Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • फोनिज राष्ट्रिय पत्रकारिता सम्मान पाँच पत्रकारलाई
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान पाँच पत्रकारलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २५, २०८०

काठमाडौं - फोनिज राष्ट्रिय पत्रकारिता सम्मान पाँच पत्रकारलाई सम्मान गर्ने भएकाे छ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको हाे  ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मानित हुने भएका छन् ।

त्यसै गरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्ने निर्णय  भएको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले विवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोगत्वमा सल्लाहकार द्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको छ ।

Ncell
Hardik health

फोनिजका अनुसार २७ साउन २०८० मा प्रदेश १ को विराटनगरमा आयोजित २४औँ स्थापना दिवस मूल समारोहमार्फत सम्मान तथा पुरस्कार वितरण गरिनेछ । फोनिजले स्थापना दिवसको अवसर पारेर २८ साउनमा विराटनगरमै कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन र त्यसको निकासबारे ‘पहिचान आन्दोलनः अबको बाटो’ विषय अन्तरक्रिया आयोजना गर्न लागेको छ । 

अन्तरक्रियामा राजनीतिक विश्लेषक प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक÷विश्लेषक खगेन्द्र संग्रौला र लेखक÷विश्लेषक भवानी बराल वक्ताको  रुपमा सहभागी हुँदै छन् । ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्राप्त गर्नुहुने व्यक्ति र संस्थाहरुको संक्षिप्त जीवनी तथा विवरण निम्नानुसार रहेको छ ।


१. दिलीप थापा मगर,  काठमाडौं  (फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०)

२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गर्नु भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आएका छन्  । 

न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहेका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजन लगायतमा काम गरिसकेका छन्  । जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाइसकेका पत्रकार थापालाई यस वर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

२. नेपालभाषा टाइम्स दैनिक, काठमाडौं  (फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०)

‘नेपालभाषा टाइम्स’ हाल नेपालभाषामा प्रकाशन हुने एक मात्र दैनिक पत्रिका हो । निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकाको इतिहास वि.सं. २०४६ सालबाट सुरु हुन्छ । 

नेपालभाषामा पहिलो दैनिक पत्रिकाका रूपमा वि.सं. २०१२ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । त्यसको केही समयपछि कृष्णचन्द्रसिंह प्रधानको सम्पादनमा ‘पासा’ दैनिक प्रकाशन भएको थियो ।

यी दुवै पत्रिका बन्द भएको धेरै समयपछि वि.सं. २०४६ सालमा अशोक श्रेष्ठको सम्पादनमा नेपालभाषाको अर्को दैनिक ‘विश्वभूमि’ प्रकाशन सुरु भयो । त्यही विश्वभूमि दैनिक बिचमा नाम बदलेर ‘सन्ध्या टाइम्स दैनिक’ बन्यो भने गत नौ वर्षदेखि ‘सन्ध्या टाइम्स दैनिक’ पनि नाम बदलेर अहिले ‘नेपालभाषा टाइम्स दैनिक’का रूपमा प्रकाशित हुँदै आएको छ ।

यसर्थ ३२ वर्षदेखि मातृभाषामा प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’लाई मातृभाषा पत्रकारितामा पु¥याएको योगदानको सम्मान गर्दै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट सम्मान गर्ने निर्णय गरिएको छ ।

३. स्व. किसन राई (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०, मरणोपरान्त)

किसन राईको जन्म बुवा छोक्टुन्डु राई र आमा शिवमाया राईको जेठो सन्तानका रूपमा २०२४ साल भदौमा भारतीय गोर्खा पल्टनको बैंङ्ग्लोरस्थित क्याम्पमा भएको थियो । 

२०४३ देखि वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेर २०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी राईले लामो समय राजनीतिक जीवन बिताए । २०५६ सालमा हङकङ प्रस्थान गर्नु भएका राईले त्यसपछिको समयमा हङकङमै रहेर पत्रकारिता, समाजसेवा र राजनीतिलाई अगाडि बढाए ।  

हङकङमा नेपाली पत्रिका एभरेष्टको सम्पादक तथा प्रकाशक भएर दुई दशकभन्दा बढी समय बिताउनु भएका राईले नेपाल पत्रकार संघ हङकङको अध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष, नेपाली साहित्य परिषद हङकङको अध्यक्ष, अन्तर्राष्ट्रिय जनजाति समन्वय समितिका सदस्य एवं संस्थापक, एनआरएनका केन्द्रीय सदस्य एवं आईसीसी, गोर्खा सिमेन्ट्री ट्रस्टको सल्लाहकार, च्याम्वर अफ कमर्स हङकङको सल्लाहकार, साझा साहित्य शृङ्खलाका सल्लाहकार, धरान हङकङ मञ्चका सल्लाहकार एवं संस्थापक, नेपाली समाज हङकङको संस्थापक सदस्य, उपाध्यक्ष र सल्लाहकार, किराँत राई यायोक्खा हङकङको  अध्यक्ष र सल्लाहकारका रूपमा पत्रकारिता र समाज सेवामा योगदान पुर्‍याएका थिए । 

दुई दशकभन्दा लामो समय हङकङको नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेका उनलाई नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो । त्यसै गरी, हङकङ सरकारले सन् २०२० मा नेपाली समुदायमा पु¥याएको योगदान बापत ‘चीफ एक्जीक्यूटिव कमेन्डेसन फर कम्युनीटी सर्भिस’ पदकले सम्मान गरेको थियो । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत पाइसक्नु भएका राईको २०७८ कार्तिक ०७ गते खोटाङमा निधन भएको थियो ।

जीवनकाल पत्रकारिता र समाज सेवामा अर्पण गर्नु भएका स्वर्गीय किसन राईको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ (मरणोपरान्त) अपूर्ण गर्ने निर्णय गरियो ।

४. देवबहादुर पचभैया मगर, पाल्पा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०५६ सालदेखि पत्रकारितामा क्रियाशील पाल्पाका देवबहादुर पचभैया मगर पत्रकारितामा स्थापित नाम हो । उनी दुई दशकदेखि पाल्पाको श्रीनगर एफ. एमका स्टेसन म्यानेजर र श्रीनगर खबर पत्रिकामा सम्पादकको रूपमा काम गर्दै आएका छन्  । 

तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै २ कार्यकाल जिल्ला अध्यक्ष, फोनिज भएपछि पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व प्रदान गरिसकेका छन्। यहाँ हाल मगर पत्रकार संघको महासचिवसमेत रहेका छन् ।

छापासँगै रेडियो पत्रकारितामा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार संस्थामा काम गरिसक्नु भएका मगरलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको छ ।

५. जीवन लामा, दोलखा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६२ सालदेखि कालिन्चोक सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गर्नु भएका जीवन लामा दोलखाका स्थापित पत्रकार हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय समिति सदस्यसमेत रहेका लामा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष हुन् ।

हाल कालिन्चोक सन्देशका कार्यकारी सम्पादक रहनु भएका लामा २०६४ सालदेखि हालसम्म कालिन्चोक एफ.एममा स्टेसन मेनेजरका रूपमा काम गरिररहेका छन् । चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका लामाले इ–दैनिकखबर डटकमको अध्यक्ष तथा प्रकाशकको जिम्मेवारी निर्वाह गर्दै आएका छन्  । पत्रकारिता सँगसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील लामालाई  ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।


६. उन्नति चौधरी,  कैलाली (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६३ सालमा कैलालीबाट प्रकाशित हुने ‘सेती महाकाली आवाज’ पत्रिकाको वितरकको रूपमा काम थालेका उन्नति चौधरीले सोही पत्रिकामा सम्वाददाताको रूपमा काम गर्दै पत्रकारिता सुरुवात गरेकी हुन्। 

पत्रकारिताको दौरान जनदिशा राष्ट्रिय दैनिक, लालदिशा मासिक, मर्निङवेल दैनिक, पश्चिमेली दैनिक, हिमालखबर डटकम लगायतमा काम गरिसकेका चौधरीले हाल नेपाली र थारु भाषामा केर्नीन्यूज डटकम सञ्चालन गर्दै आएकी छन् । 

पत्रकारितासँगै विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत काम गर्दै आएकी चौधरीलाई  ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।
 


प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP