Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जाने दक्ष कामदार बढ्दै
वैदेशिक रोजगारीमा जाने दक्ष कामदार बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०

काठमाडौं– पछिल्ला केही वर्षहरुमा सीपयुक्त दक्ष कामदार रोजगारीका लागि विदेश जाने क्रम बढेको छ । वैदेशिक रोजगारीका लागि जान चाहने युवाले सीप सिकेर विदेशिन थालेपछि दक्ष कामदारको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विगत पाँच वर्षमा वैदेशिक रोजगारीका लागि जाने सीपयुक्त दक्ष कामदारको संख्या वृद्धि हुँदै गइरहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख आठ हजार ८२८ जना श्रम स्वीकृति लिनेमध्ये एक लाख ९६ हजार ६०१ जनाले सीप सिकेर दक्ष कामदारको रुपमा विदेश गएका थिए । जसमा नौ हजार १४८ जना महिला रहेका थिए । सँगगसँगै उच्च दक्ष २१०, प्रोफेसनल ७८७, अर्धदक्ष ४२ हजार ७८४ र अदक्ष कामदार दुई लाख ८५ हजार ४४५ जना रहेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएको भए पनि विभागले के कति दक्ष कामदार वैदेशिक रोजगारीमा गए त्यसको तथ्यांक सार्वजनिक गरेको छैन । साथै, उच्च दक्ष, प्रोफेसनल, अर्धदक्ष, अदक्ष कामदारको पनि तथ्यांक उल्लेख गरिएको छैन ।

Hardik health

त्यसयता आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीका कारण विदेश जानेको संख्या एक लाख ६६ हजार ६९८ मा सीमित बनेको देखिन्छ । जसका कारण ७० हजार ४२६ जना दक्ष कामदार रोजगारीका लागि विदेशिएको विभागले उल्लेख गरेको छ । यद्यपि, संख्यात्मक हिसाबको तुलनामा उक्त आवमा विदेश जाने नेपाली दक्ष कामदारको संख्यामा बढोत्तरी नै हुने देखिन्छ । उक्त आवमा उच्च दक्ष ६१, प्रोफेसनल २४६, अर्धदक्ष २५ हजार ५८३ र अदक्ष कामदार ८० हजार ३८२ जना गएको देखिन्छ । 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजार ९० नेपालीले श्रम स्वीकृति लिएकामा दुई लाख ९१ हजार ८८९ जना दक्ष कामदार रहेका छन् । जसमा २३ हजार ४३३ जना महिला थिए । उक्त आवमा उच्च दक्ष १२५, प्रोफेसनल ६८०, अर्धदक्ष ५४ हजार ३२८ र अदक्ष कामदार दुई लाख ८३ हजार ६८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका तथ्यांक छ ।

त्यस्तै वैदेशिक रोजगारीको इतिहासमा नै अहिलेसम्म सबैभन्दा बढी नेपाली विदेशिएको आर्थिक वर्ष २०७९/८० मा पाँच लाख छ हजार ७४६ जना दक्ष कामदार रहेको विभागले जनाएको छ । जसमा ४३ हजार ५४२ महिला रहेका छन् । यस वर्ष वैदेशिक रोजगारीका लागि जान पौने आठ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये उच्च दक्ष २५७, प्रोफेसनल एक हजार १५३ अर्धदक्ष ६० हजार ५५५ र अदक्ष कामदारको संख्या दुई लाख २ हजार ६१६ रहेको छ ।

विभागको पाँच वर्षको तथ्यांकलाई हेर्दा वैदेशिक रोजगारीमा सीप सिकेर जाने नेपालीहरुको संख्या वर्षैपिच्छे बढ्दै गइरहेको देखिएको छ । विदेश जाने दक्ष कामदारहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएका कारण अदक्ष कामदारहरुको संख्या घट्दै गएको विभागको तथ्यांकले देखाएको छ । 

 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:०४
#दक्ष_कामदार #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP