काठमाडौं- संविधानसभाका उप-सभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै देखिने गरी समाजलाई देखाएर ऐनाको भुमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।
बुधबार जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रममा प्रमुख अतिथि रानामगरले यस्तो बताएकी हुन् ।
लोक गीतको लोकार्पण गर्दै उप-सभामुख रानामगरले भनिन्- ‘म पनि रामेछापका विभिन्न भू-भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’
जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै प्रशंसा गरिन् । उनले भनिन्, "मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ, तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । अर्को प्रसंगमा उप-सभामुख रानामगरले भनिन् 'यति ठूलो कार्यक्रम गरी मोहनजीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दै हुनुहुँदो रहेछ । मैले पनि अनाथ स-सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थप्दै भनिन् "मलाई राजनीतिमा आउन त्यति मन थिएन व्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले जनआकाश साप्ताहिकलाई शुभकामना दिँदै जनआकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण नगरकाे बताए ।
सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडियामा जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था आएका उनले बताए । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मुख्य भूमिका हुनुपर्नेमा जोड दिए ।
शुभकामना दिने क्रममा टानका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य खुम बहादुर सुवेदीले व्यावसायिक समस्या निक्कै विकाराल रहकाे बताएका छन् । यसको समस्याको सावधान सरकारी पक्षबाट हुनुपर्ने र पर्याटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने उनले बताए ।
कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर-पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।
कार्यक्रमको सभापति जनआकाश मिडियाका अध्यक्षले गरेका थिए। उनले कार्यक्रमलाई सम्बोधन भने, "जनआकाश पत्रिका जनताको मुख पत्रको रुपमा जनताकै बोलि बोल्नको लागि स्थापना भएको हो। स्थापना कालदेखि नै जनताको बोलि बोलेको हुनाले आज यति धेरै तपाइहरुको माया पाएको छु।" उनले आउँदा दिनमा अझै धेरै जनताको पक्षमा काम गर्ने बताएका छन् ।