काठमाडौं - यही साउन ३० गते भारतले स्वतन्त्रता दिवस मनाइरहँदा आयोजित एक कार्यक्रममा सुलभ शौचालयका अभियान्ता डा. विन्देश्वर पाठक हृदयघात भइ निधन भएको थियो । स्वतन्त्रता दिवसको दिन राष्ट्रिय झण्डा फहराएसँगै अचानक हृदयघात भइ लडेका उनलाई उपचारका क्रममा अस्पतालले दिउँसो १ बजेर ४२ मिनेट जाँदा मृत घोषित गरेको थियो । स्व.पाठकको ८० वर्षको उमेरमा निधन भएको हो । उनलाई भारत सरकारले पद्यभूषणबाट समेत सम्मान गरेको थियो ।
उनै सामाजिक अभियान्ता स्व. पाठकसँग केही समय पहिला नेपाल आएको बेलामा गरेको कुराकानीका आधारमा याे समाचार लेखिएकाे छ । भारतीय अभिनेता अक्षयकुमारले अभिनय गरेको शौचालय सम्बन्धी हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ बारे हामी धेरै जानकार छौँ । यसको कथावस्तु र दिन खोजेको सन्देश विश्वव्यापी रुपमा रुचाइएको छ । यो चलचित्र केही एक व्यक्तिको वास्तविक जीवनको नाट्य रुपान्तरण हो भन्ने धेरै कम व्यक्तिलाई मात्रै थाहा छ ।
फिल्ममा देखाइएको पत्रको प्रेरणा अर्थात असली पात्र स्व. डा.विन्देश्वर पाठक हुन् । जसलाई सुलभ शौचालयको अभियन्ताको रुपमा विश्वभर चिनिन्छ । यिनै अभियान्तासँग न्युज एजेन्सी नेपालले काठमाडौं आएको मौका छोपी अन्तरसंवाद गरेको थियो । सुलभ शौचालयको अहिले विश्वभर एक अभियान, एक आन्दोलनको रुपमा चलिरहेको छ ।
मानव मलमुत्रको वैज्ञानिक एवं सुलव विसर्जनको उपाय विश्वभर फैलिएको छ । बढ्दो शहरीकरणसँगै यसको उचित विसर्जन हुन नसकेको साथै गर्न पनि धेरै धनराशी खर्च गर्नु परिरहेको छ ।अहिले कम आय स्तर भएका घर परिवारले व्यवस्थित शौचालय बनाउन सकिरहेका छैनन्, जसले व्यवस्थापनमा चुनौति थपिरहेको छ ।
सन् १९७० को दशकको प्रारम्भमा भारतीय समाजसेवी डा. विन्देश्वर पाठकले शुरु गर्नुभएको सुलभ शौचालयको अभियान सरसफाईमा एक आन्दोलन नै छेडेका थिए । कथित तल्लो जातको महिलाहरुले गाउँका उपल्लो जातका परिवारको मलमुत्र बोक्ने र विसर्जन गर्ने कामको बिरोधबाट शुरु भएको सामाजिक विद्रोह अहिले सुलभ शौचालयको विश्वव्यापी अभियानमा परिणत भएको छ ।
स्वच्छता र सरसफाईको शिक्षाको लागि वकालत गर्दै हिँडेका स्व. डा.विन्द्येश्वर पाठकसँग न्युज एजेन्सी नेपालले काठमाडौंमा केही समय अघि विशेष संवाद गरेको थियो । डा. पाठकले सुलभ शौचालयको अभियानालई नेपालका स्थानीय सरकारहरुले अवलम्वन गरे सरसफाईको कमीको कारणले रोगी बिरामी हुने दरमा कमी आउने बताउनुभएको थियो ।
शौचालयको निर्माण वातावरणमैत्री र किफायती भएकाले अहिलेको शौचालयले उत्पादन गरिरहेको मिथेन ग्याँसको उत्सर्जनमा समेत कमी आउने बताएका थिए। मानव फोहोर व्यवथापनमा सुरक्षित तथ वैज्ञानिक विधि सुलभ शौचालयले विकास गरेकाले सरकारले अभियान नै चलाएर लागू गर्न सकिनेउनको भनाइ थियो ।
स्राेत : न्युज एजेन्सी नेपाल