Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्रीलाई बुझाइयो ६ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र
वैदेशिक रोजगार ऐन संशोधनको माग  श्रममन्त्रीलाई बुझाइयो ६ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३, २०८०

काठमाडौं– मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले नागरिक समाज अभियानको तर्फबाट वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न माग गरेको छ । ऐन संशोधनको माग राख्दै फोरमले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्रसहित छ हजार १५९ जनाको हस्ताक्षर हस्तान्तरण गरेको छ ।

ऐन परिमार्जनका लागि नागरिकस्तरमा संकलन गरिएको हस्ताक्षर र ज्ञापनपत्र मन्त्री भण्डारीलाई बुझाउँदै फोरमले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानुनी व्यवस्था गर्नसमेत माग गरेको छ । फोरमले अभियानकातर्फबाट वैदेशिक रोजगार ऐन, २०६४ लाई परिमार्जन गर्न १८ वटा शीर्षकमा संशोधन गर्नुपर्ने माग राखेर २८ पेजको प्रस्ताव पेस गरेको छ । फोरमले १८ वटा शीर्षक राखे पनि मुख्यतः १० वटा बुँदालाई प्राथमिकता दिएको छ ।

फोरमले वैदेशिक रोजगारमा श्रमिकलाई पठाउँदा शून्य लागत (सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने) नीति लागू गर्नुपर्ने, भेदभाव हटाउँदै खाडी मुलुकमा घरेलु महिला कामदार जान लगाइएको प्रतिबन्ध अन्त्य गर्नुपर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोकी अनुगमन प्रभावकारी बनाइनुपर्ने, भिजिट भिसाको जोखिमबारे जनचेतना जगाउँदै गन्तव्य मुलुकसँग कूटनीतिक वार्ता गर्न र मानव बेचबिखन, बाध्यकारी श्रम तथा मानव तस्करीका घटना नियन्त्रण गर्न कानुनी व्यवस्था गर्नुपर्ने, भारतमा काम गर्ने श्रमिकका समस्या सम्बोधन गर्न नीतिगत र कानुनी व्यवस्था ऐनमा संशोधन गरिनुपर्ने माग गरेको छ ।

Hardik health

त्यस्तै प्रमुख जिल्ला अधिकारीलाई वैदेशिक रोजगारसम्बन्धी स–साना विवाद निरुपण गर्ने अधिकार दिनुपर्ने र पुनरावेदनका लागि वैदेशिक रोजगार न्यायाधीकरणले हेर्ने व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगार कसूरको अनुसन्धान स्थानीयकरण गर्न वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ र ४४ का मुद्दाहरुको अनुसन्धानको अधिकार प्रहरीलाई दिने कानुनी व्यवस्था गरिनुपर्ने, उच्च अदालतमा वैदेशिक रोजगार बेञ्च गठन गरी न्याय निरुपण स्थानीयकरण गरिनुपर्ने, रोजगारीका लागि नयाँ गन्तव्य खुलाउनु अगाडि दुईपक्षीय श्रम सम्झौता गरी न्यायमा पहुँचका लागि आवश्यक कानुनी व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगार बोर्डलाई थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने, बिमा तथा कल्याणकारी कोषलाई एउटै प्याकेजमा समेटी कामदारको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ ।

फोरमले बुझाएको हस्ताक्षर तथा ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री भण्डारीले अधिकांश मागहरु सम्बोधनको चरणमा रहेको प्रतिक्रिया दिएको फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले बताए । केही विषयमा कानुनी जटिलता भएका कारण समाधानका लागि मन्त्रालय सक्रिय रहेको जानकारी पाएको उनले बताए । यस्तै घरेलु महिला श्रमिकमाथिको प्रतिबन्ध हटाउन मन्त्रालय सकारात्मक रहेको उनले बताए । संसदीय समितिको निर्देशकका कारण तत्काल हल हुन कठिनाइ भए पनि मन्त्री भण्डारीले छिट्टै समाधान हुने आश्वासन दिएको उनको भनाइ छ ।
  


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:४३
#ऐन_संशोधन #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा बिहीबार, असोज २, २०८२
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण बुधबार, असोज १, २०८२
कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन
कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन बुधबार, असोज १, २०८२
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण मंगलबार, भदौ ३१, २०८२
जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने
जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने मंगलबार, भदौ ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP