Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘विमानस्थलबाट फर्काइएका श्रमिकलाई क्षतिपूर्ति देऊ’
मानवअधिकार आयोगको आग्रह   ‘विमानस्थलबाट फर्काइएका श्रमिकलाई क्षतिपूर्ति देऊ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ४, २०८०

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका कामदारहरुलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका कामदारलाई विमानस्थलबाट फर्काइएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेको हो ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका १५६ जना नेपाली नागरिकलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले प्रस्थानमा लगाएको रोकले उनीहरूको अधिकार प्रचलनमा प्रभाव पारेको जनाएको छ ।

आयोगले भनेको छ, ‘संस्थागत श्रम स्वीकृति लिई कामका लागि कुवेत÷जोर्डन जान लागेका श्रमिकहरुलाई २०८० असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भनी फर्काएको र उक्त विषयलाई लिएर जिम्मेवार निकायहरूबीच सार्वजनिकरुपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरु श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसक्दा आप्रवासी कामदारहरूको अधिकार उपभोग र प्रचलनमा अवरोध हुन पुगेको स्पष्ट देखिएको छ ।’

Hardik health

केही दिनअघि विमानस्थलबाट फर्काइएका कामदारका सम्बन्धमा अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबीच विज्ञप्तिमार्फत क्षेत्राधिकारको विषयलाई लिएर आरोपप्रत्यारोप नै भएको थियो । सेवा प्रवाहका लागि यस्ता विषयहरूमा गम्भीर हुन आयोगले सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचनाको आदानप्रदान र विश्वसनीयताको अभावका कारण कामदारहरुको आवतजावत र रोजगारीको हक उल्लंघन हुन गएको आयोगले प्रारम्भिक अनुगमनबाट देखिएको उल्लेख गरेको छ ।

आयोगले विमानस्थलबाट वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लागेका श्रमिकलाई फर्काइनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको भन्दै जिम्मेवार निकायहरूबीच प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताएको छ । आप्रवासी श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुनेमात्र नभई आर्थिक क्षतिपूर्ति दिनुपर्ने तथा उनीहरुलाई विमानस्थलबाट फर्काउने कार्यमा संलग्न अधिकारीलाई थप जिम्मेवार बनाउनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

यससँगै आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा पटक–पटक गरेका सिफारिसहरूको कार्यान्वयनका लागि पनि सरकारसँग आग्रह गरेको छ ।संस्थागत श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश हिँडेका कामदारलाई विमानस्थलबाटै फर्काइएको घटनामा मानवअधिकार आयोगले नै क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुले अध्यागमन कार्यालयको गल्ती पुष्टि भएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

‘आयोगले प्रारम्भिक अनुगमनकै क्रममा श्रमिकको आवतजावत र रोजगारीको हक उल्लंघन भएको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘यसबाट के पुष्टि हुन्छ भने, विनाकारण श्रमिकलाई फर्काउने अध्यागमन विभागले क्षतिपूर्ति दिनैपर्छ र हाम्रो माग पनि यही हो ।’


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:५७
#वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP