Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘विमानस्थलबाट फर्काइएका श्रमिकलाई क्षतिपूर्ति देऊ’
मानवअधिकार आयोगको आग्रह   ‘विमानस्थलबाट फर्काइएका श्रमिकलाई क्षतिपूर्ति देऊ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ४, २०८०

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका कामदारहरुलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका कामदारलाई विमानस्थलबाट फर्काइएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेको हो ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका १५६ जना नेपाली नागरिकलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले प्रस्थानमा लगाएको रोकले उनीहरूको अधिकार प्रचलनमा प्रभाव पारेको जनाएको छ ।

आयोगले भनेको छ, ‘संस्थागत श्रम स्वीकृति लिई कामका लागि कुवेत÷जोर्डन जान लागेका श्रमिकहरुलाई २०८० असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भनी फर्काएको र उक्त विषयलाई लिएर जिम्मेवार निकायहरूबीच सार्वजनिकरुपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरु श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसक्दा आप्रवासी कामदारहरूको अधिकार उपभोग र प्रचलनमा अवरोध हुन पुगेको स्पष्ट देखिएको छ ।’

Hardik health

केही दिनअघि विमानस्थलबाट फर्काइएका कामदारका सम्बन्धमा अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबीच विज्ञप्तिमार्फत क्षेत्राधिकारको विषयलाई लिएर आरोपप्रत्यारोप नै भएको थियो । सेवा प्रवाहका लागि यस्ता विषयहरूमा गम्भीर हुन आयोगले सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचनाको आदानप्रदान र विश्वसनीयताको अभावका कारण कामदारहरुको आवतजावत र रोजगारीको हक उल्लंघन हुन गएको आयोगले प्रारम्भिक अनुगमनबाट देखिएको उल्लेख गरेको छ ।

आयोगले विमानस्थलबाट वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लागेका श्रमिकलाई फर्काइनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको भन्दै जिम्मेवार निकायहरूबीच प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताएको छ । आप्रवासी श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुनेमात्र नभई आर्थिक क्षतिपूर्ति दिनुपर्ने तथा उनीहरुलाई विमानस्थलबाट फर्काउने कार्यमा संलग्न अधिकारीलाई थप जिम्मेवार बनाउनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

यससँगै आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा पटक–पटक गरेका सिफारिसहरूको कार्यान्वयनका लागि पनि सरकारसँग आग्रह गरेको छ ।संस्थागत श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश हिँडेका कामदारलाई विमानस्थलबाटै फर्काइएको घटनामा मानवअधिकार आयोगले नै क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुले अध्यागमन कार्यालयको गल्ती पुष्टि भएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

‘आयोगले प्रारम्भिक अनुगमनकै क्रममा श्रमिकको आवतजावत र रोजगारीको हक उल्लंघन भएको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘यसबाट के पुष्टि हुन्छ भने, विनाकारण श्रमिकलाई फर्काउने अध्यागमन विभागले क्षतिपूर्ति दिनैपर्छ र हाम्रो माग पनि यही हो ।’


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:५७
#वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP