Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम बाढीपीडितलाई खाद्यान्न र स्वास्थ्य सामग्री, प्रधानमन्त्री राहत कोषमा ६ लाख सहयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ २७, २०८३

काठमाडौं– अहमदिया संघ नेपाल र ह्युम्यानिटी फर्स्ट इन्टरनेसनलले नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा साताव्यापी राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेका छन्।

यही भदौ १८ देखि २५ गतेसम्म सञ्चालित उक्त कार्यक्रमबाट सयौं पीडित परिवार लाभान्वित भएका अहमदिया संघले जानकारी दिएको छ।

कार्यक्रमअन्तर्गत नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली बजार, ढुंगे र देवीघाटका साथै धादिङको गल्छी र गजुरीमा खाद्य सामग्री, घरायसी सामान र मेडिकल किटहरू वितरण गरिएको छ।

Ncell
Hardik health

संघले प्रभावित क्षेत्रहरूमा २०० परिवारका लागि खाद्यान्न सामग्री, घरायसी सामग्री र मेडिकल किट वितरण गरिएको जनाएको छ।

राहत सामग्री वितरणका अलावा धादिङको गल्छीमा एकदिने होमियोप्याथिक र एकदिने सामान्य एलोपेथिक स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। त्यस्तै, गजुरीमा एक दिने भोजन वितरण शिविर र नुवाकोटको त्रिशूली बजार तथा ढुंगे क्षेत्रमा अहमदिया संघका युवाहरूले दुई दिन श्रमदान गरी बाढीप्रभावित घर र बाटोहरूको सरसफाइ गरेका थिए।

राहत कार्यक्रमकै अवसरमा आयोजक संस्थाहरूका तर्फबाट प्रधानमन्त्री राहत कोषमा छ लाख रुपैयाँ जम्मा गरिएको पनि संघले जानकारी दिएको छ। उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

Ahamdiya-sangh-humani-first1-1789214111.jpg
धादिङमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ, प्रहरी कार्यालय गजुरीका डिएसपी सुरज कार्की तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

उक्त राहत अभियान अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा, निर्देशक मुईन अहमद र ह्युम्यानिटी फर्स्ट इन्टरनेसनलका अगुवा अजहर अहमद खादिमको नेतृत्वमा सम्पन्न भएको संघले उल्लेख गरेको छ। अभियानमा भारतको पञ्जाबबाट आएका डा. बदर (होमियोप्याथ) र उनको टिम, काठमाडौं जिल्ला इञ्चार्ज हासिम अहमद, युवा समाजका अध्यक्ष नईम अहमद तथा नासिर अहमद काहलोनसहितको युवा टिमले सक्रिय योगदान पुर्‍याएका थिए।


प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १७:४०
#अहमदिया संघ नेपाल #ह्युम्यानिटी फर्स्ट इन्टरनेसनल #भोटेकोशी बाढी #राहत
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान शनिबार, भदौ २७, २०८३
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP