Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
विचार
  • Home
  • विचार
  • असारे विकासमा अल्झिएको देश
असारे विकासमा अल्झिएको देश
विष्णुप्रसाद खनाल
विष्णुप्रसाद खनाल आइतबार, असार २४, २०८०


 

नेपालमा गणतन्त्रको स्थापना तथा नेपालको संविधान २०७२ जारी भएपछि प्रत्येक वर्षको असार महिनाभित्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक हुने गरेता पनि विकास निर्माणका कार्यहरू भने प्रत्येक आर्थिक वर्षको असार महिनामा बढी हुने गर्दछन् । विकास आफैंमा परिवर्तन हो, सुधार हो, रूपान्तरण हो तर यो दिगो हुनुपर्दछ भन्ने मान्यता राखिन्छ र जसले प्रतिफल तथा उपयोगिता प्रदान गर्दछ । नेपालमा प्रायः विकास निर्माणका कार्यहरू आर्थिक वर्षको अन्त्यमा अर्थात् असार महिनामा गर्ने गरिन्छ । यो कुनै पनि दृष्टिकोणबाट उपयुक्त होइन । अभ्यासगतरूपमा हेर्दा नेपालको बजेटमा प्रस्ताव गरिने विकास खर्चमा चालु र पुँजीगत दुवै प्रकृतिका खर्चहरू रहने व्यवस्था छ, जसमा समान्यतया चालु खर्च मासिक प्रकृतिको हुने प्रायः यस्तो खर्च प्रत्येक महिनामा बराबरजसो हुने गर्दछन् । 


अर्कातिर, विकास खर्चले आर्थिक वृद्धिलाई सहयोग गर्ने मात्रै नभएर आममानिसमा विकासको अनुभूतिसमेत दिने गरेता पनि असारे विकासले भने दिगोपना दिन सक्दैन । नेपालको विकासलाई हेर्दा खासगरी आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा अन्तिम तीन महिना वैशाख, जेठ र असारमा पुँजीगत खर्च बढी हुने त्ससमा पनि असारमै एक महिनामा धेरै कामहरू भएको देखिन्छ । असारे विकासका पछाडि प्रतिवेदनमा ढिलाइ, भुक्तानीमा ढिलाइ, कार्यान्वयनमा ढिलाइ र आर्थिक वर्षको बीच र अन्त्यतिर निकासा दिएर विनातयारीका परियोजनामा खर्च गर्ने प्रवृत्तिले गर्दा असारे विकासमा दिगोपना आउन सकेको छैन । 


सवाल विकास निर्माणका कार्यहरू किन असारमा गर्ने ? विकासका कामहरू गर्न असारसम्मै कुर्नुपर्ने अवस्था किन ? एकातिर विकासका कार्यहरू दातृ निकायको सहयोगबाट सञ्चालन तथा निर्माण हुने गर्दछन् तर उक्त सहयोगा लागि स्वयं कार्यान्वयन गरेरमात्र हुने भएको र देशमा त्यसको चलखेल हुने भएका कारण विकास निर्माणका कार्यमा ढिलाइ हुने गर्दछ । एकातिर यसले केही हदसम्म भुक्तानीमा ढिलाइ हुने गर्दछ । विवरण नै सरकारलाई ढिला प्राप्त हुने भएपछि कतिपय अवस्थामा आर्थिक वर्ष सकिएको पहिलो चार महिनामा मात्र आउने देखिन्छ । 

Hardik health


आर्थिक सर्वेक्षण २०७९/२०८० का अनुसार नेपालमा दीर्घकालीन विकास र लक्ष्यलाई मध्यनजर गर्दा नागरिकको समग्र जीवनमा आउने अर्थपूर्ण, मापनयोग्य तथा सामाजिक वैधतासहित जीवनशैलीमा आउने सकारात्मक परिवर्तन नै विकास हो । नेपाल सन् १९७१ देखि अतिकम विकसित राष्ट्रको सूचीमा पर्दै आएको छ । उक्त सूचीबाट स्तरोन्नतिका लागि १३औं योजना अवधिदेखि नै प्रयास हुँदै आएको थियो । अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन तीन मापदण्ड पूरा गर्नुपर्नेमा दुई मापदण्ड पूरा गरी स्नरोन्नतिका लागि नेपाल योग्य भएको भनिएको छ । त्यसैगरी सर्वेक्षणअनुसार सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि त्यसको प्रभाव अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्रमा पर्ने देखिन्छ ।


हाल नेपालले निर्यात व्यापारमा अति कम विकसित राष्ट्रको रूपमा पाइरहेको सहुलियतमा कमी आई निकासी गर्ने वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने सम्भावना रहेको छ भन्ने कुरालाई उल्लेख गरिएको छ । त्यसैगरी विकासको अवस्थाका चित्रण गर्दा दिगो विकास लक्ष्यको लक्ष्य १ देखि १७ सम्मका लक्ष्यको अवस्थालाई विश्लेषण गर्नु आवश्यक देखिन्छ । विकास जनजीविकाको सवालसँग जोडिएको विषय हो । त्यसैले पनि त्यो दिगो हुनु आवश्यक छ । स्थानीयस्तरमा जोडिने विषयहरू खासगरी खानेपानी, सिँचाइ, भौतिक पूर्वाधार, यातायात, सञ्चार, विद्युत्, सडक, स्वास्थ्य, शिक्षाजस्ता विषयहरूको विकासका लागि असार महिना नै पर्खनुपर्ने प्रवृत्तिले देशको विकास हुन सकेको छैन ।


एकातिर विकासका लागि पर्याप्त बजेटको व्यवस्था नहुनु, अर्कातिर विनियोजित बजेटको पनि सदुपयोग नहुनु, त्यसमा पनि राजनीतिक चलखेलका कारण समयमा योजना तथा आयोजनाको काम नसकिनु नेपालका लागि नियमित कार्यतालिकाजस्तै बनेको छ । असार लागेपछि वर्षायाम सुरू हुन्छ । विकास निर्माणका लागि अनुकूल वातावरण तय हुँदैन तर सोही समयमा हुने विकासका कार्य आफैंमा गुणस्तरहीन कार्य हो, जसको दिगोपना त केवल कागजमा मात्र सीमित रहन्छ । विकास निर्माणका कार्यमा एकातिर कमसल सामग्रीहरूको प्रयोग गरिन्छ भने अर्कातिर काममा हुने ठगी र जसरी बजेट सक्नुपर्ने बाध्यताका कारण यस्ता विषयहरूमा असारे विकास एक उठानयोग्य विषय बनेको छ ।


असारे विकास आफैंमा एक गुणस्तरहीन कार्य हो । किनकि, असारे विकासले केवल तथ्यांकीय खर्च प्रणालीलाई मात्रै प्रवद्र्धन गरेको देखाउन सक्छ । तर, यसले दिगोपना प्रदान गर्न सक्दैन । यसरी हेर्दा मुलुकको विकासको अवस्थालाई सुधार गर्न विकासको शैली बदल्नुपर्ने समय आएको छ । विकासका योजना तथा आयोजनाहरूको अनुगमन र मूल्यांकन गर्ने चरणमा र समयमा विकास निर्माणका कार्यको सुरूआत गर्नु विडम्बनाको विषय हो, जसले देशलाई दुर्गतिको बाटोमा अगाडि बढाउन सहयोग पुग्दछ । गुणस्तरहीन कार्य आफैंमा अपराध हो, जसले लगानी र समयको तहसनहस पार्ने गर्दछ । 


एकातिर देश आफंैमा कमजोर अवस्थामा छ । यस्तो अवस्थामा हुने गुणस्तरहीन कार्यले देशलाई झनै कमजोर बनाएको छ । असार लागेसँगै बजारमा आर्थिक चहलपहल बढ्न थाल्छ । मनसुनसँगै आर्थिक चहलपहल बढ्दै गर्दा त्यसबेला गरिने विकासका कार्यले खासै अर्थ राख्दैन । तर, वर्षायाम सुरू भएसँगै गरिने विकास निर्माणका कार्यले बाहिरी रूपमा झट्ट हेर्दा विकासको चटारोजस्तै देखिएता पनि यो विनासको चटारो बनेर देखापरेको हुन्छ । सडक मर्मतसम्भार तथा चालु रहेका कामलाई तीव्रता दिँदै असारभित्रै काम सक्ने होडबाजी चलेको हुन्छ । 


नेपालमा सञ्चालित आयोजना र योजनाहरूमा पहिलो नौ महिनामा खासै कुनै काम हुँदैन र वैशाख लागेपछि मात्र सरकारी कोष खर्च गर्ने तम्सिने परम्परा कुनै नौलो होइन । एकातिर संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले जेठ र असार महिनामा सडक नखन्ने घोषणा गर्ने गर्दछन् तर तीनै सरकारअन्र्तगत जेठ र असार महिनामै सडक मर्मतको नाममा असारे भेलसँगै सरकारी खर्चको भेल पनि सुरू हुने प्रवृत्तिले विकास दिगो बन्न सक्दैन भन्ने कुरा स्पष्ट छ । हुन त राज्यले प्रशासनिक खर्च फरफारक गर्ने समय पनि जेठ र असार नै हो तर विभिन्न अध्ययन अनुसन्धान, गोष्ठी, सभा समारोह, सेमिनार तथा अन्य कार्यहरूको नाममा पनि अत्यधिक खर्च भएको देखिन्छ । सबै प्रकारका भुक्तानी पनि यसै समयमा गर्ने र बाँकी रहेको विभिन्न शीर्षकमा बजेट फ्रिज हुने अवस्थाले गर्दा जेजस्तो भए पनि विकास निर्माणका नाममा खर्च गर्ने गरिन्छ । जुनसुकै सरकार आए पनि नेपालमा असारे विकासले निरन्तरता पाइरहेको छ । किनभने हरेक सरकारलाई बजेटमा प्रगति देखाउन हतार हुन्छ । हतारमा गरिने कार्यले विकास निर्माणका आयोजनाहरूले गुणस्तर प्रदान गर्न सक्दैन । 


हरेक वर्ष पुँजीगत बजेटको ठूलो हिस्सा असारमा नै खर्च हुने गर्दछ । यसलाई कमजोर सरकारी खर्च प्रणालीको रूपमासमेत लिन सकिन्छ । प्रत्येक वर्ष बजेट पारित हुन्छ तर पारित भएको लामो समयसम्म कार्यक्रमहरूको बोलपत्र कागजात पनि तयार हुँदैन । सानो काम गर्न पनि धेरै प्रक्रिया पूरा गर्नुपर्ने, बजेट निकासादेखि आयोजना स्थलसम्म आइपुग्दा निकासा भएको रकममा धेरै ठाउँमा प्वाल परिसकेको हुन्छ । वास्तविक खर्च योजनामा कम हुन्छ । अर्थात् कम मूल्यको मात्रै काम भएको देखिन्छ र जसले गर्दा काम गुणस्तरहीन हुन्छ । जुन प्रवृत्ति नेपालमा नौलो होइन । यसलाई सुधार गर्न नीतिगत सुधार गर्नु आवश्यक छ । जबसम्म नीतिगत सुधार हुँदैन, तबसम्म प्रवृत्तिगत सुधार हुन सक्दैन । नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडि नेपालमा विकास निर्माणका कार्यहरूको प्रक्रियामा केही फरक थियो तर अहिले यो स्वरूप परिवर्तन भएको छ । हरेक दिन पत्रपत्रिकामा आउने भ्रष्टाचार र अनियमितताको विषयमा आउने समाचारहरूले देशको अवस्था स्पष्टरूपमा देखाएको छ । जनमानसको कुरामात्र होइन, संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष प्रकाशन गर्ने प्रतिवेदनले देखाएको मार्गमासमेत राज्य मौन रहन्छ । 


अन्त्यमा, हरेक वर्षजस्तै यस वर्षको असारमा पनि विकासको होडबाजी देखापरेको छ तर यो होडबाजी गुणस्तरीय कामका लागि होइन । गुणस्तरहीन कामका लागि हो, जसले दिगो विकासको परिकल्पना गर्न सक्दैन । केवल खर्च कसरी गर्ने भन्ने कुरासँग मात्र सम्बन्धित छ । पहिलो कुरा– नीति निर्माताहरूले यस्ता कुराहरूमा ध्यान दिँदै सोहीबमोजिम नीतिहरू तर्जुमा गर्नु आवश्यक छ । दोस्रो कुरा– संघ, प्रदेश र स्थानीय तहहरूका बीच काममा समन्वय हुनु आवश्यक छ । राज्य र राज्यका हरेक निकायमा जवाफदेहिता र पारदर्शिता नभएसम्म त्यसले देशलाई विकासको मार्गमा अगाडि बढाउन सक्दैन । तसर्थ, असारे विकासको शैली परिवर्तन गर्नु आजको आवश्यकता हो । त्यसमा सम्बन्धित पक्षको ध्यान जानु जरूरी छ ।
 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०६:५५
#विष्णुप्रसाद खनाल
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP