Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मागपत्र प्रमाणीकरण समस्याले युरोपको रोजगारी गुम्दै 
मागपत्र प्रमाणीकरण समस्याले युरोपको रोजगारी गुम्दै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २२, २०८०

काठमाडौं – वैदेशिक रोजगारको आकर्षक गन्तव्य देखिएको युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरण गर्न समस्या देखिएका कारण युरोपको रोजगारी गुम्ने खतरा देखिएको छ ।

युरोपका विभिन्न मुलुकबाट ठूलो संख्यामा नेपाली श्रमिकको माग भए पनि सम्बन्धित मुलुक हेर्ने दूतावासहरुबाट समयमै मागपत्र प्रमाणीकरण नहुँदा यस्तो खतरा देखिएको हो ।


युरोपका विभिन्न मुलुकबाट नेपाली कामदारको उल्लेख्य माग हुँदाहुँदै पनि सम्बन्धित मुलुक हेर्ने दूतावासहरूले कामको मागपत्र प्रमाणीकरण रोकिदिँदा  कामदार पठाउन समस्या भइरहेको वैदेशिक रोजगार व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

कामदारको मागपत्र सम्बन्धित मुलुक हेर्ने दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने प्रावधान रहेको छ । दूतावासहरूले प्रमाणित गरेका मागपत्रअनुसार वैदेशिक रोजगार विभागले कामदारलाई विदेश पठाउन पूर्वस्वीकृति दिने व्यवस्था छ । 

Hardik health

पछिल्लो समय युरोपेली मुलुकबाट ४० हजारभन्दा बढी नेपाली कामदारको माग रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।‘दूतावासहरूबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या हुँदै आएको छ,’ उनले भने ।

रोमानिया, माल्टा, पोर्चुगल, पोल्याण्ड, क्रोएसियालगायत युरोपेली मुलुकबाट भएको मागपत्र नगन्य मात्रामा प्रमाणीकरण भएको बताइएको छ । ‘युरोपका थुप्रै मुलुकबाट नेपाली कामदारको माग बढ्दो छ,’ अध्यक्ष भण्डारीले भने, ‘पछिल्लो समय युरोपबाट ४० हजारभन्दा बढी कामदारको माग छ, मागपत्र प्रमाणीकरण नहुँदा आकर्षक रोजगारीको अवसर गुमाउँदै जानुपर्ने अवस्था छ ।’  

हाल युरोपका विभिन्न १० मुलुकमा नेपाली दूतावास रहे पनि सम्बन्धित देश हेर्ने दूतावासहरुले मागपत्र प्रमाणीकरणका काम रोकेको भन्दै व्यवसायीहरुले सरोकारवाला निकाय र विभिन्न फोरममा समस्या समाधानको लागि माग गर्दै आएका छन् । केही समयअघि न्युजिल्याण्डबाट आएको ५०० जनाको मागपत्र प्रमाणीकरण हुन नसक्दा रोजगारीको अवसर गुमेको भन्दै संघले आफ्नो स्थापना दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको ध्यानाकर्षण गराएको थियो ।

साथै युरोपबाट हुने मागपत्र प्रमाणीकरणमा सहजीकरण गरिदिन पनि आग्रह गरेको थियो । पछिल्लो समय व्यवसायीहरुले कामदारसँग लिने सेवा शुल्क परिमार्जन, वार्षिक एक सय जना कामदार विदेश पठाउनै पर्ने व्यवस्था खारेज र युरोपको मागपत्र प्रमाणीकरणमा सहजीकरण हुनुपर्ने प्रमुख मुद्दा बनाउँदै आएका छन् । 

मागपत्र प्रमाणीकरण रोकिंदा केही म्यानपावर कम्पनी, एजेन्ट, ट्राभल एजेन्सी र शैक्षि परामर्श केन्द्र (कन्सलटेन्सी)हरुले युरोप पठाउने भन्दै गैरकानुनीरुपमा वैदेशिक रोजगारसम्बन्धी काम गरिरहेको अध्यक्ष भण्डारीले दाबी गरे । युरोप रोजगारीको प्रलोभन देखाएर व्यक्तिगत ठगीका घटना पनि बढ्दै गएको उनको भनाइ छ । युरोपमा औपचारिक माध्यमबाट कामदार पठाउन सके ठगीका घटना रोकिनुकासाथै रेमिट्यान्समासमेत वृद्धि हुने भण्डारीले बताए । 

मलेसिया तथा खाडी मुलुकको सट्टामा युरोपलाई वैदेशिक रोजगारको वैकल्पिक गन्तव्य बनाउनुपर्ने आवश्यकता रहेको र सोहीअनुरुप सरकारले काम गरिरहेको श्रममन्त्री भण्डारीले विभिन्न मञ्चहरुमा बताउँदै आएका छन् ।

उनले व्यवसायीहरुलाई विश्वव्यापी श्रमबजारमा नेपाली जनशक्तिलाई आवश्यक सीपसहित पठाउनेसम्बन्धमा सरकारले सहजीकरण गर्ने आश्वासन दिँदै आएका छन् ।तर, युरोपको श्रम बजारमा नेपालीको बलियो उपस्थिति जनाउने गरी कुनै प्रक्रिया अघि नबढेको मन्त्रालयकै अधिकारीहरुको भनाइ छ।युरोपको मागपत्र प्रमाणीकरणका सम्बन्धमा धेरै गुनासो आउन थालेपछि यसको विकल्पमा गृहकार्य भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

युरोपका केही मुलुकमा मात्र नेपाली दूतावास हुँदा एउटै दूतावासले धेरै मुलुक हेनुपर्ने समस्याका कारण मागपत्र प्रमाणीकरणका विषयमा गुनासो आइरहेको मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलले बताए ।

उनका अनुसार एउटै नियोगले युरोपका पाँच–सातवटा मुलुक हेनुपर्ने अवस्था रहेकोले मागपत्रको अध्ययन तथा प्रमाणीकरणमा ढिलाइ हुने गरेको छ । समस्या समाधानका लागि सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ संशोधनको तयारी गरिरहेको उनले बताए ।

अब रोजगारको गन्तव्य युरोपलाई नै बनाउनुपर्ने भन्दै पोखरेलले आगामी दिनमा ठूलो संख्यामा नेपालीहरुलाई युरोपको रोजगारीमा पठाउन सकिने बताए ।


प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:५७
#युरोप
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP