Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

काभ्रेपलाञ्‍चाेक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्‍चाेकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हाे । 

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङसँगै पुनः विस्तारको काम सुरु भएको हो । 

निर्माणमा आएको ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ । भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै सडक पुनः विस्तार गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशको भनाइ छ । उनका अनुसार उक्त सडक तोकिएको समयमा सम्पन्न नभएपछि कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका छन् ।

Hardik health

उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको सनियर डिभिजनल इञ्जिनियर योगेशले बताए । “त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो र विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगेका थियौँ । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो”, उनले भने । 

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा यो मार्ग प्रयोग हुन्छ । उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् । 

जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको सडक विस्तारका लागि विसं २०८० चैत १९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७९ जेठ २० गते  २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।  हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेनवाल लगाउने काम भएको छ । जिपलाइन स्थानबाट तल खावासम्मको सडकमात्रै भत्काइएको जनाउँदै योगेशले एक किमी भागमा कटिङ बाँकी रहेको बताए । 

विसं २०८१ जेठमा धुलिखेलतर्फबाट वेस, सव–वेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएकाले समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशत मात्र काम सकेको थियो । समयमा काम नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको वेस हाल्ने तथा दुई चरणमा डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड बिहीबार, पुस २४, २०८२
कञ्‍जनजंघा आधार शिविर सुनसान
कञ्‍जनजंघा आधार शिविर सुनसान बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP