Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटन विकासमा बगरफाँटका युवा
पर्यटन विकासमा बगरफाँटका युवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ २, २०८०

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित ‘बगरफाँट रिभर साइड युवा क्लब’का युवाहरु यहाँको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीको सरसफाइमा आज बिहानैदेखि जेटेका छन् । हातमा गैची, बेल्चा, कोदालो र गल लिएका युवाहरु पर्यटकीय क्षेत्रको सरसफाइ गर्न र परिचय बोर्ड राख्न भेला भएका थिए ।

खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा लागेका हुन् । पहिलो चरणमा कोप्रे झरना, उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने काम आज बिहान सम्पन्न गरिएको क्लबका सचिव सचिन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरु रहेको बगरफाँट गाउँलाई पर्यटनमार्फत संसारभरि चिनाउने अभियानमा क्लबका युवा लागेका छन् ।

यहाँ पानी उड्ने उडाइनो छहरा, आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवाल, गुफा लगायतका पर्यटकीय स्थल रहेका सचिव सचिन कार्कीले जानकारी दिनुभयो । 

प्रचारप्रसार, मर्मतसम्हार र संरक्षणको अभावमा ‘बत्ती मुनिको अँध्यारो’जस्तै बनेका यहाँका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष सुनिल थापाले बताउनुभयो । “पुछारमा नागबेली पर्दै  म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन्”, उहाँले भन्नुभयो, “बीचको समथर भागमा मिलेको बस्तीसहितको बगरफाँटमा देखिने गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरु मक्खै पर्ने गर्दछन् ।”

बगरफाँट गाउँ पर्यापर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको अध्यक्ष थापाको भनाइ थियो । यहाँ गरिएको केरा र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको उहाँले बताउनुभयो । 

बाहिरबाट यहाँ आएका मानिसको मुखबाट ‘आहा बगरफाँट१’ भन्ने शब्द निस्कने गरेको स्थानीय मीनबहादुर कार्कीले बताउनुभयो । बगरफाँट गाउँ घुम्न र यहाँका पर्यटकीय स्थलहरुमा रमाउन टाढाटाढाका मानिसहरु आउन थालेका उहाँले बताउनुभयो ।

स्थानीय समावसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्रमाथि रहेको चट्टानको थुम्कोमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको क्लबका पूर्वअध्यक्ष एवं सल्लाहाकार इन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । यहाँ मन्दिरसम्म पुग्नका लागि बनाइएका आकर्षक सिँढी, पक्की बाटो र मन्दिरको तल्लो भागमा अलगअलग थान बनाई राखिएका विभिन्न देवीदेवताका मूर्तिले गाउँको सौन्दर्यलाई बढाउनाका साथै धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको उहाँको भनाइ थियो । 

सचिव कार्कीका अनुसार यहाँको पर्यटन विकासका लागि युवाले दोस्रो चरणअन्तर्गत आकर्षक बगैँचा र पिकनिक स्पोट ९वनभोज स्थल० निर्माणका लागि तयारी सुरु गरेका छन् । “यसका लागि आवश्यक बजेट नगरपालिकाबाट प्राप्त भएमा निर्माण कार्य निकै सहज हुने थियो”, उहाँले भन्नुभयो, “बजेट पाएनौँ भने पनि काम रोक्दैनौँ, देश विदेशमा रहनुभएका यहाँका युवा साथीहरुसँग सहयोग मागेर भए पनि काम अगाडि बढाउनेछौँ ।”

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेट दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदका साथै पर्यटन प्रव््द्धनका क्षेत्रमा काम गरिरहेकाले उनीहरुको कामलाई पालिकाले सदैव सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । युवाहरुले गाउँलाई चिनाउँदै समाजलाई सङ्गठित बनाउने उद्देश्यले काम गरिरहेकाले यस कार्यबाट पर्यटन विकासमासमेत टेवा पुगेको उहाँको भनाइ थियो ।

वडाध्यक्ष कार्कीका अनुसार युवाहरूको पहलमा यहाँ ५५ मिटर चौडाइ, एक सय मिटर लम्बाइको खेलमैदान निर्माण भएको छ । “करिब रू २५ लाखको लागतमा निर्माण भएको उक्त खेलमैदानमा गत चैत २८ गतेदेखि चार दिनसम्म प्रथम रिभरसाइड सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको थियो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष कार्कीले बगरफाँट खेलाडीहरूको गाउँ भएको बताउँदै यहाँका युवाले जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा सम्मानित हुँदै आएका बताउनुभयो । उहाँका अनुसार गत माघमा पोखरामा भएको फुटसल प्रतियोगितामा क्लबका युवाले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

यहाँका युवा सङ्गठित भई खेलकुद, पर्यटन विकासका साथै अन्य सामाजिक र जनचेतनामूलक काममा लागेका छन् । कोरोनाको समयमा क्लबका युवाले घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायत सामग्री वितरण गर्ने, बिरामीलाई अस्पतालसम्म पु¥याउनेलगायत काम गर्दै आएका स्थानीयले बताएका छन् । रासस
 


प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP