Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘अपरेसन क्वाक’बाट उम्किए, ‘फक्सट्रट चार्ली’ मा भने फन्दामा
कांग्रेस सांसद शर्मा ‘अपरेसन क्वाक’बाट उम्किए, ‘फक्सट्रट चार्ली’ मा भने फन्दामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

 

  •  ‘फक्सट्रट चार्ली’ अपरेसनमा सांसद सुनिल शर्मासहित पाँच जना पक्राउ
  •  के कारणले किन पक्राउ गरेको रहेछ भन्ने थाहा पाइसकेपछि धारणा बनाउने कांग्रेसको प्रतिक्रिया
  •  अपरेसन क्वाकबाट बच्न जापान भागेका शर्मा यसपटक भने सकेनन् उम्कन

काठमाडौं– सात वर्षअघि ‘अपरेसन क्वाक’ चलेको सुइको पाउनसाथ जापान भागेका कांग्रेस सांसद डा. सुनिल शर्मा यसपटक भने प्रहरीको फन्दामा परेका छन् । प्रमाणपत्र कीर्ते प्रकरणमा सात वर्षअघिबाटै शर्मा फरार सूचीमा थिए ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक पेसा अँगालेको भन्दै २०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘अपरेसन क्वाक’ चलाएको थियो । डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरिरहेको प्रमाण सिआइबीले नेपाल मेडिकल काउन्सिलमार्फत बटुलेको थियो ।

सात वर्षअघि नवराज सिलवाल त्यतिबेला डिआइजी थिए । उनकै प्रयासमा चलेको अपरेसनमा शर्मा पक्राउ पर्न असफल भए । जसमा ४० जनाभन्दा बढी चिकित्सक पक्राउ पर्दा ३६ जना चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । तर, सबैले सफाइ पाएका थिए । त्यतिबेला जापान भागेका शर्माको यसपटक दुबई भाग्ने प्रयास सफल हुन सकेन ।

Ncell
Hardik health

सिआइबीको टोलीले शर्मालाई उनकै निवास गोल्फुटारबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई पक्राउबारे सदनलाई जानकारी दिएको प्रहरीले जनाएको छ ।

‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ,’ सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न रहेको आरोप लगाइएको छ । सिआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुनबमोजिम गरीपाऊँ भन्नेसमेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ । 

ब्युरोले अहिले नक्कली प्रमाणपत्र भएका चिकित्सकमाथि अपरेसन चलाइरहेको बताएको छ । जुन अपरेसनको नाम ‘फक्सट्रट चार्ली’ राखिएको छ । शर्मा सोही अपरेसनको पहिलो आरोपी बनेका छन् । उनीझैं पिपरा–८ महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह पनि यो अपरेसनका सिकार बनेका छन् । शाहलाई सिआइबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट ।

सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेसन चलाएको थियो । त्यही क्रममा पाँच जना पक्राउ परेको प्रहरीले जनायो । पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।  

कांग्रेस मौन
पछिल्लो समय शर्मा सुन प्रकरणमा अर्थ र गृहमन्त्रीको राजीनामा मागेर चर्चामा थिए । सत्तापक्षका सांसद शर्माले उक्त प्रकरणमा दुई मन्त्रीलाई प्रधानमन्त्रीले नहटाए प्रतिनिधिसभामै अनसन बस्ने चेतावनीसमेत दिएका थिए । ‘गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्छु । सुन प्रकरणको विषयमा यो देशको अर्थमन्त्रीले गृहमन्त्रीले ती चिजहरु थाहा छैन कसरी भए भनेर भन्ने नैतिक अधिकार उहाँहरुले गुमाइसक्नुभएको छ,’ शर्माले साउन १० गते संसद्मा भनेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल इटलीको रोम भ्रमणमा पुगेका थिए । प्रधानमन्त्री दाहाल फर्किसक्दा शर्मा अनसन भने बसेनन् ।

आफ्नो पार्टीका सांसद पक्राउ पर्दासमेत कांग्रेस सांसदहरु मौन छन् । यसबारे कांग्रेसका नेताहरुले पनि प्रतिक्रिया दिन मानिरहेका छैनन् । यसबारे कारण थाहा पाएपछि मात्र पार्टीको धारणा बनाउने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । ‘के कारणले किन पक्राउ गरेको रहेछ भन्ने थाहा पाइसकेपछि आफ्नो धारणा बनाउँछौं,’ पार्टीको संसदीय दलका कार्यसमिति बैठकपछि लेखकले बिहीबार भने । कांग्रेसले आफ्नो धारणा बनाउन आज संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजेका लागि बैठक तय गरेको छ । 

कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला निकट नेता शर्मा पक्राउ परेसँगै संस्थापनइतरमा तरंग फैलिएको छ । यद्यपि बालकृष्ण खाण पक्राउ पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेको र केन्द्रीय समितिमै खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग राखेका कारण शेखर पक्ष अहिले मौन छ । 

शर्माको विवादित विगत
सिआइबीले पक्राउ गरेको सांसद डा. सुनिल शर्मा विराटनगरको नोबेल कलेज र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । उनी भाइरल व्यवसायी दुर्गा प्रसाईंका व्यावसायिक साझेदारसमेत भएको बताइन्छ । त्यसो त कतिपयले उनलाई माओवादी नेता वर्षमान पुन निकटसमेत बताउँछन् । पछिल्लो सुन प्रकरणमा पुनको नामसमेत मुछिएको छ । शर्मा चिकित्सा क्षेत्रका विवादित व्यवसायी हुन् । 

सांसद शर्मा नोबेल मेडिकल कलेजको सिट निर्धारणमा पटक–पटक मुछिने गरेका छन् । मेडिकल काउन्सिलको निर्णय नमान्ने, अदालतको निर्णयमा अटेरी गर्ने शर्माको विगत कर छलीसँग पनि जोडिएको छ । उनको नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको, भौतिक संरचना निर्माण गर्न लिएको बैंक ऋण अन्यत्रै लगानी गरेको, कलेजको नाममा किनेको जग्गाको मूल्य कम देखाएको, कलेजमा लगानी गरेको रकम यथार्थपरक नभएको, राजस्व चुहावट गर्ने उद्देश्यले समयसीमा नघाएर कर बुझाउने गरेको राजस्व अनुसन्धान विभागले २०७२ मा गरेको अनुसन्धानमा देखिएको थियो ।

विराटनगरमा मेडिकल कलेज चलाउने तयारी गरेका डा. ज्ञानेन्द्र गिरीको समूहले इजाजतपत्र (लाइसेन्स) पाइरहेको थिएन । नेपाली कांग्रेसको राजनीति गर्ने र त्यसमा पनि कोइराला परिवारसँग निकट रहेकाले नोबेल मेडिकल कलेजलाई इजाजतपत्र दिलाउने सर्तमा डा. गिरीको समूहले शर्मालाई भित्र्यायो । उनी पाँच प्रतिशत सेयर स्वामित्व लिएर नोबेल मेडिकल कलेज छिरे । त्यसपछि नोबेललाई सञ्चालन अनुमति (लाइसेन्स) पनि दिलाए ।

त्यहीबेला माओवादी नेता पुनसँग मिलेर कलेजका मुख्य सञ्चालक डा. गिरीलगायत अन्य सेयर सदस्यलाई वाइसिएलसँग मिलेर अपहरण गरी मेडिकल कलेज एकलौटी बनाएको आरोप छ । डा. गिरीबाट नोबेलको स्वामित्वमा लिँदा डा. शर्माले गैरकानुनी बाटो अपनाएको र अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ मंसिर १ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेलमा छापा मारेको थियो ।

अहिलेसम्म पनि विभागको अनुसन्धान सकिएको छैन ।एकपछि अर्को विवादमा मुछिए पनि राजनीतिक पहुँचको आडमा उनले २०७८ भदौमा काठमाडौं मेडिकल कलेज (केएमसी) एक अर्ब ७० करोड रुपैयाँमा ४७ प्रतिशत सेयर किनेर अध्यक्ष बने । 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:१९
#कांग्रेस_सांसद #डा. सुनिल_शर्मा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP