Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृति लिइसकेका श्रमिकलाई निर्वाध जान देऊ
सरकारसँग व्यवसायीको माग श्रम स्वीकृति लिइसकेका श्रमिकलाई निर्वाध जान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३१, २०८०
वैदेशिक रोजगार व्यवसायीहरु

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले प्रचालित कानुनबमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि हिँडेका श्रमिकलाई निर्वाधरुपमा उडाउन सरकारसँग माग गरेका छन् । वैदेशिक रोजगारीका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी विदेश जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको भन्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरी अध्यागमन कार्यालयका कर्मचारीले विगत केही दिनदेखि विनाकारण दुःख दिने काम भइरहेको जनाएको छ । अध्यागमनका कर्मचारीले कानुनविपरीत गलत सूचना प्रवाह गर्ने, अनावश्यक दुःख दिई श्रमिकलाई रोजगारीबाट वञ्चित गराउने उद्देश्यले हस्तक्षेपकारी गतिविधि बढाएको संघले उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीका लागि जोर्डन हिँडेका १५ जना र कुवेत हिँडेका ११७ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएपछि संघले पत्रकार सम्मेलन गरेको हो । यस घटनाप्रति संघले गृहमन्त्री नरायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीकोसमेत ध्यानाकर्षण गराइसकेको बताएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरेर अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक रोजगार विभागको भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । संस्थागतरुपमा भिसा लगाई उडानका लागि गएका श्रमिकको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने उनको भनाइ छ ।

Hardik health

भिसा र हवाई टिकटबाहेक जाँच गर्ने बहानामा अनावश्यक कागजातको परीक्षण गर्ने, दुव्र्यवहार गर्दै उडान अनुमति नदिई फर्काउँदा श्रमिकले आर्थिक तथा मानसिक तनाव खेप्नुपरेको भण्डारीले बताए । कतिपय श्रमिकको भिसा समाप्त भई रोजगारी नै गुम्ने र हवाई टिकटबापत ठूलो आर्थिक क्षति पु¥याउने अध्यागमन कार्यालयका कर्मचारीलाई कानुनी कारबाही गरी व्यवसायी र श्रमिकलाई परेको क्षतिपूर्ति दिलाउनसमेत भण्डारीले माग गरे ।

श्रमिकलाई फर्काइनुको कारण प्रस्ट नपारी समयमा विमानस्थल नपुग्नु र शंकास्पद कागजात रहेको भन्नु कर्मचारीको वदनियतमात्रै रहेको भण्डारीले दाबी गरे । विमानस्थलमा भएको अभद्र शैली र व्यवहार खेदजनक रहेको उनले बताए । अध्यागमनका कर्मचारीले आफ्नो गल्ती र कर्तुत ढाकछोप गर्न व्यवसायीमाथि आरोप लगाएको वैदेशिक रोजगार संघले जनाएको छ ।

संघका अध्यक्ष भण्डारीले व्यवसायीबाट कुनै गल्ती नभएको भन्दै यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले अध्यागमनका महानिर्देशक झलकराम अधिकारी र वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई निर्देशन दिए पनि कुनै प्रगति नभएको बताए ।

श्रमिकलाई उडान अनुमति नदिएको विषयमा गृहमन्त्रीसँग भएको छलफलमा अध्यागमन कार्यालयका प्रमुख जवाफविहीन बनेको र मिडियामा विषयान्तर गरी ‘ट्वीस्ट’ गर्ने घातक प्रवृत्ति देखाएकोप्रति उनले आपत्ति जनाए । भण्डारीले भने, ‘महिला श्रमिकको विषय उठाएर व्यवसायीसँग ब्ल्याकमेलिङ गर्ने, ढोक्सा थाप्ने र सेटिङको चाहना राख्ने नियत देखियो, तर व्यवसायीले यसलाई सफल हुन दिने छैनन् ।’

त्यस्तै संघका महसचिव मेघनाथ भुर्तेलले अध्यागमन कार्यालयमा बसेका कर्मचारीलाई भिसाको प्रकृति नै थाहा नभएको टिप्पणी गरे । अध्यागमनका हाकिमले विनाप्रमाण व्यवसायीलाई आरोपित गर्ने कार्य गरेको भन्दै उनले प्रक्रियागत श्रम स्वीकृति लिएका श्रमिकलाई रोक्नु गलत गरेको बताए । ‘एउटै लटमा धेरै जना रहेको भन्ने र अध्यागमनको जवाफ पनि नमिल्दो छ,’ भुर्तेलले भने, ‘अध्यागमन कर्मचारीलाई वैदेशिक रोजगार र विदेशबाट आउने भिसाको प्रकृतिका बारेमा पर्याप्त ज्ञान भएको देखिएन ।’

पुनः फकाईयो श्रमिक
विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार राति ११ बजे रोजगारीका लागि कुवेत जान लागेका ३७ जना नेपाली श्रमिकलाई पुनः फर्काएको छ । २७ गते अध्यागमनले फर्काएका ११७ श्रमिकमध्ये नौ जना कुवेत पुगिसकेका छन् । थप ३७ जनालाई व्यवसायीले टिकट काटेर शुक्रबार कुवेत पठाउन खोजेका थिए ।

व्यवसायीले ती श्रमिकलाई पुनः पठाउन खोजेपछि उनीहरुको शंकास्पपद कागजात छानविनको प्रक्रियामा रहेको भन्दै अध्यागमनले पुनः फर्काउनुपरेको जनाएको छ । अध्यागमन कार्यालयले श्रमिकलाई फर्काउनुको कारण खुलाउँदै दिइएको पत्रमा २७ गते कागजातलगायतका विषय शंकास्पद भएको भनी प्रस्थान अनुमति नदिएकोमा निजको भिसालगायतका अन्य कागजात छानविनको प्रक्रियामा रहेकोले अध्यागमन विभागका महानिर्देशकको निर्देशानुसार प्रस्थान अनुमति नदिइएको भन्ने उल्लेख गरिएको छ ।

सबै प्रक्रिया पूरा गरेर कुवेत जान हिँडेका श्रमिकलाई विनाकारण पुनः फर्काइनु व्यवसायी र श्रमिकलाई हतोत्सायी गर्ने अध्यागमन बिभागका महानिर्देशकको एकल बदनियत देखिएको संघका अध्यक्ष भण्डारीले प्रतिक्रिया दिएका छन् । उनले अध्यागमन विभागको यस्तै रवैया कायम रहे व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:३९
#वैदेशिक_रोजगार #व्यवसायीहरु
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP