काठमाडौंं - पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. शुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा कार्यलय स्थाना गरी शुरु गरिएको हो ।
नारायणी पूर्वको बसको व्यवस्थापनको लागि भन्दै पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेको प्रा.लि.का अध्यक्ष रजन रोक्काले बताए । उनले अब छरिएर रहेका पूर्वका यातायातको व्यवस्थापनमा विशेष जोड दिने बताए । उनले काठमाडौं महानगरको योजना र सरकारको नियमको पालना गर्न पनि प्रा.लि. आधिकारि रुपमा दर्ता गराइ यातायात व्यवस्थापन गर्न लागेको बताए ।
उनले भन्नुभयो, ‘नारायणी पूर्वको बसको व्यवस्थापनको लागि हामीले पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेका हौँ । अब छरिएर रहेका र महानगर, नेपाल सरकारले तय गरेका कार्यक्रमलाई क्रमिक रुपमा क्रमिक रुपमा अघि बढाएर कार्यक्रम सम्पन्न गर्ने यसको मुख्य उद्देश्य हो । नारायणी पूर्वका व्यवसायीहरुलाई एक बनाएर सबै बाँच्ने किसिमको नीति अवलम्वन गरेका छौँ । पहिलो चरणमा काँकडभित्ता, धरान लगायतको रुट मिलाएर अघि बढेका छौँ र दोस्रो चरणमा कोशी वारीका मधेस प्रदेशका यातायातलाई व्यवस्थापन गरेर अघि बढ्नेछौँ ।’
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रा.लि.ले पूर्वाञ्चल क्षेत्रमा अव्यवस्थित यातायातलाई व्यवस्थित बनाउने बताए । उनले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर यातायात व्यवस्थापन गर्ने नीति लिएको बताए ।
उनले भने, ‘यसले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर हामीले दुई क्षेत्रमा विभाजन गरी यातायात व्यवस्थापन गर्ने नीति लिएका हौँ । पूर्वाञ्चलमा अव्यवस्थित थियो यातायातहरु त्यसलाई व्यवस्थित बनाउन हामीले यो प्रा.लि गठन गरेका हौँ । चाडवाडलाई लक्षित गरेर पनि यातायात व्यवस्थित बनाउने प्रयास हो ।’ उनले पूर्व यातायात व्यवस्थापन प्रा.लि.ले अब चाडवाडलाई लक्षित राखेर पनि यातायात व्यवस्थापन गर्ने काममा लाग्ने बताए ।