Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #हिप–हप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छः मुख्यसचिव अर्याल
पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छः मुख्यसचिव अर्याल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३०, २०८०

काठमाडाैं - नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।

उनलेनिफ्रामाथि प्रश्न उठाउँदै निफ्राको प्रगतिका विषयमा असन्तुष्टि व्यक्त गरे । उनलेनियमित रहेका वाणिज्य बैंकहरुले मात्रै पूर्वाधार क्षेत्रमा लगानी नपुग्ने भएकाले निफ्रा जस्ता बैंकहरु स्थापना गरिएको बताए उनलेनिफ्राको उद्योग क्षेत्रमा लगानी कति गर्‍यो र लगानीको प्रभावले उद्योग क्षेत्रमा पारेको असरको विषयमा अध्ययन गर्न आवश्यक देखिएको बताए। मुख्यसचिव अर्यालले सरकार र निजी क्षेत्र दुई वटाकै लगानी आवश्यक रहेको बताए।

उनले पछिल्लो समय बैंकको ब्याजदरको विषयमा धेरैको ध्यान गएको भन्दै राष्ट्र बैंकले स्प्रेड र पोलिसि रेट घटाएकाले बिस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने अवस्था देखिएको बताए। उनले सरकार र निजी क्षेत्रबीच नियमित छलफल गरी निजी क्षेत्रको वास्तविक समस्या यकिन गरी सरकारलाई प्रष्टसँग राख्न सक्नुपर्ने बताए।

Hardik health

उनले सार्वजनिक क्षेत्रले मात्रै गरेर मुलुकमा औद्योगिक विकास हुन नसक्ने बताए। उनले ३० वर्ष पहिले सरकारले स्वीकार गरेको विषय अहिले पनि केही फरक नआएको भन्दै औद्योगिक विकास गर्न निजी क्षेत्र पनि आवश्यक रहेको बताए। उनले सरकारको भुमिका सहयोगी वातावरण निर्माण गरी आवश्यक सेवा सुविधा र पूर्वाधार तयार पार्ने काम भएको बताए उनले २०४९ सालमा गरिएका औद्योगिक सुधारका ऐनहरु, औद्योगिक नीति र वाणिज्य नीतिमा सुधार गरेको बताए।

तर पनि पछिल्लो ३० वर्षमा सरकारले पनि औद्योगिक क्षेत्रको विकासमा गेमचेन्जिङ हिसावले काम गर्न नसकेको बताए। उनले सरकारले सिमेन्ट उद्योगलाई विद्युत र बाटो पुर्‍याइदिने भनेपछि निर्यात गर्ने अवस्थामा पुगेको भन्दै सरकारको सहयोग अपरिहार्य रहेको बताए उनलेनिजी क्षेत्रले सधैँ करको कारण औद्योगिक विकास गर्न नसकिएको भनेपनि करको कारण मात्रै नभएको बताए।

उनले भने,‘हामीले धेरै अगाडि स्वीकार गरेको विषय हो । सार्वजनिक क्षेत्रले गरेर मात्रै औद्योगिक विकास हुँदैन । २०४९ सालमा गरिएका सुधार,औद्योगिक सुधारका ऐनहरु,औद्योगिक नीति र वाणिज्य नीतिका कुराहरु थिए । पछिल्लो ३० वर्षदेखि सरकारले औद्योगिक क्षेत्रको विकासमा गेम चेन्जिङ हिसावले आएका छैन । विगत ३० वर्ष पहिले सार्वजनिक क्षेत्रले मात्रै औद्योगिक विकास हुँदैन त्यसको लागि नीजी क्षेत्र चाहिन्छ ।

सरकारले सहयोगी वातावरण मात्रै निर्माण गरिदिने हो । जसमा पूर्वाधारका विषयहरु सरकारले गरेको छ केही सहयोग भएको छ । सरकारले सिमेन्ट उद्योगलाई विद्युत र बाटो पुर्‍याइदिने भनेपछि निर्यात गर्ने अवस्थामा पुगेका छौं । अर्को सरकारले औद्योगिक क्षेत्रको विकासका लागि वित्तीय कुराहरु हुन् । निजी क्षेत्रले सधैँ भन्ने गरेको करको कारण विकास गर्न सकिन भन्ने छ । करको कारण मात्रै होइन । यसमा वित्तीय र गैरवित्तीय धेरै कुराहरु छन् ।

नेपाल पूर्वाधार विकास बैंक स्थापना गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले नै प्रश्तुति दिए । निफ्राको लगानी उद्योग क्षेत्रमा कता पुग्यो होला भन्ने मलाई लागेको छ । दुईवटै कुरा चाहिन्छ । सरकारको लगानी एउटा पाटो भयो । सरकारले स्थापना गरेका यस्ता भेहिकलहरु हुन्छन् । तिनीहरुले गरेको लगानीको प्रभावको विषयमा अध्ययन गरिएको छैन । वाणिज्य बैंकहरुले मात्रै हुँदैन भनेर निफ्रा जस्ता बैंकहरु स्थापना गरिएको हो ।’

त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले औद्योगिक क्षेत्रको पूर्वाधार विकासको लागि नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) स्थापना गरेको तर निजी क्षेत्रले यी संस्थाहरुसँग समन्वय गरेर काम गर्न नसकेको बताए। उनलेनिफ्राले पनि औद्योगिक क्षेत्रको विकासका लागि कति लगानी गर्‍यो भन्ने विषय पनि हेर्न आवश्यक रहेको बताए।

उनलेनिजी क्षेत्रले पनि उच्च तहको नेतृत्वसँग छलफल भन्दा पनि उद्योग क्षेत्रको विकासका काम गर्ने संस्थाहरुसँग समन्वय गर्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए। उनले राजश्व परिचालनमा सरकार कमजोर बनेको पनि बताए। 

उनले राजश्व परिचालमा कमजोर रहेकाले सरकारबाट धेरै अपेक्षा गर्ने अवस्था नरहेको बताए। उनले निर्माण व्यवसायीको रकम भुक्तानीदेखि पहाडी क्षेत्रमा पुँजी परिचालन समेत गर्न नसकेको बताए। उनलेबजेट कार्यान्वयनमा निजी क्षेत्रले दवाब दिनुपर्ने बताए।
 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर बुधबार, मंसिर ३, २०८२
एमसिसी ५० मिलियन अमेरिकी डलर थप सहयोग गर्ने
एमसिसी ५० मिलियन अमेरिकी डलर थप सहयोग गर्ने बुधबार, मंसिर ३, २०८२
राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन
राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन बुधबार, मंसिर ३, २०८२
अरनिको राजमार्ग : धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता
अरनिको राजमार्ग : धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता बुधबार, मंसिर ३, २०८२
बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै बुधबार, मंसिर ३, २०८२
पाँचवटा तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने
पाँचवटा तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने मंगलबार, मंसिर २, २०८२
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP