Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • महिला घरेलु कामदार जान लगाएको प्रतिबन्ध खुलाउन दबाब
महिला घरेलु कामदार जान लगाएको प्रतिबन्ध खुलाउन दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १७, २०८०

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा महिला घरेलु कामदार जान लगाएको प्रतिबन्ध फुकुवा गरी वैधानिक बाटो खुला गर्नुपर्ने मागसहित अभियन्ताहरुले राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण गराएका छन् । पौरखी नेपाल र नेपाल घरेलु कामदार सरोकार समाजले मंगलबार संयुक्तरुपमा आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई भेटी सरकारले लगाएको प्रतिबन्ध फुकुवा गराउन निर्देशन तथा सिफारिसका लागि ध्यानाकर्षण गराएका हुन् । 

वैदेशिक रोजगारीका लागि घरेलु श्रममा जाने महिलाहरु गैरकानुनी बाटोबाट जानु दुःखद रहेको पौडेलले बताइन् । उनले महिलाहरुको स्वतन्त्ररुपमा हिँड्डुल गर्न र रोजगारीको हक सुरक्षित रहेकाले यसलाई सरकारले बन्देज लगाउन नहुने बताइन् । ‘विदेशमा महिला घरेलु कामदार असुरक्षित छन् भन्ने गरिन्छ,’ पौडेलले भनिन्, ‘बरु पछिल्लो समय प्रतिबन्धका कारण गैरकानुनी रुपमा जाने नेपाली महिलाहरुको संख्या बढ्दो छ, यसले जोखिम निम्त्याएको छ ।’

संसदीय समितिले दिएको निर्देशन र मापदण्डका आधारमा घरेलु श्रममा जान महिलाहरुलाई लगाइएको अविलम्ब हटाउन अयोगले अग्रसरता लिने उनको भनाइ छ । पौडेलले प्रतिबन्ध खोल्ने विषयमा सबै सरोकारवाला निकायबीच छलफल गरी परिणाम निकाल्ने र महिलाहरुको अधिकारका लागि महिला आयोग बोल्ने बताइन् ।

Hardik health

पौरखी नेपालकी सहसंस्थापक एवं रणनीतिक सल्लाहकार मञ्जु गुरुङले घरेलु श्रमका लागि विदेश जान चाहने नेपाली महिलाहरुलाई बन्देज लगाएर विभेद गरेको बताइन् । हुनेखाने वर्गले घरेलु श्रमको महत्व बुझ्न नसकेको भन्दै उनले विपन्न तथा एकल महिलाको पीडा सरकारले नबुझेकोमा दुःख लागेको बताइन् । ‘महिला भएकै कारण स्वतन्त्रपूर्वक घुमफिर र रोजगार छनोट गर्न पाउने अधिकारबाट वञ्चित गरिएको दशकौं भइसक्यो,’ गुरुङले भनिन्, ‘यस्ताखाले प्रतिबन्धले विमानस्थलमा सेटिङ गर्ने गिरोह, बिचौलिया र मानव तस्करहरुलाई फाइदा पुर्‍याइरहेको छ ।’ 

विभेद गरेकै कारण आर्थिक अभावमा पिल्सिएका महिलाहरु सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो प्रयोग गरी खाडी मुलुक पुगेको उनको दाबी छ । प्रतिबन्ध समस्याको समाधान नभई यसलाई तत्कालै हटाउन र समानताको नीति अवलम्बन गर्न आयोगले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको गुरुङले बताइन् ।  

यसैगरी प्रतिबन्धका कारण वार्षिक ५० हजारभन्दा बढी नेपाली महिला गैरकानुनीरुपमा खाडीलगायतका मुलुकमा गइरहेको र त्यसमध्ये केही महिला दुबईबाट इराक, सिरिया, कुर्दिस्तानलगायत अन्य मुलुृकहरुमा घरेलु कामका लागि तस्करी भइरहेकोले यसलाई रोक्नुपर्ने, खुला नीति अपनाउनुपर्नेलगायत मागसहित आयोगको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष किसन प्रधानले बताए । वैदेशिक रोजगारमा जाने घरेलु महिला कामदारको तस्करी रोक्न प्रतिबन्ध फुकुवा गरी वैधानिक बाटो खुला गर्न सरकारलाई निर्देशन, सिफारिस तथा नेतृत्वदायी पहल गर्न आयोगलाई आग्रह गरिएको उनले जानकारी दिए ।

नेपाली महिलाहरुले विदेशमा गई घरेलु कामदारको रुपमा काम गर्न पाउने संवैधानिक अधिकारमाथि सरकारले लगाएको प्रतिबन्ध र लैंगिक विभेदप्रति आयोगको ध्यानाकर्षण गराइएको प्रधानले बताए । ‘अवैध बाटो र गैरकानुनी प्रक्रियाबाट नेपाली घरेलु महिला कामदार विदेश जानु जोखिमपूर्ण र असुरक्षित भन्ने जान्दाजान्दै सरकारले यसमा ध्यान नदिनु नागरिकप्रति गैरजिम्मेवार व्यवहार हो,’ उनले भने । 

 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०६:२५
#महिला_घरेलु_कामदार #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP