काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन्।
नेपाली सेनाकाप्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गरे। प्रधानसेनापति बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।
एक साता लामो भ्रमणका क्रममा दुईपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने भनिएको छ।
यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।
सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास हुँदै आएको छ।