Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • बाढीको उच्च जोखिममा चुरे फेदीको बेलडाँडी गाउँ
बाढीको उच्च जोखिममा चुरे फेदीको बेलडाँडी गाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ का कलकबहादुर डगौरा चुरे नजिकको बेलडाँडी गाउँमा बस्दै आएको छ दशक बित्नै लागेको छ ।  विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउथ्यो र घरसम्म पुग्दैनथ्यो । खोलामै बगेर जान्थ्यो । बस्तीमा कुनै हानि नोक्सानी हुँदैन्थ्यो । 
 
तीन दिनअघि अनौखी खोलाको बाढी उनको घरसम्मै पुग्यो । पहिलो पटक बालुवा, ढुङ्गा, गिट्टी ल्याएर उनले रोपेको धान पूरै पुरिदिए । “बाढीको समस्या पहिलो पटक नै देखियो”, उनले भने, “खोलाको बाढीको पानीले पूरै खेतमा रोपेको धान सोत्तर बनाइदिएको छ, धान किनेर भात खानुपर्ने अवस्था ल्यायो ।”
 
खोलाले उनको मात्रै धानबालीमा क्षति गरेको छैन । गाउँका अन्य सात परिवारले लगाएको धानबालीमा व्यापक क्षति पु¥याएको छ । खोला र किसानले खेती गर्ने जग्गाको सतह बराबरीमा पुगेको छ । चुरे क्षेत्रका पहाड र नजिकैका वनमा निरन्तररुपमा पहिरो जान थालेपछि यो समस्या आएको स्थानीय रामसिंह चौधरीले बताए।
 
खोलाको बहाव क्षेत्रको गहिराइमा निकै कमी आएपछि बाढीजन्य प्रकोपको समस्याले सताउन थालेको उनको भनाइ छ । चुरे क्षेत्रमा सडक खन्ने, बस्ती बस्ने, अनियन्त्रितरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने र वन विनाश हुनेक्रम बढ्दोरुपमा हुन थालेपछि बाढीको समस्या फेदीका गाउँमा देखिन थालेको चौधरीले बताए ।
 
“वर्षात्का बेला चुरे क्षेत्रमा थोरै वर्षा हँुदा बाढीको समस्या झेल्दै आएका छौँ”, स्थानीय पतिराम चौधरीले भने, “अरुबेला हात्ती, बँदेललगायतका जनावरले लगाएको बाली खाएर नोक्सानी गर्दै आएका छन् ।” गाउँ नै छाडेर अन्यत्र जानुपर्ने अवस्था सिजना भएको उहाँले दुखेसो पोख्नुभयो । बाढीको समस्या झेल्दै आएकी बेलडाँडीकी विमला चौधरीको परिवारले चुरे क्षेत्रमा वर्षा हुँदा घर नै छाड्नुपर्ने अवस्था रहेको छ ।
 
“बाढी घरसम्म नै आइपुग्छ, लगाएको धानबाली पूरै खोलाको बाढीले पटान गरी पुरिदिएको छ”, विमलाले भने, “अरु वर्ष खेतसम्म बाढी पुग्थ्यो, हाल घर नै डुबान पर्ने गरी बाढीको पानी आउन थालेको छ, बालबालिका र घरका बुढापाकालाई सुरक्षित गर्नका लागि नजिकैको अमरपुर गाउँमा बस्दै आएका छौँ ।”

घरमा एक जना कुरुवा राखेर अरु परिवारका सदस्य अमरपुरमा डेरा लिएर बस्दै आएको उनले बताए । खोला नियन्त्रणका लागि नगरपालिका कार्यालय पुगे पनि अश्वासनबाहेक केही हुन नसकेको बेलडाँडी गाउँका बासिन्दाको भनाइ छ । “बजेटको समस्या देखाएर टार्ने गरिएको छ”, स्थानीय कालुराम चौधरीले भन्नुभयो, “खोलाको धार परिवर्तन गर्न पाए पनि बाढी घरसम्म पुग्दैनथ्यो, त्यो पनि हुन सकेको छैन ।” 

खोलाजन्य पदार्थ वैज्ञानिक तरिकाले हटाए पनि बाढीको समस्या समाधान हुने स्थानीयको भनाइ छ । बेलडाँडी गाउँ चारैतिर खोला र नदीले घेरिएको छ । बर्सेनि यस गाउँमा वनहरा नदी, अनौखी खोला र अन्य खहरे खोलाले कटान तथा पटानको समस्या ल्याउने गरेका छन् । खोला र नदीकै कारण गाउँ नै खतरामा परेको गाउँका बासिन्दाको बुझाइ छ । 

Ncell
Hardik health

तीन दिनअघि आएको बाढीले स्थानीयको खेतमा मात्रै नोक्सानी नगरेर नजिकको धार्मिक क्षेत्र भम्केपानीमा जग्गा कटानीको काम तीव्र बनाएको छ । गाउँमा पानी ल्याउन बनाइएको बाँधमा पनि क्षति गरेको छ । गाउँमा तीन सय बढी परिवारको बसोबास रहेको छ । 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP