काठमाडौं– कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । शर्मालाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनलाई नक्कली सर्टिफिकेट कसुरमा आफनै निवासबाट पक्राउ गरेको जनाइएको छ ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।