Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • ओझेलमा चितवनको गौरीखोला झरना
ओझेलमा चितवनको गौरीखोला झरना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ २, २०८०

चितवन – चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । 

 झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ । सिँढी निर्माणको आधा काम बाँकी रहेको स्थानीयवासी ज्ञानबहादुर मगरले बताए । 

प्रदेश सरकारको रु १५ लाख बजेटमा तीन सय ५० मिटर रेलिङ निर्माण गरिएको उनले जानकारी दिए । अझै एक किलोमिटर क्षेत्रमा रेलिङ निर्माण गर्नुपर्ने मगरले बताए । ‘निर्माण गरिएको सिँढीमा पनि घाँस पलाएको छ’, उनले भने,‘बजेटको अभावमा काम हुन सकेको छैन ।’ गौरी खोला  झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने धोको रहेको उनले बताए ।

Ncell
Hardik health

‘यहाँ तीन खण्डको झरना छ, जसले यसको आकर्षण थपेको छ, झरनाको छहरामा पुग्न सकिँदैन’, उनले भने । गाउँपालिकाको खोस्रेपानी मूल र भरतपुर महानगरपालिका–२९ को ढोडेनी मूलको पानी झरनामा मिसिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोवाट पाँच किलोमिटरको दूरीमा यो झरना पर्छ । यहाँबाट झन्डै दुई घण्टा पैदल हिँडेर पनि यो झरना पुग्न सकिन्छ ।

‘झरना नजिकै रहेको रिग्दी खोलाले पनि यहाँको वातावरणलाई मनोरम बनाउँछ, यो पौडी खेल्न, नुहाउन र माछा मार्न जाने ठाँउ हो’, मगरले भने । झरनामा हिउँदको समयमा फाटफुट मानिस घुम्न आउने गरेको उनले बताए । यो क्षेत्रमा सूर्यदेवी मन्दिर लगायतका धार्मिक क्षेत्र पनि छन् ।

गौरी खोला झरना विकास समितिका अध्यक्ष कविराज गुरुङले बजेट अभावमा झरनासम्म पुग्ने पूर्वाधार विकासको काम गर्न नसकिएको बताए। उनले सिँढीको समेत काम अधुरो हुँदा निर्माण भएको संरचना पनि भत्किन थालेको बताए । अझै रु १५ लाख बजेको व्यवस्था भए झरनासम्म पुग्ने सिँढी निर्माण गर्न सकिने जनाउँदै उनले असला माछाका लागि प्रख्यात रिग्दी खोलामा जल पर्यटनको समेत सम्भावना रहेको बताए । 

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गौरीखोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम सुरु गरिने जनाउँदै उहाँले चालु आर्थिक वर्षदेखि काम सुरु हुने बताए । ‘नौ किलोदेखि खानी गाउँसम्म सडक स्तरोन्नतिका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन भएको छ’, उनले भने,‘सडकको काम भएपछि पर्यटकलाई झरनासम्म जान सहज हुनेछ ।’ पालिकाले यस वर्ष पर्यटन प्रवद्र्धनलाई जोड दिएको जनाउँदै उनले यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने बताए । 


प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP