Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण
स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ २, २०८०
Ncell
Hardik health

नारायणगढ – उद्योग सङ्घ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । सङ्घले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो ।
 
स्थानीय उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवद्र्धन गर्न मेला गरिएको हो । मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ । पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेको र रु ३० लाख बढीको कारोबार भएको  सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।
 
सुरुमा ३९ व्यापारिक कक्षबाट सुरु गरिएको मेलामा आजसम्म आइपुग्दा ६६ कक्ष पुगेको उनले जानकारी दिए । उद्यमीको उत्पादनअनुसार कक्ष सङ्ख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा सङ्ख्या पनि बढ्दै गएको उनी बताउछन् ।
 
सङ्घले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ । उनले भने , “फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वस्थ्यको ग्यारेन्टी गरेका छौँ, जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ आएको छ ।” पहाडी क्षेत्रमा उत्पादन हुुने निगालाका टुसादेखि बेँसीको जङ्गलमा फल्ने चिउरी र निउरोसम्म यहाँ बिक्री भएको जनाउँदै उनले आर्थिक विपन्न किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको बताए।
 
सङ्घका उपाध्यक्ष मदन पोखरेलले सङ्घले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए । उनले भने, “उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ ।” मेला प्रभावकारी बन्दै गएको जनाउँदै उनले थप विस्तार गर्दै लैजाने बताए ।
 
मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आउनुभएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए । उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ ।
 
भरतपुर महानगरपालिका–१२ बाट मेला अवलोकन गर्न आउनुभएका प्रमेश भण्डारी यहाँ मेला लाग्दा खुसी छन् । बिदाको दिनमा ‘मर्निङवाक’ गर्दै जैविक उत्पादन मेलामा किन्न पाउँदा स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने उनको भनाइ छ ।

भरतपुर–१० का रामकृष्ण ढकालले यस्ता खालका मेला लाग्नु राम्रो कुरा भएको बताए । उनले यहाँ आएर परिवारसहित तरकारी लगायतका सामान किनेको र अझ दैनिक उपभोग्य वस्तु पनि मेलामा भए थप प्रभावकारी हुने उनको सुझाव छ ।
 
भरतपुुर–११ का प्रकाश सुवेदीेले यस्ता खालका मेला आफूले विदेशतिर देखेको र यहाँ मेला लाग्दा विदेशको झल्को आएको बताए । उनले यस्ता खालका मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आफूले मेला सुरु भएदेखि सधैँ यहाँबाट सामान किनेको जानकारी दिए ।
 
स्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवद्र्धक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागनफ्रुट लगायतका स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकार, स्थानीय उद्योगबाट उत्पादित वस्तु मेलामा राख्ने गरिएको छ । धेरैजसो प्राङ्गारिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको हो ।


प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP