Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
समाचार
  • Home
  • समाचार
  • सेना घटाउने प्रस्तावले संशय
सेना घटाउने प्रस्तावले संशय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ४, २०८०
RBB RBB

काठमाडौं– नेपाली सेनाको संख्या घटाउने बहसले राष्ट्रिय राजनीति गर्माएको छ । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले र एमाले सांसद डा. विमला राई पौडेलले यो बहसलाई सतहमा ल्याएका हुन् ।

देश आर्थिक संकटमा गुज्रिरहेको तर्क गर्दै उनीहरूले सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । देशमा द्वन्द्व नभएकाले पनि बढी देशलाई धेरै सेना आवश्यक नहुने उनीहरूको अर्को तर्क छ । सांसद वाग्लेले प्रतिनिधिसभा र राईले राष्ट्रिय सभामा यससम्बन्धी बारम्बार बहस चलाइरहेका छन् ।

सरकारको रक्षा रणनीतिअनुसार राष्ट्रिय सुरक्षाको जिम्मा सेनालाई छ । यति महŒवपूर्ण सुरक्षा निकाय सेनाको संख्या घटाउने बहसमा यतिबेला राजनीतिक दलहरू विभाजित बनेका छन् । अर्कातिर, रक्षा मामिलाका जानकारहरूले सेनाको संख्या घटाउने बहसलाई रुचाएका छैनन् । यस्तो बहस निरर्थक र राष्ट्रिय सुरक्षाको जिम्मेवार सैन्य शक्तिमाथिको प्रहारको रूपमा उनीहरूले बुझेका छन् ।

पूर्वमेजर प्रेमकुमार तामाङ सेनाको संख्या घटाउने बहसलाई प्रायोजित ठान्छन् । यस्ता बहस सेनालाई कमजोर बनाउने मनसायबाट चलाइएको रुपमा उनले अथ्र्याए ।‘सिङले भैँसी आफ्नो रक्षा गर्छ । त्यसरी नै देशको रक्षा सेनाले गर्छ,’ उनले प्रभावसँग भने, ‘तर, देश जोगाउने सेनाको संख्या घटाउने प्रस्ताव किन आयो ? कसरी आयो ? अहिले यति भनौं, यो बहस प्रायोजितरुपमा चलाइएको हो ।’

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार नेपाली सेनामा दरबन्दी ९६ हजार ४७७ जनाको छ । दरबन्दीअनुसार भने सैन्य जनशक्ति छैन । ८१ हजार २७७ जनामात्रै सेना छन् । १५ हजारभन्दा बढी सेनाको पद रिक्त छ ।अझ तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र विद्रोह पहिले त सेनाको संख्या निकै कम थियो । विद्रोहलाई दमन गर्न सेनाको संख्या बढाइएको थियो । त्यसमा पनि माओवादी शान्ति प्रक्रियामा आइसकेपछि जनमुक्ति सेनाहरूलाई नेपाली सेनामा समायोजन गरिएको थियो । त्यसबेलादेखि सेनाको दरबन्दी संख्या बढेको हो । 

यहीबेला सांसदद्वय वाग्ले र राईले सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव ल्याएका हुन् । बिग्रेडियर जनरल डा. प्रेमसिंह बस्न्यात सेनाको संख्या घटाउनुको सट्टा बढाउँदै थप अत्याधुनिक हातहतियारको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताउँछन् । परम्परागत सेनाले अब देशको रक्षा गर्न चुनौतीपूर्ण हुने भन्दै उनले सेनाको संख्या नघटाई आधुनिकीकरणमा राजनीतिक नेतृत्वहरूको ध्यान केन्द्रित हुनुपर्नेमा पनि उनको जोड छ । 

‘जसले सेनाको संख्या घटाऔं भने त्यहाँ शंका गर्नुहोस्, ती अराष्ट्रिय तत्व हुन्,’ उनले भने, ‘देशभक्तिले सेनाको संख्या घटाऔं कहिल्यै भन्दैन,’ उनले भने, ‘बरु यस्तोबेला त सेनालाई थप अत्याधुनिक हातहतियारले सुसज्जित पार्ने, आधुनिकीकरणमा जोड दिने पो गर्नुपर्छ ।’

सेनाको संख्या घट्दा देशको शक्ति घट्ने तामाङ र बस्न्यातसहितका सैनिक अधिकारीहरूको मत छ । तर, सेना घटाउनेबारे बहसकर्ता सांसदहरू भने त्यसलाई अस्वीकार गर्छन् । उनीहरूको विचारमा वर्तमान आर्थिक संकटसँग जुध्ने उपाय नै सेनाको संख्या कटौती हो ।

२६ असारमा एमाले सांसद राईले बजेटमाथिको छलफल चलिरहँदा ८०–९० हजार सेना किन चाहिन्छ ? भन्दै रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लक्षित गर्दै प्रश्न गरेकी थिइन् । ‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयले ८०–९० हजार सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं,’ राईको प्रश्न थियो ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी यसअघि परराष्ट्रमन्त्री थिइन् । उनले दिएको सेनाको संख्या घटाउने सम्बन्धी विचार भने पार्टीको आधिकारिक नभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् । यद्यपि, यसबारे बहस अझै चलिरहेको छ ।

फेरि, छिमेकी देश भारतले अर्थतन्त्रमा संकट आउँदा घरिघरी सेनाको कटौती गर्ने गरेको छ । श्रीलङ्काले त यसअघि नै सेनाको संख्या घटाएको छ । यी दुई देशले गरेको सैन्य कटौतीको अनुशरण गरेर अर्थतन्त्रलाई लयमा फर्काउने एउटा जुक्ति हुने बहस थालनी गर्ने सांसदद्वय बताउँछन् । 

दुवै सांसदको सामाजिक सञ्जालहरूमा भने चर्को आलोचना भइरहेको छ । अमेरिकी सेना ल्याउने गोप्य योजनाअनुसार नेपाली सेनाको संख्या घटाउने प्रपञ्च रचेको अर्थमा कतिपयले बुझेका छन् । किनभने दुवै सांसद ‘अमेरिकी लबी’को रूपमा चिनिन्छिन् । यद्यपि, भिन्नभिन्न दलका हुन् ।

उनीहरूको अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षाको महŒवपूर्ण अंगका रुपमा रहेको सेनालाई चलाउन नहुने राय प्रकट गरे । यसरी बहस गर्नुलाई उनले रहस्यमयी, अनुचित र दुर्भाग्यपूर्ण भनेका छन् ।

यसअघि रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्या घटाउन नहुने बताएका थिए । त्यसबारे सरकारको योजनासमेत नभएको धारणा संसद्मा राखेका थिए ।सत्तारुढ र धेरै विपक्षी दलहरू पनि सेनाको संख्या घटाउन नहुने पक्षमा छन् ।
 


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:४३
#नेपाली_सेना
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले शुक्रबार, वैशाख २६, २०८२
वन्यजन्तुलाई वनमै पोखरी
वन्यजन्तुलाई वनमै पोखरी शुक्रबार, वैशाख २६, २०८२
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण शुक्रबार, वैशाख २६, २०८२
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन शुक्रबार, वैशाख २६, २०८२
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ? शुक्रबार, वैशाख २६, २०८२
हात्तीको विध्वंश रोकिएन
हात्तीको विध्वंश रोकिएन शुक्रबार, वैशाख २६, २०८२
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण  शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP