Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्रीलाई बुझाइयो ६ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र
वैदेशिक रोजगार ऐन संशोधनको माग  श्रममन्त्रीलाई बुझाइयो ६ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३, २०८०

काठमाडौं– मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले नागरिक समाज अभियानको तर्फबाट वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न माग गरेको छ । ऐन संशोधनको माग राख्दै फोरमले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्रसहित छ हजार १५९ जनाको हस्ताक्षर हस्तान्तरण गरेको छ ।

ऐन परिमार्जनका लागि नागरिकस्तरमा संकलन गरिएको हस्ताक्षर र ज्ञापनपत्र मन्त्री भण्डारीलाई बुझाउँदै फोरमले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानुनी व्यवस्था गर्नसमेत माग गरेको छ । फोरमले अभियानकातर्फबाट वैदेशिक रोजगार ऐन, २०६४ लाई परिमार्जन गर्न १८ वटा शीर्षकमा संशोधन गर्नुपर्ने माग राखेर २८ पेजको प्रस्ताव पेस गरेको छ । फोरमले १८ वटा शीर्षक राखे पनि मुख्यतः १० वटा बुँदालाई प्राथमिकता दिएको छ ।

फोरमले वैदेशिक रोजगारमा श्रमिकलाई पठाउँदा शून्य लागत (सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने) नीति लागू गर्नुपर्ने, भेदभाव हटाउँदै खाडी मुलुकमा घरेलु महिला कामदार जान लगाइएको प्रतिबन्ध अन्त्य गर्नुपर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोकी अनुगमन प्रभावकारी बनाइनुपर्ने, भिजिट भिसाको जोखिमबारे जनचेतना जगाउँदै गन्तव्य मुलुकसँग कूटनीतिक वार्ता गर्न र मानव बेचबिखन, बाध्यकारी श्रम तथा मानव तस्करीका घटना नियन्त्रण गर्न कानुनी व्यवस्था गर्नुपर्ने, भारतमा काम गर्ने श्रमिकका समस्या सम्बोधन गर्न नीतिगत र कानुनी व्यवस्था ऐनमा संशोधन गरिनुपर्ने माग गरेको छ ।

Hardik health

त्यस्तै प्रमुख जिल्ला अधिकारीलाई वैदेशिक रोजगारसम्बन्धी स–साना विवाद निरुपण गर्ने अधिकार दिनुपर्ने र पुनरावेदनका लागि वैदेशिक रोजगार न्यायाधीकरणले हेर्ने व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगार कसूरको अनुसन्धान स्थानीयकरण गर्न वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ र ४४ का मुद्दाहरुको अनुसन्धानको अधिकार प्रहरीलाई दिने कानुनी व्यवस्था गरिनुपर्ने, उच्च अदालतमा वैदेशिक रोजगार बेञ्च गठन गरी न्याय निरुपण स्थानीयकरण गरिनुपर्ने, रोजगारीका लागि नयाँ गन्तव्य खुलाउनु अगाडि दुईपक्षीय श्रम सम्झौता गरी न्यायमा पहुँचका लागि आवश्यक कानुनी व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगार बोर्डलाई थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने, बिमा तथा कल्याणकारी कोषलाई एउटै प्याकेजमा समेटी कामदारको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ ।

फोरमले बुझाएको हस्ताक्षर तथा ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री भण्डारीले अधिकांश मागहरु सम्बोधनको चरणमा रहेको प्रतिक्रिया दिएको फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले बताए । केही विषयमा कानुनी जटिलता भएका कारण समाधानका लागि मन्त्रालय सक्रिय रहेको जानकारी पाएको उनले बताए । यस्तै घरेलु महिला श्रमिकमाथिको प्रतिबन्ध हटाउन मन्त्रालय सकारात्मक रहेको उनले बताए । संसदीय समितिको निर्देशकका कारण तत्काल हल हुन कठिनाइ भए पनि मन्त्री भण्डारीले छिट्टै समाधान हुने आश्वासन दिएको उनको भनाइ छ ।
  


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:४३
#ऐन_संशोधन #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP