Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृति लिइसकेका श्रमिकलाई निर्वाध जान देऊ
सरकारसँग व्यवसायीको माग श्रम स्वीकृति लिइसकेका श्रमिकलाई निर्वाध जान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३१, २०८०
वैदेशिक रोजगार व्यवसायीहरु

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले प्रचालित कानुनबमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि हिँडेका श्रमिकलाई निर्वाधरुपमा उडाउन सरकारसँग माग गरेका छन् । वैदेशिक रोजगारीका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी विदेश जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको भन्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरी अध्यागमन कार्यालयका कर्मचारीले विगत केही दिनदेखि विनाकारण दुःख दिने काम भइरहेको जनाएको छ । अध्यागमनका कर्मचारीले कानुनविपरीत गलत सूचना प्रवाह गर्ने, अनावश्यक दुःख दिई श्रमिकलाई रोजगारीबाट वञ्चित गराउने उद्देश्यले हस्तक्षेपकारी गतिविधि बढाएको संघले उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीका लागि जोर्डन हिँडेका १५ जना र कुवेत हिँडेका ११७ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएपछि संघले पत्रकार सम्मेलन गरेको हो । यस घटनाप्रति संघले गृहमन्त्री नरायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीकोसमेत ध्यानाकर्षण गराइसकेको बताएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरेर अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक रोजगार विभागको भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । संस्थागतरुपमा भिसा लगाई उडानका लागि गएका श्रमिकको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने उनको भनाइ छ ।

Hardik health

भिसा र हवाई टिकटबाहेक जाँच गर्ने बहानामा अनावश्यक कागजातको परीक्षण गर्ने, दुव्र्यवहार गर्दै उडान अनुमति नदिई फर्काउँदा श्रमिकले आर्थिक तथा मानसिक तनाव खेप्नुपरेको भण्डारीले बताए । कतिपय श्रमिकको भिसा समाप्त भई रोजगारी नै गुम्ने र हवाई टिकटबापत ठूलो आर्थिक क्षति पु¥याउने अध्यागमन कार्यालयका कर्मचारीलाई कानुनी कारबाही गरी व्यवसायी र श्रमिकलाई परेको क्षतिपूर्ति दिलाउनसमेत भण्डारीले माग गरे ।

श्रमिकलाई फर्काइनुको कारण प्रस्ट नपारी समयमा विमानस्थल नपुग्नु र शंकास्पद कागजात रहेको भन्नु कर्मचारीको वदनियतमात्रै रहेको भण्डारीले दाबी गरे । विमानस्थलमा भएको अभद्र शैली र व्यवहार खेदजनक रहेको उनले बताए । अध्यागमनका कर्मचारीले आफ्नो गल्ती र कर्तुत ढाकछोप गर्न व्यवसायीमाथि आरोप लगाएको वैदेशिक रोजगार संघले जनाएको छ ।

संघका अध्यक्ष भण्डारीले व्यवसायीबाट कुनै गल्ती नभएको भन्दै यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले अध्यागमनका महानिर्देशक झलकराम अधिकारी र वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई निर्देशन दिए पनि कुनै प्रगति नभएको बताए ।

श्रमिकलाई उडान अनुमति नदिएको विषयमा गृहमन्त्रीसँग भएको छलफलमा अध्यागमन कार्यालयका प्रमुख जवाफविहीन बनेको र मिडियामा विषयान्तर गरी ‘ट्वीस्ट’ गर्ने घातक प्रवृत्ति देखाएकोप्रति उनले आपत्ति जनाए । भण्डारीले भने, ‘महिला श्रमिकको विषय उठाएर व्यवसायीसँग ब्ल्याकमेलिङ गर्ने, ढोक्सा थाप्ने र सेटिङको चाहना राख्ने नियत देखियो, तर व्यवसायीले यसलाई सफल हुन दिने छैनन् ।’

त्यस्तै संघका महसचिव मेघनाथ भुर्तेलले अध्यागमन कार्यालयमा बसेका कर्मचारीलाई भिसाको प्रकृति नै थाहा नभएको टिप्पणी गरे । अध्यागमनका हाकिमले विनाप्रमाण व्यवसायीलाई आरोपित गर्ने कार्य गरेको भन्दै उनले प्रक्रियागत श्रम स्वीकृति लिएका श्रमिकलाई रोक्नु गलत गरेको बताए । ‘एउटै लटमा धेरै जना रहेको भन्ने र अध्यागमनको जवाफ पनि नमिल्दो छ,’ भुर्तेलले भने, ‘अध्यागमन कर्मचारीलाई वैदेशिक रोजगार र विदेशबाट आउने भिसाको प्रकृतिका बारेमा पर्याप्त ज्ञान भएको देखिएन ।’

पुनः फकाईयो श्रमिक
विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार राति ११ बजे रोजगारीका लागि कुवेत जान लागेका ३७ जना नेपाली श्रमिकलाई पुनः फर्काएको छ । २७ गते अध्यागमनले फर्काएका ११७ श्रमिकमध्ये नौ जना कुवेत पुगिसकेका छन् । थप ३७ जनालाई व्यवसायीले टिकट काटेर शुक्रबार कुवेत पठाउन खोजेका थिए ।

व्यवसायीले ती श्रमिकलाई पुनः पठाउन खोजेपछि उनीहरुको शंकास्पपद कागजात छानविनको प्रक्रियामा रहेको भन्दै अध्यागमनले पुनः फर्काउनुपरेको जनाएको छ । अध्यागमन कार्यालयले श्रमिकलाई फर्काउनुको कारण खुलाउँदै दिइएको पत्रमा २७ गते कागजातलगायतका विषय शंकास्पद भएको भनी प्रस्थान अनुमति नदिएकोमा निजको भिसालगायतका अन्य कागजात छानविनको प्रक्रियामा रहेकोले अध्यागमन विभागका महानिर्देशकको निर्देशानुसार प्रस्थान अनुमति नदिइएको भन्ने उल्लेख गरिएको छ ।

सबै प्रक्रिया पूरा गरेर कुवेत जान हिँडेका श्रमिकलाई विनाकारण पुनः फर्काइनु व्यवसायी र श्रमिकलाई हतोत्सायी गर्ने अध्यागमन बिभागका महानिर्देशकको एकल बदनियत देखिएको संघका अध्यक्ष भण्डारीले प्रतिक्रिया दिएका छन् । उनले अध्यागमन विभागको यस्तै रवैया कायम रहे व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:३९
#वैदेशिक_रोजगार #व्यवसायीहरु
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP