काठमाडौं– अविरल वर्षाका कारण जोखिममा रहेका तनहुँ जिल्लाका बासिन्दाहरुलाई नेपाली सेनाले उदार गरेकोक छ ।
तनहुँ जिल्ला, शुक्लागण्डकी न पा ४, पुल्चोकस्थित सेती नदि किनारामा रहेका ३ वटा घरहरू जमिन भासिएर सेती नदिमा खस्ने जोखिममा रहेको उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाले अन्य निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाडावर्तन लगायतका सामाग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ ।