Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • पहिरोको जोखिममा बेनी–जोमसोम सडक खण्ड 
पहिरोको जोखिममा बेनी–जोमसोम सडक खण्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २५, २०८०

बेनी– बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भएका छन् । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएको थियो  । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ‘रेफर’ गरिएकामा उनको अहिले शल्यक्रिया पश्चात आइसियूमा उपचार भइरहेको छ ।

एक सातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ । चार दिनपछि सडकमा थुप्रिएको पहिरो ‘डोजर’को सहायताले पन्छाएर आंशिक रुपमा सडक सुचारु भएको केही घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकमा भय र त्रास सिर्जना गरेको छ । 

यसअघि पनि यस पहिरोबाट खसेको ढुङ्गा लागेर सवारी चालक र यात्रु पटक–पटक घाइते भइसकेका छन् ।
बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमर्गसँग जोड्ने बेनी–जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ  । राहुपारे र बैसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अवरुद्ध हुन थालेको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत यो सडक कालोपत्रसहित निर्माणधीन छ । 

Ncell
Hardik health

बैसरीमा गएको पहिरोको कारण अवरुद्ध बनेको र जोखिमपूर्ण सडकको वैकल्पिक मार्ग तिलकेनी–बगैँचा–रानीपौवा–चौर–रिसिनचौतारी–माछखर्क हुँदै बेगखोला सडक भए पनि यो सडक उपेक्षामा परेको छ । मोटरसाइकल, जीप लगायतका साना सवारी साधन आवतजावत गर्ने यो सडकलाई वैकल्पिक मार्गको रुपमा विकास गनुपर्ने स्थानीयवासीको माग छ । साँघुरो र जीर्ण अवस्थामा रहेको वैकल्पिक सडकलाई स्तरोन्नती गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीयवासी प्रेम केसीले बताए। 

‘‘मुख्य बाटो पहिरोको जोखिममा छ, वैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा वैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदासम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’’,उनले भने । वैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयवासीको गुनासो छ । 

बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडक बाढीपहिरोको कारण जोखिमयुक्त मानिन्छ । यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ । निर्माणधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ‘ट्र्याक’ भए पनि स्तरोन्नती गरी सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । 

तत्काललाई पहिरोलाई छलेर नयाँ ‘ट्र्याक’ बनाउन र यसअघि नै तयार भएको रानीपौवा–बेगखोला सडकलाई स्तरोन्नती गरी दीर्घकालीन वैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। 

अहिले बैसरीमा पहिरोले सिधा सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम सडकमा गुड्ने मोटरसाइकल, बोलेरो, जीप लगायतका साना सवारी साधनले यसै वैकल्पिक सडकलाई प्रयोग गरेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP