Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधारगृहमा झडप १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ५, २०८०


भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए ।

घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ । काठमाडौं कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएर भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

घटनामा थिमि वृत्तका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठको दाहिने नलीखुट्टामा चोट लागेको, प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, वरिष्ठ प्रहरी हवल्दार बेलकुमारी बुढाथोकी, प्रहरी हवल्दार सूर्य बस्नेत, हवल्दार ३८ वर्षीय श्यामसुन्दर ठाकुर, प्रहरी जवान पुनम टमाटा, प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजाको भक्तपुर अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

यसैगरी सशस्त्र प्रहरी बलतर्फ घाइते भएका वरिष्ठ प्रहरी हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दार माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवान राम प्रवेश सिंह, उमेशकुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ ।

Ncell
Hardik health

त्यस्तै बालबन्दीतर्फ घाइते हुनेमा १८ वर्षीय साहिनी गोपाली, २२ वर्षीय दिले परियार, २१ वर्षीय विश्वास गपाली, २२ वर्षीय अर्जुन नेपाली, १८ वर्षीय सन्देश खत्री, २० वर्षीय दिनेश पुनमगर, २२ वर्षीय विशाल पाण्डे, १८ वर्षीय शंकर घर्ती, २२ वर्षीय उमेश कार्की, २० वर्षीय सञ्जिव तामाङ रहेका छन् । घाइतेमध्ये घर्तीको वीर अस्पतालको ट्रमा सेन्टरमा र अन्यको नागरिक अस्पताल, भक्तपुर इन्टरनेसनल अस्पताल, मध्यपुर अस्पताललगायत उपचार भइरहेको छ ।

त्यसैगरी सुधारगृहको गेट तोडेर बाहिर निस्कने क्रममा बालबन्दीले विभिन्न सामान तोडफोड गरी क्षति पुर्‍याएका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार बालसुधारगृह कार्यालयको १ नं को पोस्टमा रहेको कुर्सी, टेबल, सिसाको बत्ती फुटाएको, एक थान टिभी, युसेफ नेपालका कार्यालयका झ्यालका सिसा, बत्ती, टेको, सिसी क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी फुटाएर क्षति पुर्‍याएको छ ।

त्यस्तै बाल सुधारगृह भवन, कुर्सी, बेञ्च, झ्याल, ढोका लाइटमा क्षति पुगेको छ भने बालबन्दी बस्ने ब्यारेकको झ्यालको सिसा, वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा, मनिटर र दराज टेबल फुटाएर क्षति पुर्‍याएका छन् । बाल सुधारगृहमा रहेका ४३ जना केटी र २५६ जना केटा गरी २९९ बालबन्दी रहेको सुधारगृहको गेट तोडफोड गरेर २२१ जना फरार भएका थिए । फरारमध्ये २०४ जना पक्राउ परेका छन् भने १७ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

बाल सुधारगृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्केपछि सुधारगृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधारगृहभित्रै बसेका उनले जानकारी दिए । बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कँदै घरेलु हतियार र ढुंगा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको उनले जानकारी दिए । 

यसरी भएको थियो घटनाको सुरु 
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा जबरजस्ती करणी अभियोगमा सजाय भुक्तान गर्न बाल सुधारगृह सानोठिमीमा ल्याइएको रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि बाल सुधारगृह तनावग्रस्त बनेको थियो । शनिबारदेखि नै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राति सिटामोल खाएर सुते पनि बिहान बिहोस पाइएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो ।

बस्नेतको मृत्युपछि सुधारगृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि आइतबार पनि सुधारगृहको स्थिति तनावग्रस्त भएको थियो । मृतकका अफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । 

मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो । सुधारगृहले परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण प्रस्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

यसरी भयो सोमबारको घटना
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा आइतबार मृतक परिवारसँग बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने, जिम्मेवारी तोकेको थियो । मृतकका परिवारको मागबमोजिम नै घटनाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने, त्यसको रिपोर्ट हेर्ने, क्षतिपूर्तिका लागि माथिल्लो निकायमा लेखि पठाउने र सोमबार घटनाका बारेमा प्रहरीमा जाहेरी दिनेसहित भएको थियो । 

मृतक परिवारसँग भएको सहमतिअनुसार सोमबार जाहेरी लिन प्रहरी तयारीमा बसेको थियो । सोमबारको घटनाबारे जानकारी दिँदै प्रजिअ रिजालले मध्याह्नसम्म पनि मृतक परिवार जाहेरी दिन नआएपछि सहायक प्रमुख जिल्ला अधिकारीले मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गरेको बताए ।

प्रहरी र प्रशासनलाई जाहेरी दिन आउँछौं भन्दै गरेका मृतकका आफन्त अचानक आज मध्याह्नपछि बाल सुधारगृह गएर नाराबाजी गर्दै सुधारगृहभित्रै प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको उनले जानकारी दिए । उनका अनुसार त्यसलगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै गृहको भान्सामा रहेको खुकुरी, चक्कु, लाठी, भालालगायतका हतियार लिएर निस्केर बाहिर सुरक्षार्थ खटिएका प्रहरीमाथि जाइलागे । एकैपटक १०० भन्दा बढी बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए । सानोठिमीका प्रत्यक्षदर्शीका अनुसार हातमा घरेलु हतियार लिएर बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए । 

उनीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । स्थिति अनियन्त्रित भएपछि प्रहरीले तीन राउण्ड गोली चलाएको र दुई बन्दी घाइते भएकोमा वीर अस्पतालमा उपचार भइरहेकामा एकको अवस्था गम्भीर रहेको बताइएको छ । बन्दीले समूहमै नाराबाजी गर्दै पैदलै काठमाडौं गएका थिए, कोही त्यतैबाट भागेका थिए । युसेपका अनुसार कोही बन्दी भने फर्किएर सुधारगृहमै आएका छन् ।

सोमबारको घटनामा मृतक बस्नेतका आफन्तको लापरबाही, सहमतिविपरीतको कदम भएकाले उनीहरुमाथि थप छानबिन गरी दोषी हठरिए उनीहरुलाई कारबाही हुने भएको छ । बन्दीलाई भड्काउने, उस्काउनेलाई कारबाही गर्न बन्दीका आफन्तबाटै माग भएको बताइएको छ ।

रासस
 


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP