काठमाडौं– छ्योर्तेन टासी केन्द्रीय तामाङ गुम्बाले बौद्धनाथ क्षेत्र विकास समिति र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त अध्यक्ष, कार्यकारी निर्देशक र सदस्यहरुलाई बधाइ ज्ञापनसहित सम्मान गरेको छ ।
शनिबारका गुम्बाको सभाहलमा आयोजित कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्य, कार्यकारी निर्देशक आचार्य नुर्वु शेर्पा तथा नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्ष शंखबुद्ध लामा र दुई जना सदस्यलाई सम्मानपत्रबाट सम्मान गरिएको होे ।
सम्मान ग्रहण गर्दै अध्यक्षद्वय बज्रचार्य र लामा तथा कार्यकारी निर्देशक शेर्पाले तामाङ गुम्बासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
गुम्बाका अध्यक्ष हरिबहादुर लामाले बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा गुम्बाका वरिष्ठ उपाध्यक्ष सिद्धिबज्र लामा र महासचिव हिराबहादुर लामाले पनि दुवै समितिका नवनियुक्त पदाधिकारीहरुलाई बधाइ एवं शुभकामना दिएका थिए ।
तस्बिर: बुद्ध योञ्जन लामा