Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै
बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

बाजुरा– वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । 

उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । 

पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए । उनकाअनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् ।

“स्क्रब टाइफस एक सरुवा रोग हो । यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ । यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ”, अस्पतालका निमित्त कार्यालय प्रमुख डा मिलन जोशीले भने । उनले मलेरिया र डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताए । 

त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा जोशीको भनाइ थियो । सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले जिल्लामा अहिले आत्तिनुपर्ने अवस्था भने नआएको बताए । 

जिल्लामा मार्तडी र कोल्टीमा डेङ्गुको सङ्क्रमण फैलिनसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेमा डा जोशीले जोड दिए। सदरमुकाम क्षेत्र भएकाले यहाँ धेरै भीडभाड हुनुका साथै बजारबाट आउने ढलको उचित व्यवस्थापन नहुँदा लामखुट्टेको खतरा बढी रहेको उनको भनाइ थियो । 

डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेलगायत लक्षण देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेङ्गु, मलेरिया, स्क्रब टाइफसको अहिलेसम्म कुनै रिपोर्ट नआएको जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP