काठमाडौं– उदयपुर, त्रियुगा नगरपालिका– ४ बगाहा घर भएका सोही नगरपालिकाको सडकलाईन बत्तीमा करारमा कार्यरत ४० वर्षीय युवराज राईको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका–४ फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, सुरुङगा नगरपालिका–५ कुशहा बस्ने ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।