अछाम - अरिंगलकाे टाेकाईबाट एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको अरिंगलकाे टाेकाईबाट मृत्यु भएको हो ।
कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिंगालले चिलेपछि सख्त घाइते भएका थिए ।
उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका हुन् ।