Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सय कोटा’ हटाउन प्रधानमन्त्री सकारात्मक
‘सय कोटा’ हटाउन प्रधानमन्त्री सकारात्मक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल वैदेशिक रोजगार व्यवसायीका नेतृत्वको प्रतिनिधिमण्डलसँग

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल वैदेशिक रोजगार व्यवसायीका समस्या सम्बोधन गर्न सकारात्मक देखिएका छन् । उनले ‘१०० कोटा’का कारण वैदेशिक रोजगार व्यवसायीलाई परेको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । मंगलबार वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग म्यानपावर कम्पनीले एक वर्षभित्र कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेको थियो । जवाफमा प्रधानमन्त्रीले समस्या समाधान गर्ने आश्वासन दिएको भेटमा सहभागी एक व्यवसायीले बताए । ‘प्रधानमन्त्रीज्यूले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा कोटाबमोजिम श्रमिक पठाउन नसकेका करिब २०० म्यानपावर कम्पनी खारेज हुने अवस्थामा पुगेपछि व्यवसायीहरु त्रसित बनेका छन् । सोही कारण उनीहरु सरोकारवाला निकाय तथा विभागीय मन्त्री, श्रम मन्त्रालयका सचिवका साथै प्रधानमन्त्रीसम्म पुगेर १०० कोटाको व्यवस्था परिवर्तन गराउन लबिइङ गरिरहेका छन् । सरकारले एक आर्थिक वर्षभित्र कम्तीमा १०० जना कामदार विदेश पठाउनुपर्ने व्यवस्था लागू गरेको छ । उक्त कोटा पूरा नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोकिएको छ । यही कारण कोटा पूरा गर्न नसकेका म्यानपावर सञ्चालकहरु कम्पनी खारेज हुने त्रासमा परेका हुन् ।

Hardik health

यस्तो समस्यामा पर्ने म्यानपावर कम्पनी २०० भन्दा बढी रहेको बताइएको छ । व्यवसायीहरुले उक्त नियम खारेजीको माग गर्दै आए पनि सरकारले सम्बोधन गरेको छैन । वैदेशिक रोजगार (पाँचौँ संशोधन) नियमावली, २०७६ बमोजिम वार्षिक १०० जना विदेश पठाउने व्यवसायीहरुको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । तर, उल्लिखित संख्या पु¥याउन नसक्नेहरुको इजाजतपत्र नवीकरण नहुनेमात्र होइन खारेज नै हुने प्रावधान छ । वैदेशिक रोजगार व्यवसायीहरुले यस प्रावधानको विरोध गर्दै कानुनीरुपमा नै हटाउनुपर्ने माग गर्दै आइरहेका छन् । व्यवसायीहरुको मागअनुसार नै १०० कोटा हटाउन सरकारले केही नेपाल ऐन संशोधन विधेयक मन्त्रिपरिषद्बाट पारित गर्दै संसद्मा पेस गरेको छ । यद्यपि, संसद्मा पेस गरिएको उक्त विधेयक पारित हुन बाँकी छ ।

समय छँदै विगतको जसरी बाधा अड्काउ फुकाउमार्फत इजाजतपत्र नवीकरण गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुले जोड दिएका छन् । संघका महासचिव मेघनाथ भुर्तेलले करोडौं धरौटी राखेर व्यवसाय गरिरहेका व्यवसायीलाई १०० जना नपुगे पनि सरकारले विनासर्त लाइसेन्स नवीकरण हुने व्यवस्था मिलाउनुपर्ने बताए । इजाजतपत्र नवीकरणको मिति सकिनै लागेको अवस्थामा सरकारले छिट्टै केही निर्णय गर्दै व्यवसायीलाई राहत दिनेमा आफू विश्वस्त रहेको भुर्तेलले बताए । 

सेवा शुल्क बढाउन माग
त्यस्तै भेटमा प्रधानमन्त्री दाहालसमक्ष म्यानपावर व्यवसायीले श्रमिकसँग लिने सेवा शुल्क परिवर्तन गर्न व्यवसायीले माग गरेका छन् । हाल सेवा शुल्कबापत लिँदै आएको १० हजार रुपैयाँ पर्याप्त नभएको व्यवसायीको भनाइ छ । उनीहरुले श्रमिकको एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउने व्यवस्था गर्न माग गर्दै आएका छन् । उक्त मागमा पनि प्रधानमन्त्री दाहालले सकारात्मक आश्वसन दिएको संघका पदाधिकारीहरुले बताएका छन् । 

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम परिवर्तन गर्ने तयारी गरिहेको छ । श्रममन्त्री शरद्सिंह भण्डारीले १०० कोटा हटाउने र सेवा शुल्कमा १० हजार रुपैयाँको सीमा हटाउने बताउँदै आएका छन् । यही क्रममा व्यवसायीहरुले दबाब बढाउन प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटका क्रममा व्यवसायीले बुझाएको ज्ञापनपत्रमा मागपत्र प्रमाणीकरण सहज बनाउनुपर्ने, जापानको रोजगारीमा निजी क्षेत्रको सहभागिता रहने वातावरण बनाउनुपर्ने, घरेलु कामदार पठाउन खुला गर्नुपर्नेलगायत माग पनि गरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:४०
#वैदेशिक_रोजगार_व्यवसायी #प्रधानमन्त्री
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति शुक्रबार, मंसिर १२, २०८२
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध शुक्रबार, मंसिर १२, २०८२
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख  शुक्रबार, मंसिर १२, २०८२
गौशाला प्रहरी वृत्तलाई संघको भवन
गौशाला प्रहरी वृत्तलाई संघको भवन बिहीबार, मंसिर ११, २०८२
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट  बिहीबार, मंसिर ११, २०८२
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो बुधबार, मंसिर १०, २०८२
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP