आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

झरनासम्म बाटोको सुविधा, पानी पर्दा ओत बस्ने ठाउँ लगायतका विभिन्न अत्यावश्यक भौतिक संरचना तयार गरेर आन्तरिक एवम् बाह्य पर्यटकलाई सुविधा पुर्‍याउन तत्काल पहल गरिने प्रतिनिधिसभा सदस्य गुरुङसको प्रतिबद्धता थियो ।

स्थानीय हरिप्रसाद बाँस्तोलाका अनुसार बेगनास तालको जलाधार क्षेत्रका रुपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटर बाटो निर्माण गरी त्यसभन्दा करिब एक सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गर्ने हो भने एक दिनको प्याकेज बनाउने सकिन्छ ।

यसले पर्यटकको बसाइँ लम्व्याउन सहयोग पुग्ने उनको विश्वास छ । पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट बेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ ।


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP